शिक्षण अस्पतालमा भएको आगलागी नियन्त्रणमा

फाइल तश्वीर
साउन २७, २०७६

काठमाडौं- त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिनुभयो ।


ADVERTISEMENT

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताउनुभयो ।

आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

साउन २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस