फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुन: अघि बढेको हो ।
रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर आफ्नो गाउँ डुबानमा पर्ने चिन्ता वारिपट्टिका नेपालीमा रहेको छ ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले निर्माणाधीन सडकले ठूलो पानी परेका बेला नेपाली भूभाग डुबानमा पर्ने बताए । ‘सडक जति अग्लो हुन्छ, त्यति धेरै नेपाली जमिन डुबानमा पर्छ,’ उनले भने, ‘भारतीय पक्षबाट दुवै मुलुकका सीमावर्ती स्थानीयसँग समन्वय र छलफल गरेर सडक निर्माण गरेको भए हुन्थ्यो ।’ उनले सीमा क्षेत्रमा बन्ने संरचनाले कहाँ कहाँ धेरै डुबान हुन्छ, त्यहाँबाट कसरी पानीलाई निकास दिन सकिन्छ भन्ने विषयमा बेलैमा छलफल गर्न जरुरी रहेको बताए ।
सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका अनुसार अहिले उक्त सडक निर्माणमा ३०/३५ जना मजदुर खटिने गरेका छन् । ‘पहिल्यै बनाएको सडकको संरचनामा ठाउँठाउँमा माटो हाल्ने र सम्याउने काम भइरहेको छ,’ सीमामा तैनाथ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘डोजरले खनेको, ट्रयाक्टरले माटो ओसारेको र रोलरले मिलाएको देखिन्छ ।’
भारतीय प्रधानमन्त्री सडक परियोजनाअन्तर्गत उक्त सडक ४ लेनको बनाइँदै छ । सडक निर्माणका क्रममा अधिग्रहणमा परेको जमिनलाई भारत सरकारले प्रतिएकड (१२ कट्ठा) ४५ लाख रुपैयाँका दरले मुआब्जा प्रदान गरेको छ । जुन चलनचल्ती भन्दा धेरै राम्रो मूल्य हो ।
अन्तर्राष्ट्रिय सन्धि/सम्झौताअनुसार दशगजानजिक नदीनालाको प्राकृतिक बहावमा असर पुग्ने र मानवीय एवं प्राकृतिक रूपले असर पुग्ने गरी दुवै मुलुकतर्फ ८/८ किमि दूरीमा भौतिक संरचना निर्माण गर्दा एकअर्का मुलुकको सहमति चाहिन्छ । तर भारतले यहाँ सडक बनाउदा नेपालसँग समन्वय गरेको छैन । संरचना निर्माणबारे यताका प्रशासनिक निकाय र स्थानीय जनप्रतिनिधिलाई पनि भारतले जानकारी गराएको छैन ।
नवलपरासी र रूपन्देहीको सिमाना माहुखोलादेखि पश्चिम दशगजामा रहेको सीमा स्तम्भ नम्बर ५१० देखि ५१३ सम्मको दूरीमा सडक निर्माण भइरहेको छ । यस खण्डमा कतै १ सय मिटर, कतै २ सय र कतै ५० मिटर गरी टुक्राटुक्रामा निर्माण भइरहेको छ । निर्माणाधीन सडक केही स्थानमा दशगजाबाट ६० मिटर दूरीमा छन् । कतै १ सय मिटर टाढा बनिरहेको छ । निर्माणाधीन सडकको रेखदेख भारतीय अर्धसैनिक बल एसएसबीले गरिरहेको छ ।
रोहिणी–५, इमिलिहवाका दलसिंह यादवले निर्माणाधीन सडकका विषयमा नेपाल र भारत सरकारले तत्काल कुराकानी गर्नुपर्ने बताए । ‘सडकका कारण वर्षायाममा हाम्रो घर र खेत डुबानमा पार्ने निश्चित छ,’ उनले भने । उनका अनुसार सडक निर्माणमा खटिएका भारतीय प्राविधिकले प्रत्येक ३ सय मिटर दूरीमा पानीको निकासका लागि ठूलो साइजको ‘ह्युमपाइप’ राख्ने आश्वासन दिएका छन् । ‘प्राकृतिक बहाव रोकिएकाले जति ठूला ह्युमपाइप र नाली बनाए पनि डुबान हुन्छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको विषयमा गृह मन्त्रालयमा जानकारी दिइएको बताए । ‘गृह र परराष्ट्र मन्त्रालयबीच पत्राचार भइसकेको हुनुपर्छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...