कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
विगतका वर्षमा कर्णालीको राजधानी वीरेन्द्रनगरका विभिन्न चोकमा फूलका मालाहरु बिक्रीका लागि राखिन्थे । ती फूलहरु भारतबाट व्यापारीले आयात गर्ने गरेका थिए तर यो वर्ष अवस्था फेरिएको छ ।
चीन तथा भारतबाट आयात भएका कृतिम मालाहरु मात्रै बजारमा छ्याप्छ्याप्ती देख्न पाइन्छ । गतवर्ष बिक्री हुननसकेका मालाहरु यो पटकको तिहारमा बिक्रीका लागि राखिएको छ । कर्णालीमा फूल खेती पर्याप्त नहुँदा भारतबाटै सयपत्रीका फूलहरु आयात गरेर पर्व मनाउने प्रचलन थियो ।
'गतवर्ष तिहार समयमै परेको र घर आँगनमा फूलहरू ढकमक्क भएका कारण माला लगाउन हामीलाई समस्या भएको थिएन,' वीरेन्द्रनगर ८ की सरिता कार्की भन्छिन्, 'तर यो वर्ष तिहार ढिलो परेको छ । भाइलाई कसरी माला लगाउने भन्ने तनाव थपिएको छ ।' उनको घर कालिकोट भएपनि सबै भाइहरु जम्मा हुन नसकेका कारण यो वर्षको तिहार खल्लो भएको महसुस उनले गरिन् ।
'गत वर्ष हामीले आफन्तको घरमा गएर देउसी भैलो खेलेका थियौं । साथीहरु सबै रमाएका थियौं,' वीरेन्द्रनगर ७ का लक्ष्मी रुपाखेती भन्छिन्, 'तर यो वर्ष कोरोना महामारीका कारण देउसी भैलो खेल्नु त परैको कुरा, सबै दाइभाइसँगै बसेर रमाईलो गर्ने अवस्था नै छैन । दशैं पनि खल्लो भयो । तिहार पनि खल्लो नै हुने देखेको छु ।'
उनका दुई दाजु र एक भाइ छन् । दुवै दाजुहरु गाउँमा भएका कारण योपाली एक भाइलाई माला लगाएर भएपनि तिहार मनाउने उनले बताइन् ।
'तिहारको सुरुको दिनदेखि नै देउसी खेल्न हामी लालायित हुन्थ्यौं । मादल बजाउँथ्यौं । जम्मा भएको रकम विद्यालयमा वा क्लबमा राख्ने गरेका थियौं,' आठबीस नगरपालिका वडा नं. ६ का युवक थापा भन्छन्, 'तर योपाली हामी देउसी भैली खेल्न नपाउने भएका छौं । वर्ष दिनपछि आएको तिहारमा रमाइलो गर्न नपाईने हुँदा खल्लो लागेको छ ।'
वीरेन्द्रनगर कै स्थानीय कमला विश्वकर्माले कोरोनाका कारण बजारमा कृत्रिम मालाको भाउ छोइ नसक्नु भएको बताउँछिन् । 'गतवर्ष पचासमा पाइने मालाको मूल्य अहिले १ सय १० पुगेको छ । करीब सबै मालाको मूल्य दोब्बर भन्दा बढी भएको छ,' उनी भन्छिन्, 'घर आँगनका फूलहरु सुकेका कारण कृत्रिम मालाको प्रयोग गर्नुको विकल्प छैन । बजार भाउ आकाशिएका कारण सबैले माला किन्न सक्ने अवस्था मैले देखेको छैन ।'
यी प्रतिनिधिमूलक पात्र मात्र हुन । यो वर्ष वीरेन्द्रनगरमा त्यति धेरै चहलपहल नै नभएको मालाको कारोवार गर्दै आइरहेका नवराज केसीले भने, 'गतवर्षको तुलनामा आधा मात्रै व्यापार भएको छ । ग्राहक नहुँदा मैले थोरै मात्रै माला ल्याएको थिएँ । ति माला पनि बिक्री हुन मुस्किल भएको छ ।'
यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले एक करोड बढीको माला भित्रिएको बताए । 'कर्णालीमा फूल खेति नै छैन भन्दा हुन्छ । हामी पहिलेदेखि नै परनिर्भर छौं । प्रदेश सरकार आएपछि विकास हुने र कर्णालीको बजेट बाहिर जानबाट केहि रोकिने आशा थियो, त्यो निराशामा परिणत भएको छ,' उनले भने, 'माला मात्रै एक करोड र दिया, मूर्तिहरु, टीका, अबिर, सुख्खा खानेकुराहरु एक करोड गरी सुर्खेतबाट दुइ करोड रुपैंया बाहिरिएको छ ।'
उनले सरकारले उद्योगमैत्री नीति नलिएका कारण रकम बाहिरिने गरेको बताए । 'किसानलाई मल तथा बीऊ उपलब्ध हुँदैन । ऋणको व्यवस्था छैन । पावर र पहुँच हुनेहरुले अनुदान लिन्छन् काम गर्दैनन्,' उनले भने, 'यही समस्याका कारण यहाँ हरेक वस्तुमा परनिर्भर बन्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले उद्योगधन्दाको संरक्षण गर्न सकेको खण्डमा र युवाहरुलाई फूल खेतितर्फ आकर्षित गर्न सकेको खण्डमा आगामी वर्ष यति बजेट नबाहिरिने थियो कि ?'
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...