×

NMB BANK
NIC ASIA

अदृश्य मसीले निबन्ध लेखेर यी विद्यार्थीले पाइन् पूर्ण अंक

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जापान विश्वविद्यालयकी विद्यार्थी एमी हागालाई निबन्ध लेख्न भनिएको थियो अनि उनले प्राध्यापकलाई कोरा कागज दिइन् । कागजमा निबन्ध लेख्नका लागि हागाले अदृश्य मसी उपयोग गरेकी थिइन् । 

Muktinath Bank

प्राध्यापकले आगोको प्रकाशमा हेर्दा निबन्ध देखे अनि पूर्ण अंक दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इतिहासकी विद्यार्थी हागालाई निन्जाका बारेमा पढ्न लेख्न खुबै मन लाग्छ । केही समयअघि उनी इगारोको निन्जा संग्रहालय पुगेकी थिइन् । संग्रहालयमा बटुलेको अनुभवका बारेमा प्राध्यापक यूजी यामादाले उनलाई एक निबन्ध लेख्न भनेका थिए र उनले अदृश्य मसी उपयोग गरिन् । 


Advertisment
Nabil box
Kumari

अदृश्य मसीले चिट्ठी लेख्ने प्रविधिलाई अपूरीदासी भनिन्छ । निन्जा प्रविधि पनि भनिन्छ । हागाले निन्जाप्रति लगाव देखाउनका लागि उक्त मसी प्रयोग गरेकी हुन् । अपूरीदासी जापानको परम्परागत प्रविधि हो जसको उपयोग प्राचीन समयमा गुप्त सन्देश पठाउनका लागि गरिन्थ्यो । 

Vianet communication
Laxmi Bank

यस्तो मसी सोयाबीनबाट तयार पारिन्थ्यो । पहिला सोयाबीनलाई भिजाइन्थ्यो अनि पिँधेर मसी बनाइन्थ्यो । कागजलाई आगो नजिक लग्दा मात्र कागजका शब्दहरू देखिन्थे । 

प्राध्यापक यामादाले भने, ‘मैले फरक फरक कोडमा लेखेका रिपोर्टहरू हेरेको छु तर पहिलोपटक अपूरदासी प्रविधिले लेखिएको निबन्ध हात पारें ।’

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x