×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरपालिकामा भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलिकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारिएको छ । 

Muktinath Bank

बुटवलमा भूमि बैक स्थापना गर्न, कृषिको उत्पादकत्व बढाउन तथा रोजगारी तथा उद्यमशीलता विकासका लागि ठोस कार्ययोजना निर्माण गर्न उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपमहानगरका सेमलार र मोतिपुर समेटिने केही वडा खेतीयोग्य जमिन प्रशस्त रहेका क्षेत्र हुन् । यिनै क्षेत्रलाई लक्षित गरेर सहरी कृषि प्रवद्र्धनका कार्यक्रम अगाडि बढाएको उपमहानगरले अहिले भूमि बैंक तथा श्रम बैंक सञ्चालन र कृषि उत्पादकत्व वृद्धि अध्ययनको तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

कार्यदलको प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने, बजेटको व्यवस्थापन गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
महामारीका विरुद्ध जुधिरहेका बेलामा शहरी कृषिमा पुनर्जागरण ल्याउने गरी बुटवलले अर्को नमुना कामको थालनी गरेको हो । यसका लागि बुटवलले भूमि बैंक, श्रम बैंक र कृषिको उत्पादकत्व बढाउने कार्ययोजना तयार पार्न विशेष कार्यदल गठन गरेको छ । 

Vianet communication
Laxmi Bank

बुटवलमा करिब दुई हजार एक सय ४४ हेक्टर क्षेत्रफल खेती र कृषिसंग सम्बन्धित कामको प्रयोजन भइरहेको छ ।  बुटवलमा बजार क्षेत्र, बस्ती क्षेत्र, खेतीयोग्य क्षेत्र, हरियाली जंगल क्षेत्र, नदी उकास क्षेत्र र वगर क्षेत्रका रुपमा रहेको छ । बुटवलको हरियाली क्षेत्र मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । 

केही वर्षअघि प्राविधिकहरुले देशभरका नगरहरुको अध्यय्नका आधारमा सार्वजनिक गरेको तथ्यांकमा यहाँ झण्डै ५४ प्रतिशत हरियाली क्षेत्र रहेको छ । यहाँ करिब ४० हजार घरधुरी रहेका छन् ।
बुटवलले केही समय अगाडि नै सुरु गरेको यसखालको कार्यक्रमलाई अहिले संघीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ भने बजेटमै समेट्ने तयारी गरेको छ । 

पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा शक्ति विदेशिने, अव्यवस्थित बस्तीको विकास भएको, जग्गाको खण्डीकरण बढेपछि अधिकांश उर्वर जमिन बाँझो तथा एकीकृतरुपमा खेती हुन नसकेको, वर्षेनी आयात वृद्धिलगायत कार्य भइरहेकाले उत्पादनमा आएको कमीलाई सुधार्न बुटवलले यसखालको अवधारणा ल्याएको हो । जनप्रतिनिधि निर्वाचित भएदेखि नै यहाँ जथाभावी प्लटिङ र जमिन खण्डिकरणको काममा बन्देज लगाइएको छ । 

बुटवलले सहरी कृषिको प्रवद्र्धन, फसल धितो राखेर ऋण, जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन अनुदान, कृषि उपकरण तथा बिउविजन प्रदानदेखि कृषि उपजको बजारिकरणसम्मका नमुना काम गर्दै आएको छ । त्यस्तै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अहिले भूमि बैंक, श्रम बैंक तथा कृषि उत्पादकत्व बृद्धि गर्ने अवधारणासहितको कार्यक्रम बनाइएको प्रमुख सुवेदीको भनाइ छ । 

सुझाव संकलन गर्र्दै कार्यदल
उपमहानगरपालिकाको हालै बसेको कार्यपालिकाको बैठकले यस्तो कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेको थियो । जसअनुसार उपमहानगरका प्रवक्ता तथा वडा नं.१६ का अध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको हो । 

उक्त कार्यदलमा कार्यपालिका सदस्य दधिराम न्यौपाने, कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, पशुपंछी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडे र वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल रहेका छन ।  
बुटवलले प्रत्येक वडामा बाँझो रहेको जमिनको यकिन तथा वडामा बसोबास गर्ने बेरोजगार युवाको तथ्यांक संकलन गरिरहेको छ । अहिले गठन भएको कार्यदलले सोही आधारमा नयाँ योजना बनाउनका लागि सुझाव संकलन गरिरहेको छ । उपमहानगरका विभिन्न संयन्त्रमार्फत सुझाव संकलन भइरहेको छ । 

कति हेक्टरमा हुन्छ खेती ?
बुटवलमा सिंचाइका सुविधा पुगेको जग्गाको क्षेत्रफल एक हजार सात सय ९७ हेक्टर रहेको छ । सिंचाइ नभएको तर खेती भइरहेको तीन सय ४६ दशमलव ५२ हेक्टर समेत गरि कुल दुई हजार एक सय ४४ हेक्टर क्षेत्रफल रहेको छ । 
सबैभन्दा धेरै वडा न १९ मा झण्डै तीन सय ९३, वडा नं १८ मा दुई सय ८२, वडा नं १४ मा दुई सय ६१ रहेको छ । सबैभन्दा कममा वडा नं ५ रहेको छ । जहाँ शून्य दशमलव शून्य तीन हेक्टर क्षेत्रफल छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x