चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
काठमाडौं – २२ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद आफ्ताब आलमका सम्बन्धमा सभापति शेरबहादुर देउवाले बोलेको कुराले कांग्रेसलाई 'ब्याकफायर' गरेको छ ।
सभापति देउवाले शुक्रवार पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले मध्यपुरठिमीमा आयोजना गरेको कार्यक्रममा १२ वर्षपछि आलमलाई पक्राउ गरेर कम्युनिस्ट सरकारले लोकतन्त्र मास्न खोजेको आरोप लगाएका थिए ।
लोकतन्त्र र विधिको शासनको पैरवी गर्ने कांग्रेसका सभापति देउवाले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । आलोचनापछि शनिवार एक विज्ञप्ति जारी गर्दै देउवाले कांग्रेसले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जारी गरे । तर कांग्रेसलाई २४ घण्टाभित्र पुगेको क्षति न्यूनीकरण गर्न विज्ञप्तिले उल्लेखनीय भूमिका खेलेको छैन ।
हतारमा बोलिहाल्ने र फुर्सदमा पछुताउने नेपाली राजनीतिक नेतृत्वको ठूलो कमजोरीबाट कांग्रेस सभापति देउवा अछुतो रहेनन् । यो प्रकरणले उपनिर्वाचनको मुखैमा आलमको प्रतिरक्षा गर्न खोजेका देउवा र उनको पार्टी कांग्रेसलाई राजनीतिक घाटा पुग्ने निश्चित छ ।
आलम प्रकरणमा कांग्रेसमा ३ धार !
आलम प्रकरणमा कांग्रेसभित्र ३ धार देखा परेको छ । पहिलो धार आलमको बचाउमा केन्द्रित छ । दोस्रो धार निष्पक्ष अनुसन्धान गर्न सघाउने पक्षमा र तेस्रो धार अहिल्यै केही नबोल्ने पक्षमा देखिन्छ ।
पहिलो संविधानसभाको निर्वाचनताका गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए । रौतहटमा भएको नरसंहारका विषयमा सिटौला जानकार नहुने कल्पना पनि गर्न सकिन्न ।
अझ तत्कालीन रौतहट प्रहरी प्रमुख लक्ष्मण न्यौपाने (जो पछि टिकापुर काण्डमा मारिए) ले घटनास्थल सिल गरेको र घाइतेलाई स्कर्टिङ गरेर इँटाभट्टासम्म लैजान सहयोग गरेको आरोप मृतकका आफन्तको छ ।
देउवासँगै शुक्रवारको कार्यक्रममा उपस्थित सिटौलाले पनि सरकारले कांग्रेसविरुद्ध निरन्तर प्रहार गर्न खोजेको र पछिल्लो कडी आलमलाई पक्राउ गरेको भन्दै सरकारको आलोचना गरे । यद्यपि सिटौलाले त्यसपछि कुनै वक्तव्य जारी गरेर आफ्नो भनाइ फिर्ता लिएका छैनन् ।
सभापति देउवा र नेता सिटौलाको शुक्रवारको अभिव्यक्ति जिब्रो चिप्लिएर बाहिर नआएको कांग्रेसका कतिपय नेताहरूको बुझाइ छ ।
'आलम पहिला तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका दाहिने हात थिए,' कांग्रेसका एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, 'अहिले पनि उनी कांग्रेसभित्र मधेसी जनमतलाई एकढिक्का बनाएर राख्नसक्ने पात्र हुन् । यही सिलसिलामा सभापति र नेता सिटौलाले आलमको पक्षमा बोल्नुभएको हो ।'
आफ्नो भनाइले कांग्रेसलाई ड्यामेज गर्ने देखेपछि देउवा १ सय ८० डिग्रीमा घुमेको उनले दाबी गरे । 'सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अनुसन्धानमा सहयोग गर्ने धारणा त आयो, तर मनमुटु भने उहाँहरूको आलमकै पक्षमा छ,' उनले भने ।
आलम प्रकरणमा दोस्रो धार निष्पक्ष छानबिनमा सहयोग गर्ने पक्षमा रहेको छ । कांग्रेसका केही युवा नेताहरू आलम पक्राउ परेदेखि नै आफूहरू स्वतन्त्र छानबिनमा सहयोग गर्ने धारणा व्यक्त गरे । तीमध्ये एक हुन् प्रवक्ता विश्वप्रकाश शर्मा ।
शर्माले आलम पक्राउ परेपछि गत असोज २७ गते नै सामाजिक सञ्जाल ट्वीटरमा अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । आलम पक्राउ परेपछि रौतहटमा कांग्रेस कार्यकर्ताले कुनै अप्रिय घटना नघटाउन् भनेर उनले लेखेको ट्वीटलाई अर्का युवानेता गगन थापाले रिट्वीट गर्दै आफ्नो सहमति भएको जनाए ।
यसमा अर्का युवाने ता तथा केन्द्रीय समिति सदस्य चन्द्र भण्डारीको पनि सहमति छ । 'अपराधले व्यक्ति र राजनीतिक दल चिन्दैन,' आइतवार लोकान्तरसँग कुरा गर्दै भण्डारीले भने, 'आलम प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीको आधिकारिक धारणा हो । अहिल्यै हामीले आलम दोषी या निर्दोष छन् भनेर ठोकुवा गर्ने होइन । अनुसन्धानमा सहयोग पुर्याउनु सबैको कर्तव्य हो ।'
आलम प्रकरणमा देखिएको तेस्रो धारको प्रवृत्ति 'पर्ख र हेर' हो । कांग्रेसका कतिपय नेताहरू अहिल्यै केही बोल्न चाहँदैनन् । २२ जना मारिएको आरोप लागेको भएपनि प्रमाण केही नरहेको भन्दै कतिपय नेताहरूले आलम निर्दोष सावित हुने प्रतिक्षा गरेर बसिरहेका छन् ।
नबोलेको भए राम्रो हुन्थ्यो - श्रेष्ठ
सभापति देउवानिकट मानिने नेता गोपालमान श्रेष्ठ यो विषयमा सभापति नबोलेको भए राम्रो हुने धारणा व्यक्त गर्छन् ।
आइतवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, 'सभापति यो विषयमा नबोलेको भए राम्रो हुन्थ्यो । तर बोलिहाल्नु भयो । त्यसपछि शनिवार विज्ञप्ति निकालेर अनुसन्धानमा सहयोग गर्छौं भनिसक्नुभएको छ । आधिकारिक धारणा आइसकेपछि यो विषयलाई थप उचाल्ने काम गर्नु राम्रो होइन ।'
श्रेष्ठले कांग्रेस कानूनी राज्यको विपरीत नरहेको दाबी गरे ।
'हामी कुनै पनि मुद्दामा आरोप लागेका आरोपितमाथि छानबिनमा असहयोग गर्ने कल्पना पनि गर्न सक्दैनौं,' उनले भने, 'यो नै कांग्रेसको आधिकारिक धारणा हो । यही कुरा सभापतिले शनिवार निकाल्नुभएको विज्ञप्तिमा पनि उल्लेख छ ।'
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...