होसियार ! गर्भवती महिलाहरुले यी खानेकुरा खानै हुँदैन

भदौ २१, २०७६

काठमाडौं– गर्भवतीको समयमा आफ्नो स्थास्थ्य र डाइटबारे महिलाले विशेष सतर्कता अपनाउनु जरूरी हुन्छ । आफ्नो एक गल्ती नै गर्भमा रहेको बच्चाको लागि खतरनाक हुन सक्छ । गर्भवती महिलाले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यहाँ गर्भवती महिलाले खान नहुने केही खानेकुराहरुको बारेमा जानकारी दिइएको छ । 

मेवा–गर्भवती महिलाले काच्चो मेवा खाँदा खतरा हुन सक्छ । गर्भवती महिलाले मेवा खाएमा उसको गर्भपतन समेत हुने खतरा हुन्छ । त्यसकारण गर्भवती भएको समयमा महिलाहरुले मेवा नखाएको राम्रो मानिन्छ ।  


ADVERTISEMENT

रक्सी–अमेरिकन कलेज अफ ओब्स्ट्रीसियन एण्ड गाइनेकोलोजिष्ट र अमेरिकन एकेडेमी अफ पीडियाट्रिक्सका अनुसन्धानकर्ताको अनुसार रक्सीमा यस्तो तत्व हुन्छ, जसले गर्भमा रहेको बच्चाको विकासमा प्रभाव पार्दछ ।  अनुसन्धानकर्ताहरुले दावी गरेका छन् कि, एक थोपा रक्सीले पनि बच्चालाई प्रभावित गर्न सक्छ । त्यसैकारण गर्भवती महिलाले रक्सी नपिएकै राम्रो हुन्छ ।  

धेरै नुन–गर्भवती महिलाले धेरै नुन राखेको खानेकुरा खानु उपयुक्त हुँदैन । अहिले सामान्य अवस्थामा पनि चिकित्सकहरुले कम नुन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । धेरै नुन सेवनले मुट रोग लाग्ने खतरा बढ्छ । गर्भवतीको समयमा रक्तचाप समेत बढेको हुन्छ, यस्तो समयमा बढी नुन खाए झनै खतरा हुन जान्छ । 

चाइनीज खाना– चाइनीज खानामा मोनो सोडियम गूलामेट –एमएसजी) हुन्छ, जसले गर्भमा रहेको बच्चाको विकासमा अवरोध खडा गर्दछ । यसमा प्रयोग गरिने सोया सोसमा नुनको मात्रा धेरै हुन्छ, जसले रक्तचाप बढाउन सक्छ । त्यसकारण गर्भवती महिलाले चाइनीज खाना खानु खतरनाक हुन्छ ।  

काचो अण्डा– जिम जाने मानिसहरुले केही समय काच्चो अण्डा खाने गरेको देखिन्छ । गर्भवती महिलाले भने काचो अण्डा सेवन गर्नु खतरनाक हुन सक्छ । अण्डामा सालमोनेला ब्याक्टेरियम हुन्छ, जसका कारण फूड पोइजन हुन सक्छ । गर्भवती भएको समयमा महिलाको प्रतिरोधक क्षमता कमजोर हुन्छ, जसका कारण यस ब्याक्टेरियाले गर्दा फूड पोइजनको शिकार हुने खतरा हुन्छ ।  

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार