×

NMB BANK
NIC ASIA

सा‌सदले गरे विमानस्थलमा तोडफोड

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनता पार्टी राजपा नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साहले आज जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । 
    
    नियमित समयभन्दा विमान ढिलो भएको भन्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका हुन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाही–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले जनकपुर विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका हुन् । ११ः३० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौँ जान साह विमानस्थल पुगेकामा जहाज करीब एक घण्टा ढिलो भएपछि साहले आक्रोशित हुँदै विमानस्थलभित्र बुद्ध एयरको काउन्टरका साथै विशिष्ठ कक्षको टेबल कुर्सी तोडफोड गरेका थिए । 
    
    तोडफोडबाट बुद्ध एयरको काउन्टरको सिसाका साथै कम्प्युटरमा क्षति पुगेको छ । “एयर ट्राफिकका कारण विमान नियमित समयभन्दा करीब एक घण्टा ढिलो भयो”, बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले भने, “विमान किन ढिलो भएको भन्दै आक्रोशमा आएर सांसद साहले काउन्टरमा तोडफोड गर्नुभयो ।”

Muktinath Bank

    यसका साथै सांसद साहले विशिष्ठ कक्षभित्र रहेको सिसाको टेबलसमेत तोडफोड गरेको बताइएको छ । “सांसद साहले बुद्ध एयरको काउन्टरमा बबाल गर्नुभयो, विशिष्ठ कक्षको टेबल सीसाको ग्लास फुटालेको हामीलाई जानकारी आयो”, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले भने, “त्यसलगत्तै प्रहरी नायब उपरीक्षक कमाण्डमा अनुसन्धान टोली पठायौँ । अवरोध गरेकाले कानूनी कारवाही गर्ने तयारी थियो । तर बुद्ध एयरले सांसद भएको भन्दै कारवाही नगर्न आग्रह गरेपछि उहाँलाई यात्रा अनुमति दिइएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यात्रा अनुमति दिइए पनि साहले गरेका व्यवहारबारे सत्यतथ्य बुझेर के गर्नेबारे निक्र्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी कँणेलले बताए । सांसद साहले बुद्ध एयरसमक्ष आत्मालोचना गरेको जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

    “जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नीका बिरामी थिए । उहाँलाई दिउँसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर जाँच गराउनुपर्ने थियो । तर विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आबेगमा आएपछि मैले तोडफोड गरेको हुँ”, सांसद साहले भने ।

Vianet communication
Laxmi Bank

    बुद्ध एयरका व्यवस्थापन प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारे ।
 
    
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x