×

NMB BANK
NIC ASIA

सुनौली नाका हुँदै भारतबाट हजार नेपाली भित्र्याइँदै, रुपन्देहीका क्वारेन्टाइनमा राखिने

बैशाख ३१, २०७७

NTC
Premier Steels

भारतका विभिन्न शहरबाट सीमामा आएर अलपत्र परेको नेपालीलाई बुधवार रुपन्देहीको बेलहिया (सुनौली) नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय रुपन्देही र स्थानीय तहको सहकार्यमा १ हजारभन्दा बढी नेपालीलाई रुपन्देहीमा ल्याउन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वदेश फर्किन लागेका नेपालीले भारतका विभिन्न शहरमा क्वारेन्टाइन अवधि पूरा गरिसकेका जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सीमाबाट ल्याइएका नेपालीलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया र रोहणी गाउँपालिका विभिन्न विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखिने छ । सीमा पारि झण्डै १ हजार ६०० नेपाली १ महिना अघिदेखि आएर क्वारेन्टाइनमा बसेका छन् ।

Vianet communication

अन्य ६०० जनालाई के गर्ने भन्नेबारे हालसम्म यकिन छैन । सीमामा आएका नेपाली, गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका छन् ।

अलपत्रलाई सीमापारि नै रोक्दा लुकीछिपी नेपाल प्रवेश गर्न क्रम बढेपछि संक्रमणबाट जोगिन वैधानिक रुपमा नाकाबाट ल्याउन लागिएको हो । रुपन्देहीका प्रहरी प्रमुख हेम थापाले ल्याउने तयारी भएपनि कतिखेर ल्याउने भन्नेबारे टुंगो लाग्न नसकेको बताए ।

‘हामी अहिले मिटिङमै छौं । पारि मान्छे धेरै आएका छन् । केहीलाई ल्याउने, केहीलाई छोड्दा समस्या उत्पन्न हुन्छ कि भन्ने पनि छ । कसरी अगाडि बढ्ने भन्नेमै छौं अहिले,’ उनले भने ।

नेपाल ल्याइएकालाई भैरहवाको लिलाराम न्यौपाने मावि, भैरहवा मावि, तिलोत्तमा नगरपालिका–१४ को मधवलिया माविमा कम्तिमा २/२ सयका दरले राखिने छ । तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले अलपत्रलाई बुधवारै ल्याइने बताए । ‘हामीले अहिले २०० जनालाई राख्न सक्छौं भनेको छौं । आवश्यक देखिए ३०० पनि राख्न सक्छौं,’ मेयर घिमिरेले भने । 

भारतमा मंगलवारदेखि रेल सेवा शुरू भएपछि सीमा अझै नेपाली बढ्ने देखिएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले रुपन्देहीका स्थानीय तहको सहकार्यमा अलपत्र नेपालीलाई भित्र्याउन लागिएको बताए । ‘सबैलाई सुरक्षित ल्याउनुपर्नेछ, सुरक्षित रुपमै राख्नुपर्छ,’ उनले भने ।

कपिलवस्तुका केही स्थानीय तहले पनि मंगलवार ५०० अलपत्रलाई जिल्ला भित्र्याएर क्वारेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘सीमामा अझै १ हजार ५०० जना नागरिक रोकिएका छन् । राम्रो व्यवस्थापन गरेका केही पालिकाले हिजो ५ देखि ६ सय नेपालीलाई सुरक्षित रुपमा भित्र्याएर क्वारेन्टाइनमा राख्नुभएको छ ।’

रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित लुकीछिपी छिरेका छन् । रुपन्देहीमा १६ र कपिलवस्तुमा २९ जना संक्रमित छन् । संक्रमितको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x