प्रदेश ५ का दुई मन्त्रीलाई जिल्ला इन्चार्जको जिम्मेवारी, अन्य अधिकांश सांसद

साउन ५, २०७६

बुटवल- प्रदेश ५ का दुई मन्त्री नेकपाको जिल्ला इन्चार्ज बनेका छन । प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी रुपन्देही जिल्ला नेकपाको इन्चार्ज भएका हुन् भने प्रदेश ५ कै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी नवलपरासी पश्चिमको इन्चार्ज भएका छन् ।

प्रदेश ५ मा अधिकांश सांसद र मन्त्रीलाई इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी पाएका हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, रुपन्देहीका जिल्ला समन्वय समितिका संयोजक एकराज विक र प्रदेशसभा सदस्य दधिराम न्यौपाने रुपन्देहीको सह–इन्चार्ज भएका छन् ।


ADVERTISEMENT

यस अगाडि पार्टीले जिल्लाको अध्यक्ष र सचिव चयन गर्दा जिल्ला सचिवमा नाम आएका न्यौपाने अहिले सह–इन्चार्ज भएका छन । उनले सचिव पदबाट राजिनामा दिइसकेका छन् ।

त्यस्तै पाल्पाको इन्चार्जमा प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले इन्चार्जको जिम्मेवारी पाएका छन । त्यस्तै सह–इन्चार्ज प्रदेश ५ मा सांसद तुलाराम घर्तीलाई दिइएको छ । कपिलवस्तुमा गिरीधारीलाल न्यौपाने इन्चार्ज र विमला घिमिरे सह इन्चार्ज छन ।

गुल्मीको इन्चार्जमा दिनेश पन्थी, अर्घाखाँचीको इन्चार्जमा नजिर मिया, सह इन्चार्जमा सुशीला श्रीपाली, प्युठानमा कृष्णध्वज खड्का, दाङमा इन्चार्ज जीवन गौतम, सह इन्चार्ज, इन्द्रजित थारु, दामाकुमारी शर्मा, नारायणी शर्मा निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वाशी, मेटमणि चौधरी, हेमराज शर्मा शान्त चौधरी, रुकुमपूर्वको इन्चार्जमा खेममान खड्का र सह इन्चार्जमा कमला रोका र तेजबहादुर ओली, रोल्पाको इन्चार्जमा दिपेन्द्र पुन, सह इन्चार्ज ताराकुमारी घर्ती  र नविन रोकामगर, बाँकेको इन्चार्ज दिनेश यादव सह इन्चार्ज पूर्णकुमारी सुवेदी, महेश्वरजंग गहतराज र महम्मद हारुन र बर्दियाको इन्चार्जमा लक्ष्मण ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

 

साउन ५, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस