मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
असार २०, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६ सचिवालय सदस्यले स्थायी कमिटी बैठक नै सर्वोपरी भएकाले जे निर्णय हुन्छ त्यो मानेर अघि बढ्ने सहमति गरेका छन् ।
शनिवार अपराह्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को भेलाले स्थायी कमिटीको बैठकले नै सबै विषयको छिनोफानो गर्ने सहमतिका साथ अघि बढ्ने निर्णय गरेको हो ।
भेलामा सहभागी एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘केही दिन स्थगित मात्र भएको हो, नत्र स्थायी कमिटी बैठक जारी छ । सबै कुरा त्यहाँ नै छिनोफानो हुन्छ । बैठकको निर्णय मान्नु सबै नेता कार्यकर्ताहरूको कर्तव्य हो ।’
उनले विवाद समाधानका लागि प्रधानमन्त्री नै बाधक बनेकाले स्थायी कमिटी बैठकभन्दा अन्त सहमति र निर्णय हुन नसक्ने दाबी गरे । सहमतिका लागि अध्यक्षद्वयहरू लागिरहनु भएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘सहमति हुने विषयको निर्णय पनि कमिटीकै बैठकले गर्छ । कमिटी भन्दा बाहिर कोही छैन ।’
सहमतिकै लागि भनेर शनिवार बोलाइएको स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित गरिएको थियो । शनिवार अध्यक्षद्वय ओली र प्रचण्डको भेटघाट तोकिएको थियो । तर यो समाचार लेख्दासम्म अध्यक्षद्वयको भेटघाट तय भएको छैन ।
खुमलटारनिकट स्रोतले अध्यक्षद्वयको भेटघाट आइतवार हुनेगरी सारिएको जानकारी दिएको छ । ‘उहाँहरू(ओली र प्रचण्ड)बीच बिहान एकपटक फोनमा कुराकानी भएको थियो, त्यसपछि भएको छैन,’ स्रोतले भन्यो, ‘अब भोलि अध्यक्ष प्रचण्ड बालुवाटार जाने सेड्युल बन्छ होला ।’
शनिवार बिहान पनि प्रचण्डले आफ्नो निवासमा वरिष्ठ नेता नेपाल लगायतका केही अन्य नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।
यता साँझ करीब छ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली शीतलनिवास पुगेका छन् । साँझ ७ बजे सरकारका मन्त्री र राज्यमन्त्री सबैलाई बालुवाटार बोलाइएको छ । पछिल्लो राजनैतिक घटनाक्रम र समसामयिक विषयमा कुरा गर्न उनले बोलाएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...