×

NMB BANK
NIC ASIA

कर्णालीलाई रातारात विकासमा एक नम्बर बनाउन सकिँदैन - वनमन्त्री बस्नेत

कात्तिक २, २०७६

NTC
Premier Steels

सुर्खेत - संघीय सरकारका वनमन्त्री शक्ति बस्नेतले कर्णालीलाई रातारात एक नम्बरमा विकास गर्न नसकिने बताएका छन् । गृहजिल्ला जाजरकोट जान शनिवार सुर्खेत विमानस्थलमा आएका मन्त्री बस्नेतले पत्रकारसँग कुराकानी गर्दै विगतदेखि नै पछि पारिएको प्रदेश कर्णाली भएको तथा भौगोलिक देखि अन्य चुनौती भएका कारण रातारात विकास गर्न नसकिने बताएका हुन् ।

Muktinath Bank

‘विभिन्न विकासका कामहरु अघि बढेका छन्, कर्णाली करिडोर बन्दैछ,’ उनले भने, ‘हामी कर्णालीलाई कसरी राज्यको मूल प्रवाहमा राख्न सक्छौं र कर्णालीको विकास गर्न सक्छौं भन्नेमा केन्द्रित छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सुर्खेतमा एअरपोर्ट जमिनका कारण नरोकिने बताउँदै छिन्चु बसपार्क निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएको स्मरण गर्न आग्रह गरे । उनले कर्णालीका मात्रै नभएर देश भरिकै भूमिहीन, सुकुम्बासी जनताको समस्या समाधान यहि सरकारले गर्ने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

‘सरकारले सुकुम्वासी, बाढीपीडित, भूमिहीन जनताको समस्या समाधानका लागि कानून बनाइसकेको छ र पारित पनि भइसकेको छ,’ उनले भने, ‘अब धेरै समय कुर्न पर्दैन । समस्याको सम्पूर्ण ढंगले समाधान गरिन्छ ।’

Vianet communication

मन्त्री बस्नेतले सरकार हेरफेर भन्ने कुरा विगतदेखि मिडियाले ल्याउदै आएको बताउँदै यसमा त्यति सत्यता नरहेको दाबी गरे । ‘प्रधानमन्त्रीलाई सहयोग गर्ने र प्रमको सजिलोका लागि मन्त्री छानिएको हुन्छ,’ उनले भने, ‘मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीमा निहित छ ।’

कार्यकर्ताको लावालस्कर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलमा संघीय सरकारका वनमन्त्री आउने हल्लाकाबीच प्रदेश सरकार, नेकपाका केन्द्रदेखि स्थानीय तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यकर्ताहरु यति उत्साहित थिए कि माला र खादाको भारी घाँटीमा राखिरहन हम्मे-हम्मे पर्‍यो वनमन्त्री शक्ति बस्नेतलाई ।

वनमन्त्रीको स्वागतमा सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, नेकपाका सुर्खेत अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, प्रदेश सभा सदस्यहरु ठम्मर विष्ट, विन्दमान विष्ट, बीरेन्द्रनगर उपप्रमुख मोहनमाया ढकाल, चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, अन्य स्थानीय तहका जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x