×

NMB BANK
NIC ASIA

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाललाई जित्नै पर्ने दबाब

भदौ ४, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौँ- नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ । 

Muktinath Bank

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले साँझ ५ बजे माल्दिभ्सको सामना गर्दैछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि माल्दिभ्सविरुद्वको खेल जित्नै पर्ने दबाब छ । यही खेलले समूह ‘ए’ बाट अघिल्लो चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । त्यसैले घरेलु मैदानमा हजारौँ समर्थकको साथ पाउने नेपालले माल्दिभ्सलाई पराजित गर्ने उद्देश्यका साथ मैदान उत्रनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समूह ए मा रहेको कीर्गिस्तान भने समूहको विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । जारी प्रतियोगितामा दुवै टोली प्रतियोगितामा जितविहीन छन् । दुवै टोली कीर्गिस्तानसँग पराजित भएका हुन् ।
यसअघि भदौ २ गते भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने हिजो मङ्गलबार भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई पनि समान ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।


Advertisment
Nabil box
Kumari

यस समूहमा तीन टोली मात्रै रहेकाले नेपाल र माल्दिभ्स दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । त्यस्तै आज नै हुने अर्को खेलमा समूह बी बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो । अघिल्लो चरण प्रवेशका लागि अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

Vianet communication

त्यसैगरी आजै हुने तेस्रोे तथा अन्तिम खेल साँझ ७ बजे समूह बी मै रहेको तुर्कमेनिस्तान र बङ्गलादेश बीच हुनेछ । अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना बाँकी राख्न तुर्केमेनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बङ्गलादेश भने उज्वेकिस्तानसँग हारेको थियो । 

समूह बी’ मा शीर्ष स्थानको उज्वेकिस्तानको ४ अङ्क छ । तुर्केमेनिस्तान र अफगानिस्तान समान एक खेलमा जित निकाल्दै २ अङ्क जोडेका छन् । बङ्गलादेश अङ्कविहीन रहँदै तालिकाको अन्तिम स्थानमा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x