कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
गुल्मीको इस्माको मल्दीमा गएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै लगिएको छ ।
पहिरोमा परी घाइते भएका इस्मा –१ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुलाई गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत आज काठमाडौँ लगेका हुन् ।
सांसद विष्ट पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरी फर्केका छन् । उनले पहिरामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेका थिए ।
बिहीबार राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खस्दा इस्मा– १ मल्दीका १८ महिने सिजन सारु र निस्ती ढाँडफाँटकी सात वर्षीया अपेक्षा खत्रीको ज्यान गएको छ । त्यस क्षेत्रका ११६ घरपरिवार विस्थापन भएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन् ।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले बगाउँदा मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन् । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । शव परीक्षणका लागि सदरमुकाम तम्घास ल्याइएको छ । पहिरोबाट विस्थापितलाई स्थानीय पालिकाले हस्तिचौरको हिमालय माध्यमिक विद्यालयमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।
सिङ्गो गाउँमा नै पहिरोको जोखिम बढेसँगै त्यस वरपरका मानिससमेत थप त्रसित बनेका छन् । पहिराले सडक अवरुद्ध भएकाले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पठाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...