सन्नी लियोनी काठमाडौंमा

फाइल तस्वीर
भदौ २६, २०७६

काठमाडौं- बलिउड अभिनेत्री सन्नी लियोनी बिहीवार नेपाल आएकी छन् । 

लियोनी फिल्म 'पासवर्ड'को प्रिमियरका लागि आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् । 


ADVERTISEMENT

'पासवर्ड'मा उनको एउटा आइटम डान्स रहेको छ । लियोनी आज कमलपोखरीस्थित कुमारी हलमा साँझ साढे ७ बजे उपस्थित हुनेछिन् । 

फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झा, लगायतको अभिनय रहेको छ । 

उनी शनिवार भारत फर्कने बताइएको छ ।  

सनी यसअघि पनि नेपाल आएकी थिइन् । 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस