×

NMB BANK
NIC ASIA

नापीका सेवा अब एपमा

फागुन २४, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेसन (एप) सार्वजनिक गरेको छ ।

Muktinath Bank

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमाकुमारी अर्यालले शनिवार पोखरामा आयोजित कार्यक्रममा सो  एपको सार्वजनिक गर्दै जग्गा प्रशासनको सुधार गर्न प्रविधिलाई अधिकत उपयोगमा  ल्याउनुपर्नेमा जोड दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो प्रविधि थिएन, फित्ता लिएर नाप्दै हिँड्नुपथ्र्यो, धेरै समस्या थिए । अब प्रविधिले यस्ता समस्याका समाधान गरिदिएको छ । अब काम छिटोछरितोसँगै बिचौलियाको अन्त्यसमेत हुनेछ,’ उनले भनिन् । मन्त्री अर्यालले सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न र व्यक्तिगत स्वार्थमा नलाग्न कर्मचारीलाई आग्रह गरिन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले सुशासन स्थापित गर्न प्रविधिमैत्री रूपबाट अघि बढेको जानकारी दिँदै यस एप देशैभर पुर्‍याइने बताए । नापी कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले भूमि प्रशासनमा पारदर्शी र सेवाग्राहीमैत्री बनाउन ‘नापी पोखरा एसओकेपी’ मोबाइल एप तयार गरिएको जानकारी दिए ।

Vianet communication

‘बिचौलियाले कर्मचारीको नाम बेचेर सेवाग्राहीलाई हैरानी दिएका छन् । अब यस एपले बिचौलियाको अन्त्य गर्नेछ । सेवाग्राहीले चाहेको समयमा सेवा लिन पाउनेछन्,’ उनले भने ।

सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रर उतार, फिल्ड रेखांकन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिन सकिने छ । एपमा कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचा उपलब्ध छ ।

कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था र भविष्यमा अनलाइनबाट नै राजस्व तिरी सेवा लिन सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेपालको जग्गा प्रशासनको क्षेत्रमा यस प्रकारको एप पहिलोपटक शुरू गरिएको हो । मालपोत, नापीजस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायमा बिचौलियाको सहयोगबिना नै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन एप कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x