माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
जेठ १९, २०७७
गत जेठ ७ गते बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले लोकान्तरसँग भनेका थिए – ‘गाउँपालिकामा कोरोना संक्रमणको स्थिति नियन्त्रणबाहिर पुगिसकेको छ । सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रुँदैछु ।’
त्यसयता धेरै सञ्चारमाध्यमहरूले त्यहाँको स्थितिका बारेमा फूल कभरेज दिए । संघीय सरकारले वास्ता गर्न थाल्यो । क्वारेन्टाइन व्यवस्थापन गर्न सरकारले ५० जना जति सेना खटायो ।
अहिले तिनै अध्यक्ष भन्छन् – ‘स्थिति कन्ट्रोलमा आयो । यसका लागि सञ्चारमाध्यम, संघीय सरकार र प्रादेशिक सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
त्यतिबेला भारतको मुम्बईबाट आएका एक संक्रमित गम्भीर बनेपछि एम्बुलेन्स खोज्दाखोज्दै ज्यान गुमाएका थिए ।
पढ्नुहोस् यो पनि -
नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन्– 'सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रोइराछु'
अध्यक्ष साहले लोकान्तरसँग भने, ‘अहिले १६ वटा क्वारेन्टाइन छन् र अधिकांश खाली छन् । भारतबाट आउनेको संख्यामा कमी आएको छ । त्यतिबेला १ हजार जति क्वारेन्टाइनमा थिए । सबैको परीक्षण एकैसाथ गर्न सम्भव थिएन । अहिले परीक्षणपश्चात नेगेटिभ आएकाहरू धमाधम घर जान थालेका छन् ।’
अहिले र्यापिड टेस्टमा पोजिटिभ आएका ९० जना रहेका छन् ।
तिनीहरूको पीसीआर नमूना संकलन भइसकेको छ । एकाध दिनमा तिनीहरूको रिपोर्ट आएपछि क्वारेन्टाइन लगभग खाली हुने अध्यक्ष साहको भनाइ छ ।
अहिले १६ वटा क्वारेन्टाइनमा जम्मा २ सय ५० जति सम्भावित संक्रमितहरू छन् ।
पढ्नुहोस् यो पनि -
दुई साताअघि परिस्थिति नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै नरैनापुरले संघीय सरकारलाई पत्र लेखेको थियो । पत्रको जवाफमा संघीय सरकारले सेना खटायो । परीक्षण किटहरू उपलब्ध गरायो । ढिलो आउने परीक्षण रिपोर्ट अलि छिटो गर्न प्रयोगशालालाई दबाब दियो ।
‘२ सातामा नरैनापुरको मुहार अलि हँसिलो भएको छ,’ अध्यक्ष साहले खुसी हुँदै लोकान्तरसँग भने, ‘अब कोरोनाको यो फेज आउट होस्, यो ठाउँलाई विकास गर्न के गर्नुपर्ने हो, त्यो मेरो दिमागमा बसिसकेको छ ।’
नरैनापुरमा हालसम्मको संक्रमित संख्या १ सय १५ छ भने एकजनाको मृत्यु भएको छ ।
संक्रमितलाई नेपालगंजस्थित लायन्स डेन्टल अस्पताल, बेलझुण्डी कोरोना अस्पताल, कृषि विकास बैंकको तालिम केन्द्र लगायतका आइसोलेसनमा लगेर राखिएको छ ।
तीमध्ये धेरैजसो निको भएर डिस्चार्ज भएका छन् ।
पढ्नुहोस् यो पनि -
मन्त्रीसँग नरैनापुरका जनप्रतिनिधिको गुनासो- कोरोना संक्रमितले थेग्नै नसक्ने हुँदा पनि सुनुवाइ भएन
विरोधीहरूले फैलाएको भ्रमले काम गरेन
अध्यक्ष साह स्मरण गर्छन्– ‘यहाँ समुदायकै मान्छेले कोरोनाका बारेमा भ्रम फैलाउने काम गरे । संक्रमण भएकालाई गोली हानेर मार्छन् समेत भन्न भ्याए । चेतनाको स्तर अत्यन्त न्यून हुँदा पनि हामी आत्तिएका थियौं । मान्छेहरूले क्वारेन्टाइनको नियम पालना गर्न मानिरहेका थिएनन् । खटाइएका प्रहरीहरू निरीह देखिन्थे ।’
उनले त्यतिबेला भ्रम फैलाउनेहरूलाई आफूले कारवाहीका लागि सिफारिस गरेको भएपनि अहिलेसम्म कारवाही नभएको दु:खेसो पोखे ।
‘विरोधीहरूले त्यतिबेला खुब भ्रम फैलाए,’ अध्यक्ष साहले भने, ‘अध्यक्षले केही गरेन भनेर ममाथि पनि आरोप लगाए । तर म आफैं चौबीसै घण्टा खटिएको थिएँ । हामी नखटिएको भए परिस्थिति नियन्त्रणमा आउँदैनथियो, विरोधीहरूको भ्रम चिरिएको छ ।’
अस्तव्यस्तताका बावजुद पनि बाटो र बिजुली पुग्दै नरैनापुरमा
अध्यक्ष साहले केही दिनमा गाउँमा बिजुली पुग्ने बताए ।
‘यो संक्रमणले गाउँपालिकालाई अस्तव्यस्त बनायो, तर हामीले अन्य कामहरू पनि साथसाथै गरिरहेका थियौं । गाउँमा बिजुली थिएन, अब केही दिनमा सबै ठाउँमा पुग्छ,’ उनले भने, ‘नेपालगञ्जबाट जाने बाटो पनि बनेको छ, पहिला थिएन ।’
नरैनापुर बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा पर्छ । राप्तीपारि भारतसँग सिमाना जोडिएको नरैनापुरमा ६ वटा वडा छन् ।
नरैनापुरका जनता सामान्य किनमेल गर्न पनि भारत जाने गर्छन् ।
‘बाटो बनेपछि अब त्यो स्थिति अन्त्य हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘दुर्गम गाउँपालिका हो नरैनापुर । कोरोनाले हामीलाई सिकाएको छ । अब हामी मान्छेको सोच परिवर्तन गर्नतिर लाग्छौं ।’
२ साताअघि कर्फ्यू घोषणा गरिएको नरैनापुरको जीवन अहिले केही खुकुलो भएको छ ।
अध्यक्ष साह भन्छन्, ‘कोरोनाका कारणले हामीले पाउनुपर्ने दु:ख पाइसक्यौं जस्तो लाग्छ । परिस्थिति नियन्त्रणमै छ । बाटो र बिजुली गाउँमा पुगेपछि मुहार पूरै फेरिन्छ भन्नेमा हामी ढुक्क छौं ।’
उनले अझै पनि गाउँमा स्वास्थ्यकर्मीहरूको संख्या अपुग भएको भन्दै दु:खेसो पोखे ।
‘जति हुनुहुन्छ उहाँहरू एकदम धेरै खटिनुभएको छ । स्वास्थ्यकर्मी मात्र नभएर जनप्रतिनिधिहरू, सुरक्षाकर्मीहरू चौबिसै घण्टा खटियौं । त्यसैले अहिले केही भएपनि राहत जस्तो महसुस भएको छ ।’
कोरोना नियन्त्रणमा उदाहरण नरैनापुर
देशभरि संक्रमणको आतंक बढिरहेका बेला नरैनापुरले संक्रमण नियन्त्रण गरेर अन्य स्थानीय तहलाई पनि संदेश दिएको छ ।
कुनैबेला अनियन्त्रित बनेको नरैनापुरले अहिले केही राहत महसूस गरिरहेको छ । संघीय र प्रादेशिक सरकारले अन्य ठाउँमा पनि नरैनापुरलाई जस्तो गरेर प्राथमिकतामा राखेर काम गर्ने हो भने अन्त पनि कोरोना नियन्त्रणमा आउने अध्यक्ष साहले बताए ।
यद्यपि साहले अझै पनि आफूहरूले क्वारेन्टाइन व्यवस्थापन, आधारभूत आवश्यकता, बिजुली, पानी र शौचालयका लागि भनेर मागेको बजेट नआइसकेको गुनासो गरे । सेना परिचालनपछि स्थानीयहरू अलि बढी अनुशासित भएका छन् । क्वारेन्टाइनबाट भाग्न खोज्नेको संख्या अहिले शून्य छ ।
अहिले सशस्त्र प्रहरीले बोर्डर एरिया पनि राम्रोसँग हेरिरहेको अध्यक्ष साहले बताए ।
‘परिस्थिति नियन्त्रणबाहिर जान लागेपछि जेजे गर्न सक्थ्यौं हामीले गरेका हौँ । कोरोनाको हटस्पट बनेका अन्य ठाउँहरूमा पनि जनप्रतिनिधिले हार खानु भएन । संघीय र प्रादेशिक सरकारसँग स्पष्ट समन्वय हुनुपर्यो । यो जित्न सकिने युद्ध हो ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...