बलिउडकी यी अभिनेत्रीको भाइरल तस्वीर

असोज १९, २०७६

काठमाडौं –बलिउड अभिनेत्री नौहीद सेरुसीको नयाँ तस्वीरहरू सार्वजनिक भएको छ ।

सन् २००० मा म्यूजिक भिडियो ‘पिया बसन्ती रे’ बाट उनले चर्चा कमाएकी थिइन् । १९ वर्षपछि पनि उनी उत्तीकै सुन्दर देखिएकी छिन् । 


ADVERTISEMENT

यो गीतको म्यूजिक तथा लिरिक्स निकै नै चर्चित भएको थियो । साथमा आफ्नो सुन्दर चेहराका कारण नौहीद पनि चर्चित बनेकी थिइन् ।  गीतमा उस्ताद सुल्तान र केएस चित्राले आवाज दिएका थिए । 

सन् २००३ मा सुपारी चलचित्रबाट नौहीदले बलिउडमा डेब्यू गरेकी थिइन् । यसमा अभिनेता उदय चोपडासँग उनले स्क्रिन शेयर गरेकी थिइन्  ।

उनले केही तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेकी छिन्  । जुन तस्वीरहरू निकै भाइरल भइरहेको छ ।  

असोज १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार