×

NMB BANK
NIC ASIA

बजेटमा कृषिलाई प्राथमिकतामा राख्न सुझाव

जेठ १३, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

कोरोना भाइरसका कारण सङ्कटमा परेको पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न तथा  बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ। 

Muktinath Bank

 ‘कोभिड –१९  ले पारेको असर र त्यसपछिको उद्यम’का विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकामा जोड दिइयो।
छलफलमा मन्त्री घनश्याम भुसालले  किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै  प्राविधिक खेतीको बीमा जरुरी भएको बताए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएको जानकारी दिए। उनले भने, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ। तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ । ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ।’


Advertisment
Nabil box
Kumari

मन्त्री भुसालले  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए।  

Vianet communication

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य  राजेशकुमार अग्रवालले  उन्नत बीउ र  मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिए।   महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताए।

अनलाइनमार्फत जुम एपमा भएको छलफलमा  कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताए। सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिए। सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताए। उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने  कृषि नै भएको तर्क गरे। भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष  कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराए।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x