×

NMB BANK
NIC ASIA

बिध ल्याबका भण्डारी भन्छन्– ‘सबै निजी ल्याबलाई प्रति कोभिड टेस्ट ५ सय नाफा दिएर काम गर्न तयार छु’

‘सरकारले अनुमति दिए १५ दिनमा ६ सय बेडको कोरोना अस्पताल बनाउँछौं’

असोज २०, २०७७

NTC
Premier Steels

नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा स्थापना भएको बिध ल्याबले छोटो समयमै लोभलाग्दो सफलता र लोकप्रियता कमायो ।

Muktinath Bank

कोरोना महामारी बढ्दै जाँदा सरकारले निर्धारण गरेको पीसीआर परीक्षण शुल्कमा निजी अस्पताल तथा ल्याबहरूले परीक्षण गर्न नमानिरहेको अवस्थामा बिध ल्याबले फरक तरिकाले सेवा दिइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले तोकेको भन्दा पनि सस्तो शुल्कमा यस ल्याबले पीसीआर परीक्षण गर्दै गर्दा ल्याबको लोकप्रियता बढ्दै गएको हो । 


Advertisment
Nabil box
Kumari

कोरोना महामारीकै बीचमा स्थापना भएको यस ल्याब र यसका भावी योजनाका बारेमा लोकान्तरकर्मी परिवर्तन देवकोटाले बिध ल्याबका अध्यक्ष बिके भण्डारीसँग कुरा गरेका छन् । ​प्रस्तुत छ, भण्डारीसँगको कुराकानीको सम्पादित अंश :

Vianet communication

कोरोना महामारी शुरू भएसँगै बिध ल्याब सञ्चालनमा ल्याउनुभयो, यो कन्सेप्ट कसरी आयो ? 

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको थियो । त्यतिखेर सरकारले लकडाउन गर्‍यो । त्यतिबेला निजी प्रयोगशाला थिएनन् । 

कोरोना संक्रमण दर दिनदिनै बढ्दै जाँदा सरकार एक्लैले कोरोना परीक्षण गरेर धान्न सक्ने अवस्था रहेन । त्यतिखेर सरकारी प्रयोगशालाहरूमा २५ हजारसम्म स्वाब नमूना होल्ड हुन्थे ।

त्यसैकारण हामीले जेठ १६ गते स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेका थियौं । त्यसको एक महिनापछि मन्त्रालयले एलओवाई दियो । उसले १५ दिनभित्र ल्याब बनाउनू भनेर एलओवाई दिएको थियो । हामीले ५ दिनमै ल्याब बनायौं ।

त्यसपछि हामीले अनुगमन गर्नका लागि मन्त्रालयलाई बोलायौं । एक हप्तापछि उसले आएर अनुगमन पनि गर्‍यो र लाइसेन्स दियो । 

कोरोना परीक्षण कहिलेदेखि शुरू गर्नुभयो ? 

जतिबेला नेपालमा कोरोना संक्रमणको दर एकदमै कम थियो । त्यतिबेला निजी क्षेत्रहरू यसमा थिएनन् । हामीले कोरोना नियन्त्रणमा निजी क्षेत्रको भूमिका रहन सक्छ भनेर नै यो कन्सेप्टलाई अगाडि सारेका हौं ।

साउन १३ गते लाइसेन्स पायौं र साउन १५ गतेदेखि दैनिक रुपमा कोरोना परीक्षणमा सहभागी बन्यौं । 

हामीले शुरूका दिनमा दिनमा ६/७ सय पीसीआर परीक्षण गर्दथ्यौं, अहिले त्यो संक्रमण दर बढ्दै जाँदा परीक्षण दर पनि बढ्दै गएको छ । हामीले अहिले दिनको १५/१६ सय परीक्षण गर्दै आइरहेका छौं ।

कोरोना परीक्षण गर्दै जाँदा शुरूमा सरकार र हामीबीच अलिकति द्वन्द्वजस्तै भयो । सरकारले पोजेटिभ केस पोजेटिभ देखिएको व्यक्तिलाई शुरूमै जानकारी नगराउनु, ईसीडीलाई जानकारी गराउनु भनेको थियो । हामीले शुरू देखि नै पोजेटिभ केस सम्बन्धित संक्रमित, उसका परिवारलाई खबर गर्ने गरेका थियौं । 

सम्बन्धित संक्रमित व्यक्तिलाई शुरूमै थाहा दिन सकिएमा उसले सावधानी अपनाउँछ र अन्यलाई सर्ने जोखिम कम गर्न सकिन्छ भन्ने थियो । अहिले पनि हामीले त्यही गरिरहेका छौं ।

हामीले जुन ट्रेण्ड बसाल्यौं, सरकारले त्यसलाई नै आधार दियो र उसले अहिले संक्रमित भएको जानकारी शुरूमै सम्बन्धित व्यक्तिलाई दिन थाल्यो । 

बिध ल्याबको क्षमता कति हो ? कस्ता सुविधाहरू समावेश छन् ? 

बिध ल्याबमा हामीले अहिले दैनिक ४ हजार जनाको कोरोना परीक्षण गर्न सक्छौं । शायद नेपालमा भएको सबैभन्दा ठूलो ल्याब हाम्रै हो । यस्तै काठमाडौं उपत्यकाभित्र रहेका करीब ९० प्रतिशत अस्पतालले पीसीआर परीक्षणका लागि हाम्रोमा पठाउनुहुन्छ । 

हाम्रो आफ्नै स्वाब कलेक्सन सेन्टर रहेको छ । दिनमा ५/६ सय जनासम्मको स्वाब कलेक्सन अहिले पनि भइरहेको छ र त्यो परीक्षण पनि हुन्छ । 

अन्य ल्याबहरूको भीडमा बिध ल्याब के कारणले भिन्न छ ? कस्तो सेवा दिइरहेको छ ?

पहिलो कुरा हामीले रिपोर्ट सेम डेमा दिइरहेका छौं, अरूले यसो गरेका छैनन् । 

उनीहरूले २४ घण्टा वा ४८ घण्टामा दिने गरेका छन् भने हामीले परीक्षण गराएकै दिनमा रिपोर्ट दिन्छौं । ४ हजार जनाको नै परीक्षण गर्दा पनि एकै दिनमा रिपोर्ट दिन हामी सक्षम छौं, तयार छौं । अहिले अधिकतम दिनको २ हजार हाराहारीमा परीक्षण गरिरहेका छौं र रिपोर्ट दिइरहेका छौं । 

यस्तै, हामीले प्रत्येक संक्रमितको छुट्टै साइट जेनेरेट गरेर एसएमएस मात्रै हैन कि, छुट्टै फाइल नै जेनेरेट गर्ने सफ्टवेयर जेनेरेट गरेका छौं । जसले हाम्रो साइटमा जान्छ, रजिस्टर गर्छ, अनि आफ्नो युजर आईडी र पासवर्ड हानेर लगइन गरी आफ्नो रिपोर्ट पूरै हेर्न सक्छ । अन्य ल्याबहरूमा भने सम्बन्धित व्यक्ति सम्बन्धित ठाउँमै जानुपर्छ, तर हाम्रोमा ल्याबमा आइरहनुपर्दैन । 

यस्तै हामी गुणस्तर र समयमा एकदम सचेत छौं । कोही समयमा विभिन्न अपरेसन गर्नुपर्ने हुन्छ, अस्पतालहरूलाई । त्यस्ता प्रकृतिलाई हामी संवेदनशील रुपमा लिएर काम गर्छौं । 

यस्तै गुणस्तरको कुरा गर्दा हामी विश्व स्वास्थ्य संगठनले लिस्टेड गरेका किट प्रयोग गर्छौं । मलाई जहाँसम्म लाग्छ, हाम्रो मुलुकमा अहिले रहेका थुप्रै ल्याबहरूले त्यो किट प्रयोग गर्दैनन् । नेपालका कुनै पनि अरू ल्याबले त्यस्तो किट अघिल्लो हप्तासम्ममा प्रयोग गरेका छैनन् ।

हामी कोभिड मात्रै परीक्षण गर्ने ल्याब हौं । कोभिड परीक्षणलाई पहिलो प्राथमिकता राख्छौं । अरूहरूको ध्यान अन्य सेवामा पनि हुन्छ तर हामी कोभिडमा नै केन्द्रित छौं । 

यस्तै हामीसँग दक्ष जनशक्ति हुनुहुन्छ । धेरै ल्याबहरू छाडेर कोरोना परीक्षणका लागि उपभोक्ता हामीकहाँ आउनुहुन्छ । हाम्रो प्राविधिक टीममा मात्रै २८ जना हुनुहुन्छ । हामीसँग क्वालिफाइड टीम छ । 

नेपालस्थित डब्लूएचओको कार्यालयले हाम्रो ल्याबलाई लिस्टेड गर्दा नेपालकै सबैभन्दा बेस्ट ल्याब भनेर अवार्ड दिएको छ । जुन प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन, तर हामीलाई अनौपचारिक रूपमा जानकारी आइसकेको छ ।

सरकारले तोकेभन्दा थोरै शुल्कमा परीक्षण गर्दैहुनुहुन्छ नि !

सरकारले कुनै बेला कोरोना परीक्षण शुल्क ५५ सय तोकेको थियो, हामीले त्यतिबेला ४ हजारमा परीक्षण गर्‍यौं । त्यसपछि सरकारले ४४ सय रेट तोक्यो, हामीले घटाएर २ हजारमा झार्‍यौं । अहिले हामीले १९ सय ९९ मा परीक्षण गर्छौं । 

घाटा खान त कसैले पनि व्यापार गर्दैन । तर फाइदा खाने पनि एउटा सीमा हुन्छ । थोरै फाइदा खाऔं र धेरैलाई सेवा दिन सकौं भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ । धेरैभन्दा धेरै परीक्षण गर्न सकेमा कोभिड नियन्त्रणमा महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने हाम्रो सोच रहेको छ । 

म अरू निजी ल्याबहरूलाई अझै आग्रह गर्छु, शुल्कमा अझै पुनर्विचार गरौं, कम गरौं, थोरै फाइदा, धेरै सेवा दिनेगरी काम गरौं । 

केही समयदेखि बिध ल्याबलाई जोडेर विभिन्न खाले समाचारहरू आइरहेका छन्, त्यसप्रति तपाईंको धारणा के छ ? 

पछिल्लो समय केही निजी स्वार्थ भएका ल्याबहरूले केही मिडियालाई गलत ढंगले प्रयोग गरी भ्रामक समाचार प्रकाशित गरे । बिध ल्याबले क्वालिटी दिन सकेन, उसको क्वालिटी कम भएर उसले कम शुल्कमा गरेको हो, हामीले त्यो शुल्कमा गर्न सक्दैनौं भनेर उनीहरूले भनेका रहेछन् । जसलाई केही मिडियाले प्राथमिकताका साथ प्रकाशन पनि गरे ।

म अन्य निजी ल्याबलाई चुनौतीका साथ के भन्छु भने, तपाईंहरूको ल्याब मलाई दिनुहोस्, तपाईंहरूले प्रयोग गरेकै किट म प्रयोग गर्छु, तपाईंहरूको जनशक्ति नै म प्रयोग गर्छु । तपाईंको जनशक्तिलाई १० प्रतिशत तलब बढाएर दिन्छु । यसरी हेर्दा म १५ सयमा परीक्षण गर्छु, तपाईंलाई ५ सय नाफा दिनेगरी २ हजार शुल्क लिनुस् । 

हामी मेडिकल क्षेत्रमा भर्खरै आएका हौं ।  मेडिकल क्षेत्रमा आफूलाई हिरो हौं भन्नेहरू भन्दा स्वाभाविक रूपमा हामीले उनीहरूले भन्दा कम शुल्कमा, कम समयमा, सहज तरिकाले नै काम गराइरहेका छौं, त्यसकारण उनीहरूलाई बेचैन भइरहेको हो । उनीहरूले बिध ल्याबको बजार खस्काउनका लागि जुन फण्डा रच्नुभयो, उहाँहरूलाई म चुनौती दिन्छु । 

यस्तै, जो ममाथि आरोप लगाउँदै हुनुहुन्छ उहाँहरूलाई म भन्छु, तपाईंहरू रिसर्च, अनुसन्धान गर्नुहोस्, नेपालमा विश्व स्वास्थ्य संगठनले लिस्टेड गरेको किट क–कसले प्रयोग  गर्छन् ? यसमा रिसर्च गर्नुस् ।

अबको भावी योजना कस्तो छ ? 

ल्याब सञ्चालन गर्नुभन्दा अगाडि हामी पूरै अध्ययन अनुसन्धान गरेर आएका हौं । हामीले कोभिडको मात्रै हैन फूलफेजको ल्याब यो महिनाभित्र नै लञ्च गर्ने योजनामा छौं  । दशैं र तिहारको बीचमा लञ्च गर्न लागेका हौं । हामी त्यसका लागि सरकारी निकायमा प्रक्रिया शुरू गराइसकेका छौं ।

क्षमताको हिसाबले सबैभन्दा ठूलो ल्याब हामी हौं । अहिले परीक्षणका लागि भारत लगायतका देशहरूमा जान्छन्, त्यसो गर्दा समय र खर्च त्यसै भइरहेको छ । यसको परीक्षण नेपालमै गर्न सकिन्छ भन्ने विश्वास हामीमा छ, खर्च पनि जोगिने, समय पनि बच्नेगरी काम गर्नेतर्फ अगाडि बढिरहेका छौं । 

कोभिड विशेष ल्याबमात्रै नभएर अस्पताल पनि बनाउने कुरा गर्नुभएको थियो, त्यो कुरा कुरामै सीमित भयो कि, तयारी हुँदैछ ? 

सरकारले निर्णय गर्दा उनीहरूका केही सीमा पनि हुन सक्छन् । हामीले प्रस्ताव पेश गरेका छौं । तर मन्त्रालयले स्वीकृत गरिसकेको छैन ।

शायद सरकारले निजीलाई नदिने, हामी आफैं धान्न सक्छौं भनेर पनि हुन सक्छ । यदि त्यसो हो भने म सरकारलाई स्यालुट गर्छु ।

यदि निजी क्षेत्रसँग पनि सहकार्य गर्ने हो भने मैले हिजो पनि भनेको थिएँ, सरकारले हुन्छ भनेको १५ दिनमा ६ सय बेडको अस्पताल बनाउँछौं ।

हामी यसमा सक्षम पनि छौं । यसको लिखित प्रस्ताव मन्त्रालयमा पेश भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x