×

NMB BANK
NIC ASIA

प्रसंग : ओली-देउवा भेट

ओलीसँग सत्ता साझेदारी गर्ने विषय हामीले सोच्न पनि सक्दैनौं - डा. प्रकाशशरण महत [अन्तर्वार्ता]

मंसिर ९, २०७७

NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव गरेको भन्ने विषयले राष्ट्रिय राजनीति तरंगित भइरहेको छ ।

Muktinath Bank

सत्ता साझेदारीको प्रस्तावबारे ओली र देउवा दुवै नेताले औपचारिक रुपमा केही बोलेका छैनन् । कांग्रेससँग सत्ता साझेदारीको प्रस्तावबारे सभापति शेरबहादुर देउवानिकट मानिने कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतसँग लोकान्तरका लागि ईश्वर अर्यालले कुराकानी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुराकानीका क्रममा उनले प्रधानमन्त्री ओलीसँग कांग्रेसको गम्भीर मतभेद भएपनि सत्ता सञ्चालन प्रक्रियामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटघाट भइरहनुपर्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

Vianet communication

केपी ओलीसँग सत्ता साझेदारी गर्न कांग्रेस तयार भएको हो ?

त्यो एकदमै होइन । सत्ता साझेदारीको कुनै अर्थ पनि छैन । नेकपाका नेताहरूसँग ठूलो बहुमत छ । कांग्रेसले सत्ता साझेदारी गर्ने भन्ने सोच्नुको कुनै अर्थ छैन । पार्टी सभापति शेरबहादुर देउवा र केपी ओलीबीच यस्तो र उस्तो भयो भनेर अनावश्यक रूपमा प्रचारबाजी गरिएको छ । भ्रम फैलाइएको छ । त्यसमा वास्तविकता छैन । हामीले सोचेको पनि छैनौं ।

कम्युनिस्ट पार्टीभित्रको विवादले कांग्रेसलाई तनावमुक्त बनाएको छ भन्ने सुनिन्छ, तपाईंले कसरी लिनुभएको छ ?

हामी त के चाहन्छौं भने निर्वाचित भएर आएपछि जनताका लागि काम गर्नुपर्छ । त्यो मान्यतामा हामी विश्वास गर्छौं । जनता नै शक्तिको स्रोत हो । तर दुर्भाग्यवश अहिले कम्युनिस्ट सत्ता शक्तिको स्रोत देशभित्र छैन, बाहिर छ भनेजसरी क्रियाकलाप गरिरहेको छ । जनताप्रति विश्वास नगरिकन बाह्य शक्ति र स्रोतका आधारमा परिचालित जस्तो देखिन्छ ।

यो खतरनाक संकेत हो । जुन बेलासम्म सरकारमा बस्नेहरूले देशको आवश्यकता, स्वार्थको कुरा गर्छन्, त्यसबेलासम्म हाम्रा मित्रराष्ट्रहरूले स्वाभाविक नै ठान्छन् किनभने सबैले आफ्नो देशको इन्ट्रेस्टलाई प्रमोट गर्ने हो ।

नेपालको सरकार बाहिरी शक्तिका आधारमा चल्छ भनेर जब मान्यता स्थापित हुन्छ, तब अन्य देशहरूले पनि नेपालमा चलखेल गर्न शुरू गर्छन् ।

नेपालचाहिँ विदेशी शक्तिकेन्द्रको अखडा जस्तो देखिएको छ । कम्युनिस्ट सरकारले आमन्त्रण गरिरहेको छ ।

अब हामी के मात्र भन्छौं भने तपाईंहरू मिल्नुस्, हामीले फुट्नुस् भनेर भनेका छैनौं । तपाईंहरू मिले पनि फुटे पनि तपाईंहरूको कुरा हो तर आफैंले निर्णय गर्नुस् । त्यसका लागि पनि आफैंप्रति अविश्वास, जनताप्रति अविश्वास गर्ने काम कसैले गर्नु हुँदैन ।

कांग्रेसको सभापति खुसुखुसु बालुवाटार किन छिरिरहनुहुन्छ ? खासमा यसअघिको मान्यता त प्रधानमन्त्री नै प्रमुख प्रतिपक्षी दलको नेताकहाँ छलफल गर्न जाने थियो नि !

खुसुखुसु भनेको मतलब त्यहाँ लावालस्कर लिएर, सबै पत्रकार लिएर जाने कुरा भएन । प्रतिपक्षी दलको नेता र सत्ताधारी दलको नेताबीच भेटघाट हुनु कुनै नौलो कुरा रहेन । प्रतिपक्षीको पनि सत्ता चलाउने विषयमा धेरै चासो हुन्छ । प्रधानमन्त्रीले के गरिरहनुभएको छ भन्ने चासो हुन्छ । कतिपय अवस्थामा प्रधानमन्त्रीले पनि विपक्षी दलका नेतासँग कुरा गर्नुपर्ने हुन्छ । कुरा हुँदैमा लुसुक्क गयो, यो भयो, त्यो भयो भन्ने कुरा हुँदैन ।

जहाँसम्म प्रधानमन्त्री जाने कि प्रमुख प्रतिपक्षी दलका नेता भेट्न जाने भन्ने सवाल छ, अहिले कोरोना महामारी छ । प्रधानमन्त्री आफैं पनि मिर्गौला प्रत्यारोपण गरेर आउनुभएको हो । तुलनात्मक रूपमा अस्वस्थ पनि हुनुहुन्छ । उहाँ बालुवाटारबाट धेरै बाहिर निस्किनु भएको छैन ।

त्यो संवेदनशीलतालाई पनि बुझ्नुपर्ने हुन्छ । यद्यपि उहाँसँग हाम्रो घोर मतभिन्नता छ । उहाँको कार्यशैलीको खुलेर विरोध गरिरहेका छौं । विपक्षी दलको हैसियत र सत्ताधारी दलको हैसियतले आवश्यक कम्युनिकेसन गर्नुपर्ने हुन्छ । त्यसलाई सत्ता साझेदारी भनेर प्रचार गरिएको छ । त्यसको अर्थ छैन ।

संवैधानिक नियुक्ति र शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा दुई नेताबीच कुराकानी भएको भनिएको छ । के कुराकानी भएको यहाँले थाहा पाउनुभएको छ ?

संवैधानिक नियुक्ति र शान्तिप्रक्रियाका मुद्दाहरू साझा विषय हुन् । सरकारले आफूखुशी नियुक्ति गर्ने विषय होइन । यसमा विपक्षी दलको पनि चासो र चिन्ता हुन्छ । लामो समयदेखि शान्तिप्रक्रियासम्बन्धी दुईवटा आयोगहरू पनि रिक्त छन् । त्यसमा कुराकानी गर्नुपर्ने हुन्छ ।

प्रचण्ड-माधव समूहले पनि कांग्रेसलाई 'एप्रोच' गरिरहेको छ भन्ने समाचारहरू बाहिरिएका छन् । यो सत्य हो कि सत्यको नजिक मात्रै छ ?

नेताहरूको बीचमा औपचारिक र अनौपचारिक भेटघाट र कम्युनिकेसन चलिरहेको हुन्छ । अब यो कुनै पनि भेटघाटको अर्थ चाहिँ कांग्रेसले कोसँग सहकार्य गर्ने या नगर्ने विषयमै कुराकानी भयो भन्ने होइन । त्यसको औचित्य नै छैन । उहाँहरू एकठाउँमा हुनुहुन्छ । त्यसमा हामीले यस्तो होला, उस्तो होला र यसो गरौंला भनेर सोच्नु नै बेकार हो ।

प्रधानमन्त्री केपी ओलीले कांग्रेस बरू सत्ता सहयात्री जस्तो देखिएको छ, ठूलो प्रतिपक्षी त आफ्नै पार्टीभित्र देखिएको छ भनेर महशुस गरेका छन् भन्ने सुनिन्छ । तपाईंहरूले प्रमुख प्रतिपक्षीको जिम्मेवारी नेकपाकै एउटा समूहलाई दिनुभएको हो ?

यस्तो हो । कम्युनिस्ट पार्टीभित्रको झगडाचाहिँ विशुद्ध सत्ताको हानथाप हो । शुद्धरूपमा सत्तामा केन्द्रित छ । प्रचण्ड-माधवजी लगायतलाई ओलीले मात्र सम्पूर्ण सर्वाधिकार प्रयोग गर्ने ? हामी पनि छैनौं र ? भन्ने लागेको छ । ओलीजीको त मै हो सबै कुरा भन्ने छ ।

त्यहाँ कुनै एजेण्डामा विवाद भएको होइन । ओली सरकारले यी यी काम गर्न सकेको छैन भन्ने विषयमा कुनै कुरा भएको छैन । पछिल्लो समयमा ओलीजीले कुनै पनि हालतमा नछोड्ने देखेपछि आरोप लगाएर प्रचण्डजीले प्रस्ताव पेश गर्नुभएको हो । बल्ल प्रचण्डजीले औपचारिक रूपमा आरोपसहित लिखित दस्तावेज पेश गर्नुभएको हो । हामीले प्रचण्डजीले लगाएको आरोप पहिल्यैदेखि लगाउँदै आएका थियौं ।

कांग्रेस प्रतिपक्षी भएन, नेकपामै प्रतिपक्षी भयो भन्ने कुरा मिल्दैन । हामीले उठाउनु पर्ने कुरा उठाएका छौं ।

तर तपाईंहरूले प्रभावकारी ढंगले प्रतिपक्षीको भूमिका खेल्नुभएको छैन भन्ने आरोप स्वीकार्नुहुन्छ ?

यतिबेला संसद् बन्द गरिएको छ, त्यहाँ कुनै कुरा उठ्ने भएन । बाहिर पनि कोरोना महामारीको कुरा छ । आफ्नै स्वास्थ्यको ख्याल गर्नुपर्‍यो । अहिले बन्द खुलेपनि धेरै सहज भइसकेको छैन ।

हामी अलि चर्कोरूपमै प्रस्तुत हुनुपर्ने छ, त्यो गर्छौं । केही समय अघि हामीले संसद्को विशेष अधिवेशन माग गर्ने कुरा पनि गरेका थियौं । त्यो पनि छ । सामाजिक दूरी कायम गरेर बाहिर आन्दोलन गर्ने कुरा पनि छ । हामी अब चर्को रूपमा प्रस्तुत हुन्छौं ।

कांग्रेसको आन्तरिक जीवनको पनि कुरा गरौँ, महाधिवेशन फागुनबाट सारेर भदौमा पुर्‍याउने चर्चा चलेको छ नि !

मैले के भनेको छु भने फागुनमा गर्ने भनिएको अधिवेशन सम्पन्न गर्न चुनौती छ । ५ महिना बन्द, लक-डाउन र निषेधाज्ञाका कारण यत्तिकै गुमायौं । नेता कार्यकर्ता कोही पनि हामी घरबाट निस्किन पाएनौं । फागुनमै गर्न चुनौती छ । त्यो नेतृत्व तह, केन्द्रीय कमिटीले पनि महशुस गरिरहेको छ । त्यही पनि त्यसका बारेमा केही निर्णय भएको छैन । क्रियाशील सदस्यता विवरण पठाउनुस् भनेर हामीले जिल्ला–जिल्लामा ताकेता गरिरहेका छौं । त्यसकारण यसबारेमा त्यो भन्दा थप मैले केही भनेको छैन ।

कांग्रेसभित्र पनि सहमतिमै अघि बढ्ने विषयमा विवाद त छ । विभिन्न पक्षहरूले-आफ्नो स्वार्थ लाद्न चाहिरहेका छन् । सहमतिमै अघि बढ्ने चुनौती तपाईंहरूले कसरी महशुस गरिरहनु भएको छ ?

पार्टी सभापति सहमतिको मामिलामा असाध्यै लचिलो हुनुहुन्छ । यो यसअघिको इतिहास थिएन । उहाँहरू आफैंले गठन गर्न सक्ने विभाग त सहमतिमै बनाउँछु भनेर ४ वर्ष कुर्नुभयो । विधानले पार्टी सभापतिले बनाउने भनेको छ । हरेक मिटिङ हुनुभन्दा पहिला पूर्वपदाधिकारीहरूसँग बसेर कुराकानी गर्नुहुन्छ ।

अनुशासन समिति समेत बसेर निर्णय गर्नुपर्छ भन्ने उहाँले स्वीकार्नुभएको छ । भातृसंगठन आदि इत्यादिमा पनि उहाँले सबैलाई चित्त नबुझाइकन निर्णय नगर्ने । अधिवेशन अघि बढाउने प्रक्रियामा त उहाँ सहमतिमै अघि बढ्नुभएको छ ।

असहमति र मतभिन्नता जसरी चर्को रूपमा देखा परेको छ, भित्र विश्लेषण गर्‍यो भने त्यसको कुनै कारण छैन । बरू सभापतिलाई आलोचना के कुरामा गर्न सकिन्छ भने उहाँले विधानको व्यवस्थाअनुसार आफ्नो अधिकार प्रयोग गर्नुपर्थ्यो । निर्णय गर्नुपर्थ्यो भन्ने कोणबाट आलोचना गर्न मिल्छ । त्यो मानेमा म पनि उहाँको आलोचक हुँ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x