माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीहरू १ वर्षसम्म पक्राउ पर्न सकेका छैनन् । २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो ।
निर्मला हत्याकाण्डलाई लिएर वर्षभर नै सरकारको आलोचना भयो । सरकारका मन्त्रीले पटक–पटक संसदको रोस्टममा उभिएर यसबारे जवाफ दिनुपर्यो ।
हत्यारालाई कारवाहीको माग गर्दै अधिकारवादी सडकमा उत्रिए, प्रतिपक्षी दलले संसद अवरुद्ध गर्यो । निर्मला हत्याकाण्डको विरोधमा उठेको आन्दोलनमा १ जनाको मृत्यु समेत भयो ।
अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको बदनाम भएको किशोरी बलात्कारको घटनालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सधै हल्काफुल्का ढंगले लिँदै आएका छन् । मंगलवार गृह मन्त्रालयमा वार्षिक समीक्षा कार्यक्रममा ‘निर्मलाका जस्ता घटना भइरहन्छन्’ भनेर दिएको गृहमन्त्रीको अभिव्यक्ति अत्यन्त आपत्तिजनक छ । गृह प्रशासनको नेतृत्वकर्ताको हैसियतमा हत्यारा पत्ता लगाउन नसकेकोमा नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मन्त्रीले बलात्कारजस्ता घटना भइरहन्छन् भनेर अभिव्यक्ति दिनु अत्यन्त आपत्तिजनक कुरा हो ।
स्मरणीय छ गृहमन्त्री थापाले संसदको राज्य व्यवस्था समिति र राष्ट्रिय सभाको बैठकमा २०७५ असोज ९ गते बलात्कारको घटना पूँजीवादको उपज भन्दै अमेरिकामा पनि यस्ता घटना हुने गरेको बताएका थिए ।
बलात्कारको घटनालाई सामान्यीकरण गर्ने र हत्यारा पत्ता लगाउन नसक्ने सरकारले मानवअधिकारका अन्तर्राष्ट्रिय मञ्चहरूमा उपस्थित भएर कसरी नेपालमा मानवअधिकार सुरक्षित छ भनेर भन्न सक्ला ? २१ औं शताब्दीको सभ्य समाजले हाम्रा गृहमन्त्रीको अभिव्यक्तिलाई कसरी सहज ग्रहण गर्न सक्ला ? शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्ने सरकारका जिम्मेवार मन्त्रीको अभिव्यक्तिलाई विश्व जगतले के भन्ला ? मन्त्रीका यस्तै बेलगाम बोली र गृहमन्त्रीको अभिव्यक्तिले निर्मला पन्तका हत्यारा र बलात्कारीको मनोबल बढाएको हुनुपर्छ ।
गृहमन्त्रीको सबभन्दा ठूलो असफलता नै निर्मलाका हत्यारा पत्ता लगाउन नसक्नु हो । यही एउटा घटनाले उनले गरेका अन्य काम छायाँमा पारिदिएका छन् । शान्ति सुरक्षा कायम गर्ने मामिलामा पनि उनी चुकेका छन् ।
प्रहरी इन्काउन्टरका नाममा भइरहेका हत्याका घटना रोक्नुको सट्टा बचाउमा अभिव्यक्ति दिइरहेका हुन्छन् । सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु पनि अस्वाभाविक भन्दै प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको छ भने स्वयं सत्तारुढ दलका सांसदले संसदको राज्य व्यवस्था समितिमा गम्भीर प्रश्न रेकर्ड गराएका छन् ।
वास्तवमा रामबहादुर थापाले गृह प्रशासनको नेतृत्व लिएयता शान्ति सुरक्षाको अवस्था झन्–झन् खस्किँदो छ, चाहे उनले जतिसुकै सुध्रिएको दाबी किन नगरुन् । बलात्कारका घटना भविष्यमा पनि भइरहन्छन भन्ने अभिव्यक्ति गृहमन्त्रीले सच्चाउनुपर्छ, यस्तो आपत्तिजनक अभिव्यक्तिप्रति उनले माफी माग्नुपर्छ ।
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...