कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिकाका विभिन्न शहरमा हिंस्रक विरोध प्रदर्शनहरू भएपछि कानून व्यवस्था कायम गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले ट्यांक तथा अन्य सशस्त्र सैन्य वाहन प्रयोग गर्न खोजेको रक्षा अधिकारीहरूले खुलासा गरेका छन् ।
काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले हत्या गरेको विरोधमा भएको प्रदर्शन दोस्रो हप्तामा प्रवेश गरेपछि ट्रम्पले अशान्ति रोक्न सेना खटाएका हुन् ।
सोमवार अधिकारीहरूले वाशिङटनको लफाएट पार्कबाट सयौं प्रदर्शनकारीहरूलाई हटाएका थिए ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, ट्रम्पले वाशिङटनमा प्रदर्शनकारीमाथि कठोर दमन गरेर देशभरिका विरोधकर्तालाई पाठ पढाउन खोजेका थिए ।
रक्षा मन्त्रालय पेन्टागनका दुई अधिकारीले एपी समाचार संस्थालाई बताएअनुसार, राष्ट्रपतिले वाशिङटनको आकाशमा सोमवार राति सैन्य हेलिकप्टर उडाएर प्रदर्शनकारीलाई तर्साउन खोजेका थिए ।
कतिवटा र कस्तो किसिमको हेलिकप्टर उडाइएको भनी उनीहरूले खुलाएनन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र फोटोमा हेलिकप्टरहरू भवन नजिक भएर उडिरहेको अनि सडकमा आएका मानिसको समूहमाथि उडेको देखिन्छ ।
विरोधकर्ताहरू ह्वाइट हाउसतिर जाँदै गर्दा सुरक्षाकर्मीहरूले भारी मात्रामा अश्रूग्यास, छर्रा र रासायनिक स्प्रे प्रहार गरेका थिए ।
युद्धग्रस्त क्षेत्रमा शत्रुलाई तर्साउनका लागि यस्तो किसिमको शक्ति प्रदर्शन गर्ने गरिएको भए पनि ट्रम्पले दंगा रोक्न यसरी सेना खटाएकोमा उनकै दलका सांसदहरूले समेत आलोचना गरेका छन् । पेन्टागनले नभई ह्वाइट हाउसले नै सेना परिचालन गर्न लगाएको तीन वरिष्ठ रक्षा अधिकारीहरूले बताए ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...