×

NMB BANK
NIC ASIA

भारतमा सङ्क्रमितको सङ्ख्या आठ लाख पुग्यो, एकैदिनमा २७ हजार सङ्क्रमित

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ ।

Muktinath Bank

शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित  भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।  


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । 

महाराष्ट्रमा मात्रै दुई लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुदाँ दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा एक लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख नौ हजार १४० जना सङ्क्रमित भएका छन् ।

विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित रहेका छन् । 

निको भई घर फर्किनेको सङ्ख्या ६२.४२ प्रतिशत, मृत्यु दर २.७२ प्रतिशत 

भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ । 

देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । 

निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत,मध्य प्रदेह ७४.८५ प्रतिशत, हरियाणा ७४.९१ प्रतिशत, त्रिपुरा ७५.३४ प्रतिशत, राजस्थान ७५.६५ प्रतिशत, दिल्ली ७६.८१ प्रतिशत, चण्डीगढ ७७.०६ प्रतिशत, छत्तीसगढ ७८.९९ प्रतिशत, उत्तराखण्ड ८०.८५ प्रतिशत, लद्दाख ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४.२१ प्रतिशत रहेको छ ।

त्यस्तै सङ्क्रमित मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, सिक्किम, त्रिपुरा, दादरालगायत रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणा रहेका छन् ।

भारतभर एक हजार २१८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६५९ शङ्कास्पद नमूनाको परीक्षण भएको र अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x