मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सुर्खेत - नेपालको एकमात्र संरक्षित वन 'काँक्रेविहार'मा रहेको भग्नावशेषलाई पुरातत्व विभागबाट उत्खनन् गरी पुनःनिर्माण कार्य थालनी गरिएपछि शुक्रवार शिखर शैलीको मन्दिर निर्माणको काम सम्पन्न भएको छ ।
शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर राखिएसँगै मन्दिर निमार्णको काम सम्पन्न भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले काँक्रेविहार प्रदेशको मात्र नभै देशको नै महत्वपूर्ण स्थल सरकारले बनाइसकेको बताए । 'काँक्रेविहारमा निर्माण भएको शिखर शैलीको मन्दिरको स्वरूपको आज हामी काँक्रेविहारको महत्वपूर्ण पाटो सम्पन्न गरेका छौं,' उनले भने, ‘स्थानीय जनप्रतिनिधि निर्माण संलग्न कालीगढी प्रदेशवासीहरूमा धन्यवाद व्यक्त गर्दछु ।'
काँक्रेविहारको सौन्दर्यता, विविधता पक्ष तथा यसलाई अध्ययन एव दर्शन केन्द्रका रूपमा विकास गर्नका लागि प्रदेश सरकार, संघीय सरकार, पर्यटन बोर्ड लगायत सरोकारवाला निकायसँग स्थानीय सरकारका तर्फबाट प्रस्ताव पेश गरिसकेको जानकारी दिदै काँक्रेविहारको सुन्दरता निखार्नका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘काँक्रेविहार निर्माण सम्पन्न हुनुले अब पर्यटकको आगमनमा वृद्धि हुने मेरो अपेक्षा छ,' उनले भने, ‘काँक्रेविहार पुग्ने बाटोको ठेक्का भइसकेकोले अब निर्माण कार्य प्रारम्भ हुनेछ ।’
गुम्बा निर्माण समितिका अध्यक्षले नोर्बु गुरुङ्ले नेपालको ईतिहासमा २१ मिटरको अग्लो शिखर शैलीको मन्दिर निर्माण हुनु नै गौरव रहेको बताए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले ऐतिहासिक काँक्रेविहारको पुनः निर्माण गर्ने काम सम्पन्न भएको छ अब यसको सुरक्षाका लागि वडा पालिका, प्रदेश सरकार तथा संघीय सरकार लाग्नुपर्ने बताउँदै अब काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नकालागि सरकारले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले काम गर्दा वाधा अड्चन चुनौतीहरू थुप्रै आएता पनि आज सफलता मिल्दा खुशी लागेको बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...