×

NMB BANK
NIC ASIA

कुखुरा पालनमा रमाउँदै पूर्व जेटिए

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ– कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्थे प्रतिमान थापा । अचेल उनको दिनचर्या फेरिएको छ ।

Muktinath Bank

‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अहिले कुखुरापालनमा लागेका छन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका थापाले कुखुरापालन व्यवसाय शुरु गरेको चार महीना बित्यो । त्यसअघि थापाले दुई वर्ष तत्कालस्न जिल्ला पशु सेवा कार्यालय र पाँच वर्ष गैरसरकारी संस्थाको परियोजनामा ‘जेटिए’का रुपमा बिताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२९ वर्षीय थापाको ‘फार्म’मा अहिले स्थानीय ‘साकिनी’ जातका कुखुरा छन् । “जागिर छाडेर कुखुरापालनतिर लागेँ, सफल भइएला भन्ने आश छ”, उनले भने, “आफ्नै श्रम र लगानीमा आत्मनिर्भर बन्ने सोचले व्यवसाय रोजेँ ।”


Advertisment
Nabil box
Kumari

कुखुरापालनका लागि थापाले बागलुङ नगरपालिका–३ रातामाटामा वार्षिक रु ६० हजारमा जग्गा भाडामा लिएका छन् । खोर निर्माण, चल्ला, दाना खरीदलगायत गरी रु  आठ लाख लगानी भएको उनको भनाइ छ । “शुरूमा एक हजार चल्ला राखेँ, २६० जति बिक्री भए, केही चल्ला मरे”, थापाले भने । 

Vianet communication
Laxmi Bank

उनले चल्ला, माउ गरेर हालसम्म दुई लाख बराबरको कुखुरा बिक्री गरिसकेका छन् । एक हजार ८०० ग्रामको कुखुराको मूल्य रु एक हजार ५०० पर्छ । भाले, पोथी दुवैको समान मूल्य रहेको थापाले बताए। पोखरा, स्याङ्जा र काठमाडौँसम्म भाले पुर्‍याएको उनको भनाइ छ । “मुख्य खपत हुने भनेको त बागलुङ बजार नै हो, माग आउँदा बाहिर पनि पठाउने गरेको छु”, थापाले भने।

स्थानीय जातको कुखुरा महङ्गो पर्ने हुँदा बजारीकरणमा चुनौती रहेको उनको अनुभव छ । “सस्तो र धेरै पाइने हुँदा अहिले पनि उपभोक्ताको रोजाइ उन्नतजातकै कुखुरामा छ”, थापाले भने, “स्थानीय जातमा बानी पार्न समय लाग्छ ।” अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । आउँदो एक वर्ष नाफा कमाउनेभन्दा पनि बजारीकरणमै बित्ने थापाको भनाइ छ । 

अहिले भएका कुखुराले अण्डा दिने समय भएकाले अण्डा र चल्ला बिक्रीबाट पनि थप आम्दानी हुनेछ । चल्ला उत्पादनका लागि ‘ह्याचरी मेसिन’ खरीद गर्ने तयारीमा थापा छन् । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएकाले पाँच महीनामा बेच्न योग्य हुन्छ । 

उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने थापाको भनाइ छ । स्थानीय जातको कुखुरालाई खुला चरनसँगै गाउँघरकै गहुँ, मकै र भुसको दाना खुवाउने गरिएको छ । स्थानीय जातको कुखुरासँगै, टर्की, हाँसलगायतका पक्षीको व्यावसायिक पालन गर्ने योजना थापाको छ ।

थापालाई कुखुरापालनमा श्रीमती रुपाको दरिलो साथ छ । कुखुराको रेखेदेख, सुसारमा दुवै उत्तिकै खट्छन् । थापा दम्पतीका चार वर्षीय छोरा र दुई वर्षीया छोरी छिन् । कृषि उद्यमबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य थापाको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x