×

NMB BANK
NIC ASIA

भयावह रुप लिँदै स्क्रब टाइफस, बच्न के गर्ने ?

असोज ५, २०७६

NTC
Premier Steels

काठमाडौं–तपाईं खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाई‌ंको मृत्यु पनि हुनसक्छ । 

Muktinath Bank

पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको छ । सन् २०१९ को आठ महीनाको अवधिमा ५५५ जनामा रोगको सङ्क्रमण भएको र तीन जनाको अकालमा मृत्यु हुन पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्ला तीन वर्षमा सोही रोगका कारण १६ जनाले अकालमा ज्यान गुमाएका थिए । जेठ महीनाको अन्तिमदेखि कात्तिक महीनाभर रोगको उच्च जोखिम मानिन्छ । सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो । 


Advertisment
Nabil box
Kumari

महाशाखाका अनुसार सन् २०१७ मा ६७० सङ्क्रमित भई नौ, सन् २०१८ मा एक हजार ९८ मा सङ्क्रमित भई चार जनाको मृत्यु भएको थियो । सन् २०१९ को हालसम्म रोगको सबैभन्दा बढी सङ्क्रमण प्रदेश नं ५ का जिल्लामा २२४ जनामा देखापरेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखापरेको महाशाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
 
प्रदेश नं १ का इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, धनकुटा, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, प्रदेश नं ३ का सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन र गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी पूर्वमा सो रोग देखापरेको महाशाखाले जनाएको छ ।
 
यसैगरी प्रदेश नं ५ का गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया, नवलपुर र कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, सुदूरपश्चिमाञ्चल प्रदेशका बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा पनि रोग देखापरेको छ । 

Vianet communication

स्क्रब टाइफस के हो ?

एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले सङ्क्रमित सुक्ष्म कीरा (माइट)को टोकाइबाट लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ । महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा सो प्रजातिका जीवाणु पाइन्छ ।

सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ । “मृत्युदर घट्दै गएको छ तर सङ्क्रमित बढ्दै गएको छ”, उनले भने। 

रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा कीट उपलब्ध गराएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने जानकारी दिन्छन्।
 
सङ्क्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, बढी मात्रमा टाउको दुख्नु, शरीरबाट चिटचिट पसिना आउनु, शरीरका भागहरूमा स–साना रातो बिमिरा देखिनु, हल्का आँखा रातो हुनुजस्ता लक्षण देखा पर्छ । सामान्यतया सङ्क्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ ।
 
रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अङ्गले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन् । “रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अङ्गले काम गर्न छाड्छ (डिसअर्डर हुन्छ)”, उनले भने।

कसरी बच्ने ?

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ । 

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ । रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ । महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x