कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
साउन २०, २०७७
नेपालमा कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो संक्रमण पुष्टि भएपछि २०७६ चैत ११ गतेबाट शुरू भएको लकडाउन यही साउन ७ गते अन्त्य भएको औपचारिक घोषणा सरकारले गर्यो ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले मध्यरातबाट लकडाउन अन्त्य हुन्छ भनी साउन ६ गते अपराह्न घोषणा गर्दैगर्दा कोभिड संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको थियो । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किएका थिए भने मृतकको संख्या ४० थियो ।
संक्रमण घटेर वा जोखिम कम भएर लकडाउन अन्त्य गरिएको थिएन भन्ने कुराको पुष्टि त्यसपछिका १३ दिनमा देखिएको संक्रमण र मृत्युले नै गर्छ । बरु त्यसमा आर्थिक पाटो र चौतर्फी दबाब प्रमुख कारण थियो ।
लकडाउन अन्त्य भएको पहिलो दिन साउन ७ मा थप २ जनाको मृत्यु भएको पुष्टि सरकारले गर्यो ।
त्यो संख्या आजको मिति अर्थात् साउन २० सम्म आइपुग्दा २१ हजार ९ पुगिसकेको छ । यो १३ दिनको अवधिमा ३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । प्रहरी हेडक्वार्टर, अख्तियारको मुख्यालयदेखि मुख्यमन्त्रीको कार्यालयसम्म संक्रमण पुगिसकेको छ ।
मृतकको संख्या ५८ पुगेको छ । यो १३ दिनमा थप १८ जनाको मृत्यु भयो ।
यसबीचमा वीरगञ्ज, राजविराज, जनकपुरलगायतका स्थानमा संक्रमण नियन्त्रणबाहिर जाने खतरा देखिएपछि निषेधाज्ञा नै जारी गरिएको छ भने विराटनगर लगायतका कतिपय ठाउँमा पुनः लकडाउन घोषणा भएको छ ।
संक्रमण घट्नुको साटो बढ्दै गएपछि देशमा पुनः लकडाउन गर्ने कि भन्ने विषयमा समेत चर्चा शुरू हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार विज्ञहरूलाई बालुवाटारमा बोलाएर छलफल समेत गरेका छन् ।
फेरि लकडाउन कति प्रभावकारी ?
कोरोनाको उद्गम स्थल मानिएको चीनको वुहानमा ७६ दिनसम्म लकडाउन गरियो । झण्डै साढे २ महिनाको यो अवधिमा चीन सरकारले लकडाउनलाई निकै कडाइका साथ कार्यान्वयन गर्यो ।
नागरिकहरूलाई दैनिक अत्यावश्यक सामग्रीहरू दैलोमै पुर्याइदिनेदेखि घर–घरमा पुगेर नमूना संकलन गरी परीक्षण गरियो । यो बीचमा चीनले कोरोनाको स्थानीय संक्रमणलाई लगभग निमिट्यान्न पार्यो ।
हाल फाट्टफुट्ट देखिएको संक्रमणलाई चीनले आयातित संक्रमित भन्ने गरेको छ ।
यदि हाम्रो सरकारको क्षमता, नागरिकको अनुशासन त्यो स्तरको हुन्थ्यो भने ४ महिनाको लकडाउन पनि निकै बढी हो । हामीकहाँ त यति लामो लकडाउनमा पनि कोरोनालाई फैलिनबाट कुनै पनि हिसाबले रोक्न सकिएन, बरु फैलिन मलजल गरियो ।
चैत ११ गते लकडाउन शुरू हुँदै गर्दा एकदमै सहज अवस्था थियो । देशमा स्थानीय संक्रमण शून्यमा थियो । विदेशबाट आउनेहरूलाई मात्र सही ढंगले क्वारेन्टीनमा राख्न र संक्रमितलाई आइसोलेट गर्न सकिएको भए संक्रमण समाजमा जाने नै थिएन ।
तर दुर्भाग्य ! क्वारेन्टीनहरू संक्रमण फैलाउने केन्द्र बने । सरकारले क्वारेन्टीनमा बसेका सबैको परीक्षण समेत गर्न सकेन । भारतबाट नेपाल भित्रिन चाहनेहरूलाई सीमा नाकामा रोकियो । बाध्य भएर उनीहरू चोरबाटो प्रयोग गरी नेपाल छिरे र समाजमा घुलमिल भए । न सरकारले दायित्व पूरा गर्न सक्यो, न नागरिक नै अनुशासित देखिए ।
लकडाउन निमुखाका लागि मात्र भयो । पहुँच हुनेहरू निर्वाध आवतजावत गरे । पास वितरण आवश्यकताका आधारमा भन्दा चिनजान र भनसुनमा बढी भयो । संक्रमितहरू नै ढुक्कले देशको एउटा कुनाबाट अर्को कुनामा पुग्ने वातावरण बन्यो ।
अब भन्नुस्, साढे ४ महिना नागरिकले पाएको दुःख, आर्थिकरूपमा देशले बेहोरेको क्षतिलाई यसले न्याय गर्यो त ? पक्कै पनि गरेन ।
हजारौंले रोजगारी गुमाएका छन्, व्यापार/व्यवसाय २/४ वर्ष उठ्नै नसक्ने गरी थलिएको छ, समग्रमा भन्दा सिंगो अर्थतन्त्र आईसीयूमा छ । अब पुनः लकडाउन गर्दा अर्थतन्त्र कम्तिमा एक दशक उठ्न नसक्ने गरी कोमामा जाने निश्चित छ ।
के अब लकडाउन गरेर वुहानमा जस्तै दैलोदैलोमा सामान पुर्याउने र हरेक परिवारमा परीक्षण गर्न सक्ने ल्याकत सरकारसँग छ ? चिनियाँ जस्तै अनुशासित भएर सरकारको निर्देशन पालना गर्ने धैर्य हामी नागरिकमा छ ? छैन र यसैगरी संक्रमण फैलिराख्ने हो भने पुनः लकडाउन गर्नुको अर्थ के ?
डब्लूएचओले नै भनिसकेको छ, कोरोना अबको एकदुई वर्ष समाजबाट जानेवाला छैन ।
प्रभावकारी खोपको विकास भई हरेक नागरिकको हातहातमा नपुग्दासम्म ढुक्क भएर दैनिक जीवन चलाउने अवस्था नआउने पक्कापक्की छ ।
अझै ४ महिना लकडाउन गर्ने हो भने पनि खुलेको दिनबाट हामीले फेरि यस्तै सावधानी अपनाएर दैनिकी सुचारू गर्नुको विकल्प हुने छैन । बरू त्यतिबेला संक्रमण थप फैलिएको र अझै जोखिमपूर्ण अवस्था हुनसक्छ ।
त्यसो भए विकल्प के त ? विकल्प भनेको पर्याप्त स्वास्थ्य सावधानी अपनाएर फरक ढंगले दैनिकी अघि बढाउने नै हो । अब फेरि लकडाउन गरियो भने त्यसपछि अपनाउने सावधानी अहिलेबाटै अपनाउने ।
अहिले समाजमा दुई किसिमको अति छ । एकाथरिले कोरोना केही होइन, हाउगुजी मात्र भनेर बेवास्ता गरिरहेका छन्, अर्काथरि यसले सारा सखाप पार्दै छ, तुरुन्त कर्फ्यू लगाउनुपर्छ भन्ने छन् ।
कर्फ्यू नै लगाउने र कसैलाई पनि घरबाहिर निस्किन नदिएर एक घरदेखि अर्को घरसम्म संक्रमण नपुग्दै निमिट्यान्न पार्ने हो भने पनि भारतमा कोरोना नियन्त्रण नहुँदासम्म जोखिम कायमै रहने अवस्था छ ।
त्यसैले कर्फ्यू नै लगाए पनि नेपालबाट कोरोना संक्रमण तत्काल जानेवाला छैन । समाजमा घुलमिल भइसकेका संक्रमितहरू अस्ट्रेलियाको जंगलमा डडेलो फैलाउने आगोको फिलिङ्गो जस्तै बनिसकेका छन् ।
लकडाउन गरेर पनि संक्रमण रोक्न नसक्ने हो भने फेरि सास्ती किन भोग्ने ? यसो भन्दै गर्दा अर्को भुल्नु नहुने कुरा के हो भने, कोरोना केही होइन भनेर बेवास्ता गर्ने अवस्था पनि छैन । त्यसो भए गर्ने के त ? केही सुझावहरू बुँदागत रूपमा राख्न चाहन्छु ।
१. आजको मितिमा मानिसहरू जो जहाँ छन्, उनीहरूलाई त्यहीँ होल्ड गर्ने । अन्तरजिल्ला आवागमनमा पूर्ण रोक लगाउने । पास वितरणमा निकै कडाइ गर्ने । साउन ७ अघिको स्थितिमा जस्तै कलकारखाना, शिफ्टमा सञ्चालन गर्ने गरी सरकारी कार्यालय र निजी क्षेत्रका कार्यालयहरू सुचारू राख्ने ।
२. सार्वजनिक यातायात तत्काल बन्द गर्ने । हवाइ यातायात नखोल्ने । यातायात व्यवसायीले बैंकमा तिर्नुपर्ने किस्ता र ब्याज यातायात बन्द रहेको अवधिसम्मका लागि होल्ड गर्ने सुविधा उपलब्ध गराउने । त्यसका लागि बैंकहरूलाई सरकारले केही प्याकेज दिनुपर्छ भने दिने ।
३. उद्योगधन्दा र अफिसहरू चलाउनका लागि सम्बन्धित अफिसले नै कर्मचारी ओसारपसार गर्नुपर्ने गरी व्यवस्था गर्ने । निजी सवारी जोरबिजोरमा चल्न दिने । कुनै उद्योगले बाहिरी जिल्ला (लामो रुट)बाट कर्मचारी ल्याउनुपर्ने छ भने पास लिई गाडी लगेर ल्याउने र क्वारेन्टीनमा राखी कोरोना परीक्षणपछि काममा लगाउन सक्ने व्यवस्था गर्ने ।
४. समुदायमा संक्रमणको जोखिम देखिएमा जुन क्षेत्रमा बढी संक्रमण देखिएको हो त्यो क्षेत्रमा निषेधाज्ञा नै जारी गरेर कसैलाई घरबाहिर निस्किन नदिने र उक्त समुदायको प्रत्येक परिवारमा कम्तिमा एक जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरी संक्रमण देखिएमा आइसोलेट गर्ने र संक्रमण नदेखिएकाहरूलाई बाहिर निस्किन अनुमति दिने ।
५. परीक्षणको दायरा व्यापक बढाउने । स्वास्थ्यकर्मीहरूको नियमित परीक्षण गर्ने । अस्पतल भर्ना भएका सबै बिरामीलाई डिस्चार्ज गर्नुअघि अनिवार्य परीक्षण गर्ने । तरकारी पसल, किराना पसल, मेडिकल लगायत बढी भीडभाड हुने स्थानमा पनि परीक्षणलाई विस्तार गर्ने ।
६. विद्यालय, कलेज, पार्टी प्यालेस, सिनेमा हल, सभा सम्मेलनसहित हाल प्रतिबन्ध रहेका सबै क्षेत्रको प्रतिबन्ध कायमै राख्ने ।
७. होटल तथा रेस्टुरेन्ट बन्द गर्ने । उनीहरूलाई यातायात व्यवसायीहरूलाई दिएजस्तो सुविधा उपलब्ध गराउने ।
८. पसलहरूमा भीडभाड हुन नदिने । भौतिक दूरी अनिवार्य कायम गराउने । सकिन्छ भने कारोबारलाई क्यासलेस गर्ने दिशातर्फ सोच्ने । डिजिटल कारोबारलाई प्रोत्साहित गर्ने ।
९. मास्क प्रयोगलाई अनिवार्य गर्ने । मास्क चिउँडोमा मात्र लगाउने प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित गरी मास्क लगाउने सही तरिका सिकाउने । सकिन्छ भने सरकारले नै मास्क वितरण गर्ने । नियमित हात धुन प्रोत्साहित गर्ने ।
१०. तरकारी तथा किराना पसलहरूलाई बिहान/बेलुकाको साटो दिउँसो खोल्ने, जसले गर्दा भीडभाड कम हुन्छ र अत्यावश्यक सामान मानिसहरूले जसरी हुन्छ व्यवस्थापन गरेर आफैं किन्छन् । बिहान/बेलुका हुने अत्यावश्यक भीडभाड नियन्त्रण गर्ने ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...