कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
फागुन १९, २०७६
तुल्सीपुर उपमहानगरपालिकाले औद्योगिक क्षेत्र निर्माण गर्नेगरी छनोट गरेको जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ ।
उपमहानगर कार्यपालिकाको बैठकले औद्योगिक क्षेत्र निर्माण गर्ने जग्गा छनोट गरेपछि सुकुम्वासीका नाममा अतिक्रमण गरी घरटहरा निर्माण गरेको पाइएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तुल्सीपुर उपमहानगरपालिका कार्यपालिकाको मिति ०७६ वैशाख १९ गते बसेको बैठकले उद्योगग्राम स्थापनाका लागि जग्गा छनोट गर्ने निर्णय गरेको थियो, जसमा उपमहानगरपालिका अन्तर्गत वडा नं. २, ३, १०, १३ र १६ मा खाली रहेका जग्गाहरू छन् ।
उपमहानगर कार्यपालिकाको उक्त बैठकले जग्गा छनौट गर्दै घरेलु तथा साना उद्योग कार्यालय दाङमा निर्णय पठाउने समेत निर्णय गरेको थियो ।
कार्यपालिकाले औद्योगिक क्षेत्रको विषयमा निर्णय गरेलगत्तै सुकुम्वासीका नाममा १ हजार विघा जग्गा अतिक्रमण गरी इँटाको घरटहरा निर्माण गरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक स्थानमा भर्खरै जस्ताले छाएर इँटाका घरहरू बनाएको अवस्था भेटिएको सतर्कता केन्द्रले जनाएको छ ।
सतर्कता केन्द्रले अनुसन्धानका क्रममा स्थानीय र जग्गाको अतिक्रमण गरेर बस्नेहरूसँग पनि छलफल गरेको थियो ।
स्थानीयवासीले जग्गा सार्वजनिक भएको बताएका थिए भने त्यहाँ बसेकाहरूले आफूहरूले सो जमिन पहिल्यैदेखि जोतभोग गर्दै आएको र उपमहानगरले जबरजस्ती औद्योगिक क्षेत्र बनाउन लागेपछि टहरा बनाउनुपरेको बताएको सतर्कता केन्द्रले उल्लेख गरेको छ ।
कार्यपालिका सदस्यले नै गरे सार्वजनिक जग्गाको किनबेच
उपमहानगरपालिकाको वडा नं. १६ ग्वारखोलामा पुल बनिसकेपछि एकाएक घरटहरा बनाउन शुरू भएको थियो ।
बनाइएका घरटहरा भत्काउने काम उपमहानगरले प्रहरी लगाएर गरेको थियो, तर पनि रातारात घर बनाएर जग्गा अतिक्रमण गर्ने क्रम नरोकिएको केन्द्रले जनाएको छ ।
नगर कार्यपालिका सदस्य दीपक कुमालले स्थानीय लालबहादुर सार्कीलाई ग्वारखोला क्षेत्रको केही जग्गा ४ लाखमा बिक्री गरेको खुल्न आएको केन्द्रले प्रतिवेदनमा उल्लेख गरेको छ ।
केन्द्रका अनुसार अरू स्थानीयले समेत सार्वजनिक जग्गा किनबेच गर्ने गरेका छन् ।
सार्वजनिक जग्गा अतिक्रमण गरेपछि स्थानीयले उपमहानगरपालिका कार्यालयमा निवेदन गरेको र उपमहानगरले सरोकारवाला निकायहरूमा समन्वयसहित आवश्यक पहल गरेको प्रतिवेदनमा उल्लेख छ ।
उपमहानगर, प्रहरी र प्रशासनले स्थलगत रूपमा अवलोकन र छलफल गर्ने कार्य गर्दा अतिक्रमणकारीहरूले आफू सुकुम्वासी भएकाले उचित व्यवस्था गर्न अनुरोध गरेका थिए ।
प्रचलित कानूनी व्यवस्थाबमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको भएकाले प्रचलित कानूनको अधिकार प्रयोग गरी संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय दाङ र तुल्सीपुर उपमहानगरपालिकालाई आवश्यक निर्देशन दिएको सतर्कता केन्द्रले जनाएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...