मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९)को नयाँ संक्रमित भेटिएको छ ।
यसअघि भेटिएका संक्रमितलाई निको भइसकेको भनिएकोमा सरकारले सोमवार कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको हो ।
गत मंगलवार फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्वव्यापी महामारी सिर्जना गरेको कोरोना भाइरसको नयाँ संक्रमित भेटिनुअघि नै यसको प्रभाव नेपाली बजारमा परिसकेको छ ।
आमनेपाली उपभोक्ताले दैनिक उपभोग्य सामग्रीदेखि औषधि समेत सञ्चय गरिरहेका छन् ।
महिनौंसम्म नेपालीहरूका लागि चाहिने आवश्यक औषधिको आपूर्तिमा समस्या नहुने भन्दै सरकार र व्यवसायीहरूले भने अनावश्यक औषधिको सञ्चय नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।
बजारमा औषधिको अभाव हुने भयले मधुमेह, उच्च रक्तचाप लगायत नियमित औषधि सेवन गर्ने बिरामीले आफूलाई लामो समयसम्म चाहिने औषधि खरिद गरे ।
ज्वरो आउँदा, टाउको दुख्दा प्रयोग हुने प्यारासिटामोल पनि अधिकांश उपभोक्ताले बिरामी नभई सञ्चयका खरिद गरेको देखिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा जानकारी गराएका थिए ।
के छ त नेपालमा औषधिको अवस्था ?
औषधि व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा अहिले ७८ वटा कम्पनीले औषधि उत्पादन गरिरहेका छन्, भने ३८४ वटा औषधि उद्योगहरू दर्ता भएका छन् । २१ हजार ६ सय ५१ फार्मेसीले औषधि बिक्री गर्छन् भने १ सय ४० वटा आपूर्तिकर्ताले औषधि आयात गर्ने गर्छन् ।
नेपालमा उत्पादन हुने अधिकांश औषधिको कच्चा पदार्थको मुख्य स्रोत भारत हो । ‘७० प्रतिशत कच्चा पदार्थ भारतबाट र बाँकी अन्य मुलुकबाट आयात हुने गर्छ,’ औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले भने ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार अहिले नेपाली बजारमा ४ महिनालाई पुग्ने औषधि स्टक रहेको अवस्था छ, नियमित आपूर्ति पनि भइरहेको छ । नेपालमा भारत, पाकिस्तान, बंगालदेश, स्विट्जरल्याण्ड र जर्मनी लगायतका देशबाट औषधि आपूर्ति हुने गरेको व्यवसायी संघका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कोरोनाको विस्तारसँगै औषधि अभाव हुने चिन्ता सिर्जना भएकाले उपभोक्ताले धेरै औषधि खरिद गर्न शुरू गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘शुरूशुरूमा भ्रम फैलियो, जसका कारण डाइलासिस, मुटु, र सुगरसम्बन्धी औषधि र प्यारासिटामोल नपाइने डरले आम उपभोक्ताले ३/४ महिनाका लागि स्टक लगेको हामीले पायौं, हामीले मिडियामार्फत औषधिको अभाव हुँदैन, पाइन्छ भनेर अनुरोध गरेपछि अहिले धेरै खरिदको समस्या हटिसकेको छ,’ श्रेष्ठले लोकान्तरसँग भने ।
नेपालमा औषधि उत्पादन गरेका उद्योगहरूलाई अहिलेसम्म औषधि उत्पादनका लागि कच्चा पदार्थको समस्या छैन । ‘अबको ३ महिनासम्म औषधि उत्पादनका लागि हामीसँग कच्चापदार्थको कमी छैन,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीले भने ।
चीनको वुहानबाहेक अन्य क्षेत्रबाट पनि कच्चा पदार्थ आउने क्रम अगाडि बढेको संघका अध्यक्ष क्षेत्रीले बताए । क्षेत्रीका अनुसार अबको एक महिनाभित्रमा चीनबाट आउने कच्चा पदार्थमा पूर्ण सहजता हुन्छ ।
औषधिको आयातमा सरकारको तर्फबाट पहलमा ढिलाइ
३ मार्चबाट भारतले प्यारासिटामोल लगायत १३ प्रकारका औषधि र १३ प्रकारका कच्चा पदार्थको निकासीमा रोक लगाएको थियो, जसको प्रभाव स्वरूप नेपाली औषधि आयातकर्ताहरूबाट त्यो मिति अगाडिदेखि अर्डर गरेको औषधिको आयात पनि रोकियो ।
जसका कारण भारतबाट हुने औषधिको नियमित आपूर्तिमा समस्या भएको छ । १६ मार्चदेखि सूचना जारी गरेको मितिभन्दा अगाडिदेखि अर्डर गरेका सामग्रीको निर्यात सहज भएको तर अन्य थप औषधिको आयात सहज हुन नसकेको औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको भनाइ छ ।
‘सरकारका तर्फबाट निर्माण भएको उच्चस्तरीय समितिका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग हामीले छलफल गर्यौं । उहाँहरूले पहल गर्छु भनेर भन्नु भएको छ, आशा छ उहाँहरूले पहल गर्नुहुन्छ होला,’ श्रेष्ठले भने ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीले भारतबाट रोकिएका १३ प्रकारका औषधि बनाउने कच्चा पदार्थ र १३ प्रकारका औषधिको आपूर्तिलाई सहज बनाउन सरकारलाई स्टक सहितको विवरण बुझाएको बताए ।
नेपालमा एलोपेथिकअन्र्तगत कुनै पनि औषधिको कच्चा पदार्थ उत्पादन नहुने क्षेत्रीको भनाइ छ, उनका अनुसार नेपाल औषधिको कच्चा पदार्थमा पूर्णतः परनिर्भर छ ।
विश्वव्यापी रूपमा कोरोना फैलिएपछि कच्चापदार्थ र औषधिको आपूर्तिमा निकट भविष्यमा समस्या पर्न सक्छ । त्यसका लागि सरकारले समयमा नै आवश्यक पहल गरी सम्भावित अभाव टार्नुपर्छ ।
औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले भूकम्पको समयमा समेत औषधि आयात र वितरणमा समस्या नभएकाले कोरोनाको सन्दर्भमा समेत अभाव हुन नदिने बताए ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधिको आपूर्तिमा आवश्यक कूटनितिक पहल गर्नका लागि चैतको ३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको वताए ।
‘हामीले आग्रह गरिसकेका छौं, मन्त्रालयले आवश्यक पहल गर्दै होला,’ प्रवक्ता केसीले लोकान्तरसँग भने ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...