×

NMB BANK
NIC ASIA

पत्नीले सिन्दूर लगाउन नमानेपछि पारपाचुके

भदौ २१, २०७७

NTC
Premier Steels

हिन्दू परम्परा अनुसार महिलाले सिन्दूर लगाउन नमान्नु भनेको विवाह अस्वीकार गर्नु हो भन्दै भारतको गौहाटी उच्च अदालतले एक पुरुषलाई आफ्नी पत्नीसँग पारपाचुकेका लागि अनुमति दिएको छ । पत्नीले छुट्टिएर बसेपछि सिन्दूर र शाखा (सीपीबाट बनेको बाला) लगाउन छोडेकी थिइन् । 

Muktinath Bank

पतिले दिएको पुनरावेदनमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश अजय लाम्बा र न्यायाधीश सौमित्र साइकियाले पारपाचुकेको अनुमति दिँदै उनले पत्नीविरुद्ध कुनै क्रूरता नगरेको ठहर गर्‍यो । फेमिली कोर्टले पारपाचुके गर्न नमिल्ने भनी गरेको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूबीचको विवाह सन् २०१२ मा भएको थियो । परिवारबाट छुट्टिएर बस्ने भन्दै पत्नीले जिद्दी गर्न थालेपछि उनीहरूबीच झगडा हुन थाल्यो । त्यसपछि उनीहरू सन् २०१३ बाट छुट्टिएर बस्न थाले । 


Advertisment
Nabil box
Kumari

पत्नीले पति तथा परिवारविरुद्ध यातना दिएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन् तर उनीमाथि क्रूरता गरिएको भन्ने आरोप पुष्टि हुन सकेन, इजलासले भन्यो । 

Vianet communication

‘पति र/वा पतिको परिवारका सदस्यविरुद्ध पुष्टि नभएको आरोपका आधारमा फौजदारी मुद्दा लगाउँदा पति वा परिवाप्रतिको क्रूरता ठहर हुने सर्वोच्च अदालतको फैसला छ,’ इजलासले फैसलामा भन्यो । 

महिलाले पतिलाई आफ्नी वृद्धा आमाप्रतिको कर्तव्य निर्वाह गर्न वञ्चित गरेको तथ्यलाई फेमिली कोर्टले बेवास्ता गरेको न्यायाधीशहरूको ठहर छ । 

‘क्रूरताको कार्य ठहर हुनका लागि यो प्रमाण पर्याप्त छ,’ आदेशमा लेखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x