२ लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ जना पक्राउ

असोज १७, २०७६

काठमाडौं – ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा बिहीवार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई खालबाटै पक्राउ गरी २ लाख ६५ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–२२ बस्ने राधे साहुको कोठामा बिहीवार राति आगलागी हुँदा कोठामा रहेको नगद ४ लाख रुपैयाँ र लत्ताकपडा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण खुल्न नसकेको र अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

असोज १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार