ऋतिक र टाइगरको 'वार'ले बलिउडमा गर्‍यो धमाका, पहिलो दिनमै तोड्यो इतिहास

असोज १६, २०७६

काठमाडौं –  ऋतिक रोशन र टाइगर श्रौफको चलचित्र ‘वार’ ले बक्स अफिसमा इतिहास रचेको छ ।

एक्सन र खतरनाक सीनहरू देखाइने बलिउड चलचित्रहरूका लागि यसले नयाँ रेकर्ड बनाएको हो ।  


ADVERTISEMENT

ट्रेड एक्सपर्ट तरण आदर्शका अनुसार, वारले पहिलो दिन ५३.३५ करोड भारतीय रुपैयाँ कमाउँदै पुराना रेकर्डहरूलाई हराइदिएको छ । 

वार हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज भएको छ । यो चलचित्र ऋतिक र टाइगरको करियरकै सबैभन्दा सफल चलचित्र बनेको छ । यस चलचित्र बलिउडकै  हाईएस्ट ओपनर चलचित्र बन्न सफल भएको छ । 
 

असोज १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस