×

NMB BANK
NIC ASIA

अमेरिकासँग तनावका बीच इरानले गर्‍यो चीनसँग महत्त्वपूर्ण सम्झौता

असार २२, २०७७

NTC
Premier Steels

चीन र इरानबीच भएको सम्झौताका बारेमा विस्तृत विवरण आएको छैन । तर यो सम्झौता २५ वर्षसम्म लागू हुने बताइएको छ । 

Muktinath Bank

यसलाई लायन–ड्रागन डील नाम दिइएको छ किनकि इरानको अनुदारवादी पत्रिका जवानले यस सम्झौताको खबर दिँदा यही हेडलाइन जुराएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१६ को जनवरी २३ मा चीनका राष्ट्रपति सी चिनफिङ इरानको भ्रमणमा जाँदा एक साझा वक्तव्य जारी गरेर यस सम्झौताका विषयमा घोषणा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

इरानको तसनीम समाचार संस्थाका अनुसार, यस सम्झौताको अनुच्छेद ६ मा दुवै देशले ऊर्जा, भौतिक संरचना, उद्योग र प्रविधिको क्षेत्रका पारस्परिक सहयोग बढाउनेछन् भनी उल्लेख गरिएको छ । 

Vianet communication

इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले सीसँगको भेटमा अमेरिकी वर्चस्ववादी नीतिको कुरा उठाएका थिए ।

उनले भने, ‘यस्तो स्थिति रहेकाले स्वतन्त्र देशहरूले एकअर्कालाई बढी सहयोग गर्नुपर्छ । इरान र चीनबीच आगामी २५ वर्षसम्मका लागि भएको रणनीतिक सम्झौतालाई दुवैले गम्भीरतापूर्वक पालन गर्नेछौं ।’

इरानका राष्ट्रपति हसन रूहानीले पनि अमेरिकी नाकाबन्दीविरुद्ध चीनले गरेको समर्थन र सहयोगको प्रशंसा गर्ने गरेका छन् । 

यसै वर्षको जुन २१ मा रूहानीले मन्त्रिपरिषद् बैठकमा यो सम्झौता चीन र इरान दुवैका लागि आधारभूत संरचना विषयक परियोजनामा भाग लिने अवसर भएको बताएका थिए । चिनियाँ पक्षसँग कुराकानी गरेर त्यसलाई अन्तिम रूप दिनका लागि परराष्ट्रमन्त्री जवाद जरिफलाई जिम्मेवारी दिएका थिए । 

इरानका अर्थशास्त्री अली असगर जरगरले आईएलएनए समाचार संस्थालाई दिएको अन्तर्वार्तामा इरान, चीन र रुसबीच तेलसम्बन्धी कुनै सम्झौता भएमा ऊर्जा, सुरक्षा र आर्थिक मामिलामा सहयोगी बन्ने बताए । 
 

जरगरका अनुसार, चीनलाई ऊर्जा संसाधनको आवश्यकता छ भने इरानलाई प्रविधि र लगानीको आवश्यकता छ । त्यसैले यो सम्झौता दुवै देशको हितमा हुनेछ । 
 

इरानी पत्रिका जवानले एक टिप्पणी प्रकाशित गर्दै इरान र चीनबीचको सम्झौताको सही समय यही भएको लेख्यो किनकि अहिले अमेरिका चीनको अगाडि कमजोर अनुभव गर्ने र चीन आफूलाई अमेरिकाबाट असुरक्षित अनुभव गर्ने गरेको लेख्यो । 

चीनको अमेरिकाविरोधी नीतिहरू पनि सम्झौताका लागि लाभदायक रहेको पत्रिकाले लेखेको छ । 

वरिष्ठ इरानी पत्रकार अहमद जीदाबादीका अनुसार, चीन संसारसँग शत्रुताको साटो स्थिरतामा जोड दिन्छ । ऊ इरान, साउदी अरब र इजराइलसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छ ।

त्यसो त सम्झौताको विस्तृत विवरण प्रकाशित नगरेकोमा इरान सरकारको आलोचना पनि भएको छ । इरानका पूर्व राष्ट्रपति महमूद अहमदिनेजादले जुन २७ मा एक भेलालाई सम्बोधन गर्दै भने, ‘जनताको इच्छा र माग के हो नबुझिकनै विदेशीसँग सम्झौता गर्नु देशको हितमा छैन ।’

उनले सम्झौताको अस्पष्टता र इरानी सरकारले तथ्यलाई गोप्य राखेको कुराको आलोचना गरे । देशलाई सम्झौताका विषयमा पूर्ण जानकारी दिनका लागि उनले सरकारी अधिकारीहरूलाई अपील गरे । 

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x