×

NMB BANK
NIC ASIA

मन्त्री मातृका यादवका ज्वाइँ सांसद बहुविवाहमा दोषी ठहर, कहिले पर्छन् पक्राउ ?

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – प्रदेश २ का सांसद दिलिपकुमार साह बहुविवाहको कसूरमा अदालतबाट कैद सजाय तथा जरिवाना समेत ठहर भएका व्यक्ति हुन् । उनी नेकपाबाट सिरहा ४(१) का प्रदेश सभा सदस्य र मन्त्री मातृका यादवका ज्वाइँ हुन् । 

Muktinath Bank

तत्कालीन माओवादी केन्द्रबाट टिकट पाएर उनी प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरले बहुविवाह गरेको कसूर ठहर गर्दै १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना समेत ठहर गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमा पत्नी हुँदाहुँदै सम्बन्धविच्छेद नगरिकन दोस्रो विवाह गरेको भन्दै उनलाई धनुषा जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलाशले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाप्रति चित्त नबुझेर पुनरावलोकन गर्न उच्च अदालत जनकपुर पुगेका सांसद साहलाई उच्च अदालतले पनि सफाई दिएन । उच्चले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ ।


Advertisment
Nabil box
Kumari

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलाशले २०७६ असार २५ गते जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको छ । ‘पहिलो श्रीमती संगीतादेवी यादव र उनका २ सन्तान हुँदाहुँदै सम्बन्धविच्छेद नगरिकनै जानकी कुमारी साहसँग अर्को बिहे गरेको कारण साहले बहुविवाह कसूर गरेको मानिन्छ,’ उच्च अदालतले गरेको फैसलामा भनिएको छ, ‘तसर्थ शुरूको धनुषा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।’

Vianet communication
Laxmi Bank

जिल्ला अदालतले फैसला गर्दा दोस्री पत्नी जानकी साहलाई भने सफाई दिएको थियो । जानकी साहले जानीजानी विवाह गरेको भन्ने वादी दाबी पुष्टि हुने गरी स्वतन्त्र तथा विश्वसनीय प्रमाण पेश गर्न नसकेकाले जानकी साहलाई दुवै अदालतले सफाई दिएका छन् ।

कति हुन्छ कैद ?

साह पक्राउ परेर हिरासतमा रहेका बेला धनुषा जिल्ला अदालतले उनलाई थुनछेक आदेशपछि कारागारमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । २०७० फागुन २ गते पक्राउ परेका साहलाई २०७० फागुन २६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाइएको थियो । पछि थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावलोकन गरेका साह २०७१ जेठ २९ गते ४५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका थिए । 

उनले ३ महिना २७ दिन कैद सजाय काटेको भएपनि बाँकी ८ महिना ३ दिन सजाय बेरुजु नै देखिन्छ । तसर्थ बेरुजु कैद लगत कसी असूलउपर गर्न धनुषा जिल्ला अदालतले फैसला गरेको थियो । फैसला अनुसार २०७२ साउन १३ गते अदालतमा लगत समेत कसिएको थियो ।

किन गरिएन पक्राउ ?

न्याय प्रशासन ऐन २०७३ को दफा ९(ख) बमोजिम उच्च अदालतमा १० वर्ष वा सोभन्दा बढी कैद सजाय हुने गरी फैसला भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान छ । ३ वर्षभन्दा बढी कैद वा ५ लाख रुपैयाँभन्दा बढी वा २५ लाख रुपैयाँभन्दा बढी बिगोमा आंशिक ठहर गरे मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान छ । तसर्थ उच्च अदालतले गरेको फैसलाले माथिल्लो निकायमा पुनरावलोकन गर्न भन्दै म्याद समेत जारी गरेको छैन ।

‘त्यसकारण अब साहलाई पक्राउ गरेर फैसला कार्यान्वयन गर्नका लागि धनुषा जिल्ला अदालत नै जिम्मेवार निकाय छ, त्यही निकायले कैद असूलउपर गर्नुपर्ने हुन्छ,’ उच्च अदालत जनकपुरका एक कर्मचारीले भने ।

उच्च अदालतको फैसला दोहोर्‍याइँ पाउँ भनेर सर्वोच्चमा जान पनि सकिने तर त्यहाँ निवेदन दर्ता भएपनि निस्सा जारी नभएको अवस्थासम्म अदालतले उनलाई पक्राउ गरेर कैद असूल गर्न सक्ने प्रावधान छ ।

साहले गत भदौ ८ गते सर्वोच्च अदालतमा उच्च अदालतले गरेको फैसला दोहोर्‍याइँ पाउँ भन्दै निवेदन दर्ता गराएका छन् तर निस्सा भने जारी नगरिएको साहले लोकान्तरलाई बताए ।

जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न लगत कसेर प्रदेश २ प्रदेश सभा सचिवालयलाई फैसलाको प्रतिलिपिसहित लिखित पत्रमार्फत नै जानकारी गराइसकेको छ । २०७६ भदौ ४ गते धनुषा जिल्ला अदालतका तहसिलदार भिष्म भट्टराईले प्रदेश सचिवालयलाई पत्रमार्फत जानकारी गराएका छन् ।

‘फैसला सन्दर्भमा हामीले संसद सचिवालयलाई जानकारी गराइसकेका छौं । अब सभामुखज्यूले उहाँको सांसद पद निलम्बन गर्नुपर्ने हुन्छ,’ तहसिलदार भट्टराईले भने, ‘जाहेरवाली संगीतादेवी यादवले नै मेरो फाँटमा २ पटक आएर प्रदेश सचिवालयलाई फैसला पठाउन अनुरोध गरेपछि पठाइएको हो ।’ उनलाई पक्राउ गर्न फैसला कार्यान्वयन गर्न गठित विशेष टोली परिचालित भएको उनले बताए । ‘साहलाई मात्रै पक्राउ गर्न भनेर टोली त खटिएको छैन, पहिलेदेखि नै सुरक्षाकर्मी तथा अदालतका कार्यालय सहयोगी विनोद दुबे सहितको विशेष अभियान टोलीले पक्राउ गर्ने तहसिलदार भट्टराईले बताए ।

सांसद पदबाट निलम्बन हुन्छ ?

साहलाई कैद तथा जरिवाना समेतको धनुषा जिल्ला अदालतको पत्राचार भएपछि प्रदेश सभा सचिवालयले सांसद साहको पद निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मुख्य न्यायाधीवक्ता कार्यालयको राय समेत माग गरेको छ । प्रदेशसभा सचिवालयका कानून उपसचिव समेत रहेका सूचना अधिकारी अबध किशोर प्रसाद कुशवाहाले भने, ‘सभामुखज्यूले त्यतिकै निलम्बन गर्न मिल्दैन । प्रहरीले पक्राउ गरेपछि मात्र कैद अवधिसम्मको लागि सांसद पदबाट निलम्बन गर्ने हो । फेरि प्रहरीले प्रदेश सभाको परिसरबाट उहाँलाई पक्राउ गर्न मिल्दैन । पक्राउ गर्नुअघि सभामुखलाई भनेर पक्राउ गर्नुपर्ने हुन्छ ।’ 

प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम २१० को उपनियम ४ मा त्यस सम्बन्धमा छुट्टै प्रावधान समेत बनाइएको छ । प्रावधान अनुसार पहिलो अवस्था  कुनै प्रदेशसभा सदस्य उपर प्रचलित कानून बमोजिम ३ वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधि भर, दोस्रो अवस्था कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधि भर र तेस्रो कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधि भर त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गर्नुपर्ने हुन्छ ।

साह पछिल्लो प्रदेश सभाको हरेक बैठकमा उपस्थित हुँदै आएका छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी कुशवाहाका अनुसार भदौ २२ गते, २१ गते, साउन २० गते र असार ३१ गतेको बैठकमा समेत उपस्थित भएका थिए । सांसद साह प्रदेश सभाको बैठकमा भाग लिन आउने गरेपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन ।

के भन्छन् सांसद साह ?

‘अदालतले फैसला गरेपछि सम्मान गर्नुपर्ने हरेक नागरिकको कर्तव्य हो र मैले पनि मान्नैपर्ने हुन्छ,’ साहले भने, ‘तर अदालतले अन्याय गरेको छ ।’ सर्वोच्च अदालतमा फैसला दोहोर्‍याइँ पाउँ भन्दै निवेदन दर्ता गराएकाले निस्सा जारी नहुञ्जेलसम्म गिरफ्तारी नदिने उनले बताए ।

‘सिरहा जिल्ला अदालतबाट नै अंश मुद्दा अन्तर्गत मैले पाएको सम्पत्तिको ४ भागमध्ये १ भाग पत्नी र २ भाग २ छोराको लागि अंशबण्डा गरेर दिइसकेको छु,’ साहले भने, ‘त्यसका अतिरिक्त छोराहरूको पढाइलेखाइका लागि २० लाख रुपैयाँ नगद समेत दिएको छु ।’ अंश लिएर काठमाडौं र मिर्चैयाको छुट्टै घरमा बस्दै आएको अवस्थामा अदालतले अन्याय गरेको उनले प्रतिक्रिया दिए । 

मन्त्रीकी छोरीलाई धोका !

सांसद साह हालको नेकपा स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका ज्वाइँ हुन् । २०५७ वैशाख २ गते मन्त्री यादवकी छोरी संगीता यादवसँग साहको अन्तरजातीय विवाह भएको थियो । त्यतिबेला मातृकासँगै साह पनि तत्कालीन माओवादी पार्टीमा आवद्ध भई भूमिगत राजनीति गरिरहेका थिए । सोही क्रममा साह र संगीताबीच प्रेम सम्बन्ध भएको थियो । दुवै जनाका अभिभावक समेतको उपस्थितिमा नै अन्तरजातीय विवाह भएको थियो ।

विवाहपछि दुवैका २ छोरा सन्तुलन कुमार साह र प्रतिक कुमार साह छन् । २ सन्तान हुँदाहुँदै पछि साहले धनुषाको शान्तिपुर–२ की जानकी कुमारी साहसँग २०७० माघ १ गते विवाह गरेको भन्दै संगीताले धनुषा जिल्ला अदालतमा साहविरुद्ध बहुविवाह कसूर अन्तर्गत कानून बमोजिम कारवाही गरी पाउँ भन्दै मुद्दा दर्ता गरेकी थिइन् ।

‘बिहे भएपनि, छोरा भएपनि घर परिवारका मानिसले पटक–पटक यातना दिने, दुःख दिने गरेकोमा समाजमा पञ्चायती हुँदा पनि स्वभावमा कुनै पनि परिवर्तन नआएको थियो,’ संगीताले दिएको मुद्दाको जाहेरीमा लेखिएको छ, ‘आफ्नो श्रीमानले जानीजानी दोस्रो विवाह गरेको कुरा थाहा पाएपछि किन यस्तो गरेकोभन्दा पतिले उल्टै ठाडो जवाफ दिई नानाथरिका गालीगलौज गरी घरबाट निकाला समेत दिएकाले माइतीमा आएर बसेको छु ।’ पत्नीको जाहेरीपछि धनुषा प्रहरीले साहलाई पक्राउ गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x