×

NMB BANK
NIC ASIA

विपन्नको उत्थानका लागि वीरेन्द्रनगरमा सवा करोडको साझेदारी कोष, २४९ जना लाभान्वित

भदौ १५, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले एक करोड १९ लाख ७८ हजार रुपैयाँको साझेदारी विकास कोष स्थापना  गरी सञ्चालनमा ल्याएको छ।

Muktinath Bank

नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक ज्योति केसीका अनुसार गत आर्थिक वर्षमा स्थापना गरिएको उक्त कोषबाट नगरपालिकाका २ सय ४९ जनाले स्वरोजगारमूलक कार्यक्रममा लाभ लिएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्तीमा ३५ हजारका दरमा रुपैयाँ टोल विकास समितिको सिफारिसको आधारमा वितरण गर्ने गरेको नगरपालिकाले डोको व्यापार गर्ने, खसी पाल्ने, घुम्ती स्थापना गर्न, खुद्रा पसल गर्न जस्ता साना व्यवसाय गर्नका लागि वार्षिक १२ प्रतिशत व्याजदरमा ऋण लगानी गरिरहेको हो।  हरेक वर्षमा ऋण चुक्ता गरेमा टोल विकास समितिले गरेको सिफारिसको आधारमा सोही व्यक्तिलाई ४० हजारसम्मको व्याज दिइने गरिएको केसीको भनाइ छ।


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा ३२ लाख ४० हजार रुपैयाँ समुदायमा लगानी गरेको छ। २८ लाख ३२ हजार ४७ रुपैयाँ असुली गरेको छ भने ९ लाख १७ हजार ३ सय ९१ रुपैयाँ व्याज असुली गरेको छ।

Vianet communication

केसीका अनुसार यो कोषमार्फत समूदायमा ७० लाख ९७ हजार ७ सय २० रुपैयाँ र स्थानीय विकास कोषको ४८ लाख ८० हजार ९ सय १२ रुपैयाँ गरी एक करोड १९ लाख ७८ हजार ६ सय ८४ रुपैयाँ समुदायमा गएको हो। यो रकमबाट विना धितो सामान्य व्यवसाय गर्नेका लागि वीरेन्द्रनगरका तीन सय ५५ टोल विकास समितिले आवश्यकता हेरेर लगानी गरिरहेको उनको भनाइ छ।

 कार्यवाहक मेयर मोहनमाया ढकालले न्यून आय भएका गरीब, पिछडिएका महिलाका लागि यो कोषले बिना धितो ऋण लगानी गरिरहेको बताइन्। लोकान्तरसँग कुरा गर्दै उनले सकेसम्म पछाडि परेका हरेक व्यक्तिले सानो रकमका लागि अन्यत्र धाउन नपरोस् र आत्मनिर्भर बन्न थोरै भए पनि सहजै ऋण पाओस् भन्ने उद्देश्यका साथ यो कोष सञ्चालनमा ल्याइएको बताइन्।

यसअघि यो कोषबाट ऋण लिएकाको ऋण तिर्ने म्याद चार महिना थप्ने र लकडाउनको सुरुको अवधिको व्याज दुई प्रतिशतका दरले मिनाहा गर्ने निर्णय भएको नगरपालिकाका अधिकृत टंक लामिछानेले लोकान्तरलाई बताए।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले समुदाय स्तरमा जाने यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै स्थानीय विकास कोष र साझेदारी विकास कोष मर्ज गर्न सुझाव दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x