कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ कम्पनी हुआवेको ५जी नेटवर्क बेलायतमा जडान गर्न बेलायत सरकारले ६ महिनाअघि सहमति दिएको भए पनि अहिले अडान फेरेको छ ।
बेलायत सरकारका मन्त्रीहरू हुआवेलाई काम गर्न नदिन लागिपरेका छन् । उनीहरूका अनुसार, अर्को वर्षदेखि हुआवेको कुनै पनि नयाँ उपकरण जडान गरिने छैन ।
अमेरिकाको दबाबमा परेर बेलायत सरकारले यो निर्णय लिएको बताइएको छ ।
सन् २०२० को जनवरी महिनामा बेलायत सरकारले हुआवेलाई ५जी नेटवर्कको संवेदनशील केन्द्रबाट बाहिर राख्ने र अन्य क्षेत्रमा ३५ प्रतिशतसम्म बजारमा मात्र हुआवेको भाग सीमित रहने निर्णय लिएको थियो ।
तर बेलायत सरकारले अहिले त्यसमा समेत पुनर्विचार गर्न चाहिरहेको छ ।
बेलायतका एक शीर्ष अधिकारीका अनुसार, ट्रम्प प्रशासनले चिनियाँ कम्पनी हुआवेमाथि अविश्वसनीय दबाब दिएकाले बेलायत सरकारको सोच परिवर्तन भएको हो ।
अमेरिकी अधिकारीहरू चीन हुआवेको सहायताले जासूसी, बौद्धिक चोरी र बेलायतमाथि आक्रमण गर्ने सम्मको काम गर्छ भनी आरोप लगाएका छन् । हुआवेले चाहिँ यस्ता आरोप आधारहीन भएको बताउँदै आएको छ ।
हुआवेका संस्थापकले त केसम्म भनेका छन् भने आफ्ना ग्राहकलाई हानि पुर्याउनु भन्दा त बरू कम्पनी नै बन्द गरिन्छ ।
मे महिनामा हुआवेमाथि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी चिप प्रविधिमा पहुँच घटेको छ । त्यसले गर्दा बेलायतका सामु प्रविधिसँग सम्बन्धित विशेष प्रश्न खडा भएका छन् ।
तर बेलायतमा हुआवेको भविष्यमाथिको निर्णयमा प्राविधिक कारण महत्त्वपूर्ण हुँदाहुँदै पनि भूराजनीतिक र आन्तरिक राजनीति पनि त्यसभन्दा ठूला कारण बनेको देखिन्छ ।
बेलायतले चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरेमा चीनले बेलायतलाई दण्ड दिनका लागि कुनै कडै कदम चाल्ने आकलन गर्न सकिन्छ ।
जुनसुकै परिस्थिति बने पनि आगामी केही महिनामा यो गम्भीर चर्चाको विषय चाहिँ बन्दैछ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...