×

NMB BANK
NIC ASIA

पीसीआर परीक्षण ‘पोजेटिभ’मा गम्भीर त्रुटि, ढाकछोप गर्न खोज्दै स्वास्थ्य मन्त्रालय

असार २४, २०७७

NTC
फाइल फोटो
Premier Steels

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गत बुधवार कोभिड–१९ पहिचानका लागि ११४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो ।

Muktinath Bank

२४ घण्टामा सबैभन्दा बढी ७४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रवार धनगढीको सेती प्रादेशिक अस्पताल पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजेटिभ देखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही दिन ललितपुरको पाटन अस्पतालमा गरिएको २०७ नमूना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना परीक्षणमा सबै पोजिटिभ आएको थियो ।


Advertisment
Nabil box
Kumari

विज्ञहरूका अनुसार हालसम्म मुलुकमा जति परीक्षण गर्‍यो, सबैमा पोजेटिभ आउने स्थिति छैन तर प्रयोगशालामा सबै नमूना पोजेटिभ नतिजा आउँदा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खासै ध्यान दिएनन् । यस्तो ‘प्राविधिक त्रुटि’बारे छानबिन पनि भएन ।

Vianet communication

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार हालसम्मका परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म मात्र पोजेटिभ आउने गरेको देखिएको छ । प्रयोगशालामा राखिएको किट सही तरिकाले प्रयोग नभएर सबै पोजिटिभ आएको हुन सक्ने स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएको छ । त्यसदिन संक्रमण नभएका व्यक्तिमा पोजिटिभ देखिएको हुन सक्छ । तर यो गम्भीर गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ ।

मन्त्रालय स्रोतका अनुसार इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत प्रयोगशालालाई यसबारे खोजबिन गर्न निर्देशन दिएको छ । इपिडिमियोलजीले पीसीआरको रिएजेन्टसमेत जाँच गर्न भनेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने पीसीआर परीक्षणको विश्वसनीयता संकटमा पर्न सक्ने भएकाले उच्च स्तरबाटै यो गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रयोगशाला विशेषज्ञ एवं पोखरा विश्वविद्यालयका उपप्रध्यापक उमेशप्रसाद गुप्ताले कुनै एउटा ठाउँको नभई धेरै ठाउँबाट संकलन गरिएका सबै नमुना एकै पटक पोजेटिभ हुनै नसक्ने बताए । उनले भने, ‘एकै दिन हालिएका सबै नमुना पोजिटिभ देखिनुका तीनवटा कारण हुन सक्छन् । पहिलो कन्टामिनेसन (दूषित हुनु) हो । तर हालसम्म किट शतप्रतिशत कन्टामिनेसन हुने गरेको छैन । दोस्रो प्रोटोकलमा रहेको सिटिभ्यालु राम्ररी विश्लेषण गर्न नसक्दासमेत यस्तो हुन सक्छ । पीसीआर किटको लट नै खराब हुँदा पनि यस्तो नतिजा देख्न सकिन्छ ।’

गुप्ताले पीसीआर मेसिनमा एक हजार परीक्षणको नतिजा ‘स्टोर’ रहने भएकाले यसको वास्तविकता थाहा पाउन खासै समस्या हुँदैन । ‘यो धेरै संवेदनशील कुरा हो, सरकारले यसमा व्यापक छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यस्तो गलत रिपोर्टका कारण कतिपयले आइसोलेसनमा बस्नुपरेको समेत हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले त्यस दिन पोजेटिभको मात्र रिपोर्टिङ भएको दाबी गरे । ‘कहिलेकाहीं त्यहाँबाट रिपोर्टिङ गर्ने क्रममा मिलाएर पठाउँछन् । कहिलेकाहीँ पोजिटिभ नतिजाको मात्र रिपोर्टिङ गरिदिन्छन्,’ उनले भने, ‘कहिलेकाहीं अति उच्च जोखिमको नमूना संकलन गर्दा पोजिटिभ हुने सम्भावना बढी हुन्छ ।’

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले भने स्वास्थ्य मन्त्रालयले झूटो बोलिरहेको बताए । पीसीआर परीक्षणको नतिजामा देखिएको यस्तो अन्योल हुनु डरलाग्दो भएको उनको भनाइ छ ।

‘उहाँहरू सरासर झूटो बोलिराख्नुभएको छ,’ डा. दीक्षितले भने, ‘परीक्षणमा गडबड भएको आशंका छ ।’ उनका अनुसार किटमा गडबडी हुँदा वा चलाउने व्यक्तिले नजान्दा शतप्रतिशत पोजिटिभ रिपोर्ट आएको हुन सक्छ । ‘हरेक परीक्षण किटको फरक–फरक मापदण्ड हुुन्छ,’ डा. दीक्षितले भने, ‘हरेक किटको आफ्नो सिटिभ्यालु हुन्छ ।’

डा. बीसीका अनुसार सबैभन्दा बढी ७ सय ४० नमूनामा पोजेटिभ देखिएको दिन शुक्रवार सबैभन्दा बढी उच्च संक्रमण दर १६.४ प्रतिशत देखिएको थियो । ‘यो फल्स पोजिटिभ नतिजा आएर देखिएको हो ।’ उनका अनुसार सरकारले यो विषयमा व्यापक खोजबिन गर्नु आवश्यक छ । इपिडिमियोलजीका निर्देशक डा. वासुदेव पाण्डेले प्रत्येक प्रयोगशालाको प्रमाणीकरण आवश्यक रहेको बताए । उनले प्रयोगशालाहरूको नियमन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नुपर्नेमा पनि जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x