मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २७, २०७६
‘कोभिड– १९’ नाम दिइएको कोरोना भाइरसका कारण यतिबेला विश्व आक्रान्त बनिरहेको छ । १ सय १५ देशमा फैलिसकेको संक्रमणका कारण विश्वभर त्रास छ ।
मानिसहरू आवत–जावत गर्न छाडेपछि, कतिपय अवस्थामा रोक लगाइएपछि अन्तर्राष्ट्रिय उडानहरू धमाधम रद्द हुँदैछन् ।
सरकार र राष्ट्रप्रमुखका भ्रमणहरू स्थगित भएका छन् । औपचारिक कार्यक्रमहरू रद्द भएका छन् । कोरोनाले विश्वमा आर्थिक मन्दीको अवस्था सिर्जना हुने लक्षण देखा परिसकेको छ ।
कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहानमा यसको संक्रमण क्रमशः घट्दै गइरहेको छ, तर युरोपसहित बाँकी विश्वमा फैलिने क्रममा छ ।
संक्रमितको संख्या झण्डै १ लाख १५ हजार पुग्दा मृतकको संख्या ४ हजार नाघिसकेको छ । मंगलवार मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङले वुहानको अस्पताल निरीक्षण गरेका छन् ।
कोरोनाको संक्रमण फैलिएपछि चीनले एक सातामा हजार शय्याको अस्पताल निर्माण गर्यो, यो बाँकी विश्वका लागि उदाहरणीय काम थियो ।
रातारात करोडौं मास्क तयार गर्यो, शतर्कता अपनायो र क्षति न्यूनीकरण गर्यो । कोरोनाविरुद्ध सरकारले लिएको सावधानीका कारण चीनका अन्य शहरमा यसको संक्रमण त्यो ढंगले फैलिन पाएन ।
कोरोनाले आक्रान्त बनेको वुहानपनि क्रमशः सामान्य अवस्थातर्फ फर्किंदै छ । तर चिन्ता चीनबाट बाह्य विश्वमा फैलिएको छ ।
चीनको संक्रमण क्रमशः कम हुँदै गएपनि इरानदेखि इटलीसम्म यसको प्रभाव चिन्ताजनकरूपमा फैलिएको छ ।
अहिले नयाँ संक्रमण देखिनेमा इटाली सबैभन्दा अघि छ । इरान र दक्षिण कोरियामा पनि अवस्था नियन्त्रणमा आइसकेको छैन ।
स्थिति नियन्त्रणबाहिर गएपछि इटालीले देश पूरै लकडाउन गरेको छ । ६ करोडभन्दा बढी नागरिक घरभित्रै थुनिएका छन् । क्वारेन्टाइनबाट भाग्नेलाई ३ महिना जेल सजाय गर्ने चेतावनी सरकारले दिएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको उल्लेख गरिसकेको छ । कोरोनाको संक्रमणसँग जुध्ने पूर्वतयारीका लागि भन्दै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भयो, तर सरकारले कोरोना संक्रमणबाट हुनसक्ने क्षति कम गर्न पर्याप्त सावधानी अपनाएको छैन ।
यतिमात्र होइन विभागीय मन्त्रीले नै कोरोना संक्रमणको आशंका गरिएका कसैलाई पनि क्वारेन्टाइनमा राख्न सकिँदैन भन्ने अभिव्यक्ति दिएर आफ्नो निकम्मापन प्रदर्शन गरेका छन् । विपद्का बेला सरकारले खुट्टा लुलो पारेर जनतालाई आहत दिएको छ ।
रुखो स्वभावका मन्त्रीको आपत्तिजनक अभिव्यक्ति !
राष्ट्रिय युवासंघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मंगलवार मन्त्रालयमा स्वास्थ्य मन्त्री ढकालले भने– चीनबाट ल्याइएकालाई जस्तो व्यवस्था गर्न सरकारले सक्दैन, सेल्फ क्वारेन्टाइनमा बस्नुस् ।
के भनेका थिए मन्त्री ढकालले ?
"क्यारेन्टाइन भन्नेबित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएजस्तै सरकारले गएर ल्याइदिने, सबै सरकारकै व्यवस्थापनमा बस्ने भन्ने कुरा नगरौं, अब सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । डब्लूएचओको एउटा मापदण्ड छ, त्यो मापदण्डभित्र बस्नुपर्यो । दिनैपिच्छे ज्वरो आको छ, छैन त्यो नाप्न त सकिहाल्छ । त्यसमा दूरी कति मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यहरूसँग कस्तो विहेभ गर्ने, के गर्ने, के नगर्ने त्यो एउटा प्रोटोकल हामीले तयार गरेका छौं, त्यसको आधारमा उहाँहरू बस्नुपर्छ । अब ज्वरो आयो, रुघाखोकी भो, त्यस्तो हो भने हामी अस्पतालमा परीक्षण गराउने व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गराउनुपर्यो भने त्यसको जिम्माचाहिँ राज्यले लिने र राज्यले गर्छ । यो क्वारेन्टाइनमा बस्ने कुराका लागि चाहिँ हामीले पहिलेभन्दा प्रोटोकल चेन्ज गरेका छौं ।"
मन्त्रीको यो बोली नै नेपाल सरकारको आधिकारिक धारणा हो भने यो आपत्तिजनक विषय हो । अन्यथा यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीमाथि प्रधानमन्त्रीले एक्सन लिनुपर्छ । जनस्वास्थ्यमा यो हदसम्मको खेलबाड गर्न किमार्थ मिल्दैन ।
चरम घमण्डी स्वभावका मन्त्री ढकालको यो भनाइले कोरोनाको सन्त्रासमा रहेका नागरिकलाई थप आहत बनाएको छ ।
मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ– ‘जनताको करमा रजाइँ गरिरहेकाको गैरजिम्मेवार अभिव्यक्ति’ भनेर ।
मन्त्रीको भनाइलाई अनुशरण गरेर बिरामीहरू अब घरमै बस्नुपर्ने भयो । कोरोना पुष्टि हुने बेलासम्म अरू कति जनामा फैलिने हो, त्यसको लेखाजोखा कसले गर्ने ?
गतसाता संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनै मन्त्री ढकालले भनेका थिए– ‘कोरोना भाइसर कस्तो भन्दा एक डाक्टरले भन्नुहुन्थ्यो– नपड्किएको एम्बुसजस्तो ! तपाईं हाम्रो परिवारमै छ कि, छिमेकमा छ कि, कहाँ आइपुग्यो भन्ने कुनै अनुमान नभएको, पड्किँदा बल्ल थाहा हुने ।’
मन्त्री ढकालको मंगलवारको अभिव्यक्तिले त्यो एम्बुस विस्फोट हुने अवस्थाको भयावहलाई नजरअन्दाज गरेको छ ।
कोरोना संक्रमणको आशंका भएकाहरू अब अस्पताल नगएर घरमै बस्ने हो भने जुनसुकै बेला विस्फोट हुने खतरा झन् बढेको छ ।
मन्त्रीको आजको अभिव्यक्ति त्यतिबेला बेला आएको भए स्वभाविक हुन्थ्यो, जतिबेला इरान वा इटालीको जस्तो अवस्थामा देश हुन्थ्यो, त्यतिबेला नागरिकले सहर्ष स्वीकार्थे पनि ।
नेपालको अहिलेको अवस्था फरक हो । कोरोना संक्रमण पुष्टि भएका एक मात्र व्यक्ति निको भइसकेको भनिएको छ, अन्यमा कोरोनाको संक्रमण पुष्टि भएको छैन ।
जनता कोरोनाको त्रासमा छन् । संक्रमणभन्दा मानसिक चिन्ताले खाइरहेको अवस्था छ । गर्न नसक्ने नै हो भनेपनि यतिबेला त मन्त्रीले भन्नुपर्थ्यो, ‘सरकार चाहिने यस्तै बेलामा हो । हामीले पूर्वतयारी गरिरहेका छौं । तपाईंहरू पनि सचेत हुनुस्, अप्ठ्यारो अवस्थामा सरकार छ ।’
अहिले जनताले खोजेको सरकारप्रतिको भरोशा हो, आत्मविश्वास हो । अप्ठ्यारो पर्दा सरकार छ है भन्ने विश्वास हो ।
सरकारले नसकेको दिन जनता आफैं तयार हुन्थे । स्वतस्फूर्तरूपमा सेल्फ क्वारेन्टाइनमा बस्थे पनि, जसरी अहिले इटालीको सिंगो जनसंख्या क्वारेन्टाइनमा छ ।
आजको दिनमा मन्त्रीको यो अभिव्यक्ति निकम्मापनको पराकाष्टा बाहेक अरू केही हुन सक्दैन । यसले त संक्रमितहरू पनि सरकारले केही गर्दैन भनेर अस्पताल नजाने खतरा बढेको छ ।
निकम्मा सरकार, भगवान भरोसामा जनताको जीवन !
मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा छन् । प्रधानमन्त्रीले कार्यबाहक नतोकेका कारण प्रधानमन्त्रीसँगै सिंगो देश बिरामी परेजस्तो देखिएको छ ।
विश्व कोरोनाले त्रस्त भइरहेको समयमा नेपालमा त्यससँग जुध्ने पूर्वतयारी निकै फितलो छ । कर्ममाण्डी र लापरवाहीपूर्ण सरकारको कार्यशैलीले कोरोनासँग सामना गर्ने ल्याकत राख्दैन ।
अहिलेसम्म कोरोनाको संक्रमण नफैलिनु नेपालका लागि सौभाग्य हो, अझै धेरै नागरिकले विश्वास गरेजस्तै ‘पशुपतिनाथको कृपा’ ।
औपचारिक रूपमा पुष्टि नभएपनि खुला सीमा र विमानस्थलको फितलो चेकजाँचका कारण नेपालमा पनि संक्रमित आएका हुनसक्ने भन्दै आमनागरिक त्रसित छन् ।
अस्पतालमा पुगेका बिरामी फरार हुने घटनाले उनीहरूले संक्रमण बाहिर फैलाएको आशंका आमजनताले गरिरहेका छन् ।
अर्कातर्फ कोरोनाको त्रासका कारण बजारमा कृत्रिम अभाव र कालोबजारी भइरहेको छ । सरकारप्रतिको भरोसा नभएका कारण जनताले खाद्यान्न तथा अत्यावश्यकीय सामग्री अतिरिक्त भण्डारण गर्न थालेका छन् ।
नाकाबन्दीको समयको झल्को दिनेगरी एलपी ग्यासका रित्ता सिलिण्डर लाइनमा देखिन थालेका छन् । सरकारले जनतालाई आश्वस्त तुल्याउन सकिरहेको छैन ।
मंगलवारको अभिव्यक्तिसँगै समाजिक सञ्जालमा त मन्त्री ढकालको राजीनामा माग्न शुरू भइसकेको छ, नेपालका मन्त्रीबाट त्यो स्तरको नैतिकताको अपेक्षा नगरौं ।
अहिलेलाई यति मात्र भनौं, जनताको स्वास्थ्यबारे यति हल्काफुल्का टिप्पणी गर्ने मन्त्रीलाई त्यो पद ओगटी राख्ने नैतिक अधिकार छैन ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...