चैत ६, २०८०
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
मंसिर २९, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक संकट फूटउन्मुख हुँदै गइरहेको छ । शीर्ष नेताहरूले विभिन्न फोरमहरूमा गएर दिने गरेका अभिव्यक्तिले पार्टी एकतालाई जोगाउनु पर्छ भन्दै अभियान नै चलाएका नेताहरू निराश बनेका छन् ।
पछिल्ला केही दिनहरूमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' पक्षबाट एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम रोकिएको छैन । पार्टीलाई एकढिक्का बनाएर अघि लैजाने पक्षमा उभिएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझी लगायतका नेताहरूको प्रयास फिक्का सावित भएको छ ।
गजुरेलले आफूहरू पार्टीलाई एकजुट बनाउन लागिरहेको बताएका छन् । लोकान्तरसँगको संक्षिप्त कुराकानीमा गजुरेलले आफूहरू पार्टी एकताको पक्षमा नलागेको भए पार्टी उहिल्यै विभाजन भइसक्ने दाबी गरे । पुस १ गते बस्ने स्थायी कमिटी बैठकअघि नै दुवै अध्यक्षलाई भेटेर सहमतिका लागि आफूहरूले तयार पारेको सूत्र सुझावका रूपमा दिने गजुरेल लगायतका नेताहरूको तयारी छ ।
कुराकानीमा गजुरेलले एकता पक्षधर शक्ति कमजोर हुँदै गएको स्वीकारे । उनले भनेका छन्, 'हाम्रो शक्ति पुग्यो भने एकता बच्छ, नत्र पार्टी फुट्छ ।'
प्रस्तुत छ, गजुरेलसँग लोकान्तरले गरेको अन्तर्वार्ताको सम्पादित अंश -
शीर्ष नेताहरूले सार्वजनिक गरेका अभिव्यक्तिहरू सुन्दा त नेकपा एक रहन नसक्ने निष्कर्षमा पुग्न गाह्रो छैन नि, तपाईंहरूले के देख्नुभएको छ ?
हामी विभिन्न हिसाबले पार्टीलाई एकजुट बनाउन लागिरहेका छौं । हाम्रो शक्ति पुग्यो भने एकता बच्छ, पुगेन भने फुट्छ ।
कानूनी हिसाबले अध्यादेश नआउने हो भने पार्टी कसरी फुट्ला र ?
एउटाले अर्कोलाई कारवाही गर्ने हिसाबले अघि बढ्ने हो भने त फुटिहाल्छ नि !
कारवाही नै गर्ने हिसाबले अघि बढ्ला त अब बस्ने स्थायी कमिटी बैठक ?
शक्ति पुग्यो भने कारवाही नै गर्ने हिसाबले अघि बढ्छ नि ! नत्र ठूला नेताहरूको अन्तर्वार्ता त्यसरी आउँछ त ?
लडाईं त केपी ओली र माधव कुमार नेपालबीच रहेछ नि अहिलेको ?
के बुझ्न आवश्यक छ भने यहाँ खालि नेपाल मात्रै छैन अब । नेकपाको अन्तरविरोधले विश्व नै तानिसकेको अवस्था छ । नेकपालाई फुटाउन विदेशी शक्ति केन्द्रहरू पनि लागिरहेका छन् ।
नेताहरू पनि को-को कता-कता प्रतिबद्ध छन् भन्ने कुराले धेरै अर्थ राख्न थालेको छ यतिबेला । अहिले आफूले चाहेर पनि नेताहरूले केही गर्न सकेको अवस्था छैन । परिस्थिति जटिल बन्दै गइरहेको छ । अहिलेको संकटलाई केही शीर्ष नेताहरूको लडाईं मात्र भन्न मिल्ने अवस्था रहेन ।
नेताहरूले समीकरण बनाएर भिड्न थालेपछि समस्या आएको हो ?
प्रचण्ड पनि समीकरणमा बाँधिनु भएको छ । समीकरणमा बाँधिएकै कारण उहाँले केही गर्न सक्नुहुन्न । त्यो समीकरण छोड्न नि नसक्ने, समातेर बस्यो भने नेकपा फूटतिर जाने खालको समस्या पैदा भएको छ ।
प्रचण्ड र नेपालबीच राम्रै सम्झौता भएकै कारण बलियो समीकरण बनेको हो भन्ने चर्चा चलिरहेको छ नि !
सम्झौता भनेको पदको भागबण्डा त होला नि ! नेताहरूले पद बाँड्दै हिँडेका छन् । त्यो प्रधानमन्त्री ओलीको तर्फबाट पनि भएको छ । सांसद बाँडेर हिँडेका छन्, टिकट पनि बाँडेका छन् । दुवैथरिले त्यो गरिरहेका छन् । समस्या पैदा भएपछि नेताहरू समाधान गर्नतिर लाग्नुपर्थ्यो । तर पद बाँड्न थाले, त्यसले परिस्थिति झन् जटिल बनाएको हो ।
मान्छेहरूले पद हेरिरहेका छन् । जनताले के भनेको छ, त्यो थाहा छैन । जनताको समस्या समाधान गर्ने कुरै छैन ।
पार्टीलाई एकढिक्का बनाउने अभियान नै चलाउनुभएको तपाईंहरूको भेटघाट त चलिरहेको होला नि ? कहाँ पुगेको छ एकता अभियान ?
हामी त एकता बचाउनुपर्छ भनेर पहिलादेखि लागिरहेका छौं । भेटघाट चलिरहेको छ, दुवैतिर भेटेर सल्लाह सुझाव दिइरहेका छौं ।
एकता बचाउने भनेको कमिटी बैठकमा एकले अर्कोलाई कारवाही गर्ने परिस्थिति सिर्जना हुन नदिने हो ?
अहिले दुवैथरिले आफ्नो कमजोरी स्वीकार्नुपर्यो, अनि पो एकता हुन्छ त । बरू उल्टै आफ्नो कमजोरीलाई ग्लोरिफाई गरिएको छ । जनतालाई चित्त पनि बुझ्दैन । दुवै प्रस्तावमा एकले अर्काको कमजोरी उठाएका छन् । तर दुवैले आफ्नो कमजोरी स्वीकारेका छैनन् ।
केपी ओलीले लगाएको आरोपलाई प्रचण्डले स्वीकार्नुभएको छैन । प्रचण्डले लगाएको आरोपलाई ओलीले स्वीकार्नुभएको छैन ।
यहाँले यस्तो कुरा उठाउनु भएको रहेछ, मेरो कमजोरी भयो । यसलाई म करेक्सन गर्छु भनेर कसैले पनि स्वीकारेको छैन ।
पहिला अध्यक्षबाट हटाउने र त्यसपछि प्रधानमन्त्रीबाट नै हटाउने प्रचण्ड-नेपाल पक्षको तयारी रहेको भन्दै बालुवाटार यतिबेला डराएको अवस्था हो ?
अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया हाम्रो कारणले रोकिएको हो । नत्र अस्ति नै हुन्थ्यो । पछिल्लो संकटमा पनि हामीले दुवैतर्फ कुरा गरिरहेका छौं । पर्सि स्थायी कमिटी बैठक बस्ने भन्ने छ, त्यसअघि नै मिलेर अघि बढ्ने सूत्रका बारेमा दुवैतर्फ छलफल गर्दैछौं ।
अब के छ तपाईंहरूसँग समाधानको सूत्र ?
एकता एकता भनेर मात्र भएन । समस्या समाधानको बिन्दु त पहिल्याउनै पर्यो । के आधारमा एक रहने त ?
के हो त्यस्तो आधार, कि भदौ २६ तिर फर्किने हो ?
भदौ २६ मा फर्किनु अबको उपाय होइन । त्यो भन्दा माथिल्लो स्तरबाट सहमति खोज्नुपर्छ । पहिलो दुवै पक्षले आफ्ना कमजोरीहरू रियलाइज गर्नुपर्यो । देश र जनताले जे कुरा उठाएको छ, त्यो सही छ भनेर दुवै पक्षले भन्नुपर्यो नि । आखिर जनता नै सबैभन्दा ठूलो शक्ति हो ।
दुवैपक्षका नेताहरूले दिएका अभिव्यक्तिहरू हेर्दा र सुन्दा त रियलाइजेसन केही पनि छैन भन्ने बुझिन्छ नि !
हो, दुवै पक्षबाट फूटतिरै जाने अग्रसरता भइरहेको देखिएको छ । त्यस्ता अभिव्यक्तिहरूको न्यूनीकरण हुनुपर्छ ।
तपाईंले देखेका सहमतिका सूत्रहरू के-के हुन् ? एक, दुई तीन, चार गरेर भन्दिनुस् न !
मेरो भनाइ के छ भने आम मान्छेहरूले उठाएका जुन विषय छन् त्यसलाई स्वीकार्नुपर्छ । अनि जनता खुसी हुन्छ । मिलेर मात्र हुँदैन नि, जनता खुसी हुनुपर्यो । गल्तीको ढाकछोप गरेर मिलेर हुँदैन ।
दुवैले एक अर्काविरुद्ध जसरी आरोप प्रत्यारोप गरेका छन्, त्यहाँ जनताका आवाज पनि छन् । ती आवाजहरूलाई स्वीकार्नु पर्यो ।
दोस्रो सरकार र पार्टी सञ्चालनको नीति र विधि तय गर्ने । सरकार कसरी चलाउने, नियुक्तिहरू कसरी गर्ने जस्ता कुरामा सहमति गर्नुपर्छ । पार्टीमा पनि कमिटीहरू कुन क्राइटेरियाबाट सञ्चालन गर्ने हो, त्यसको पनि ठोस विधि तय गर्नुपर्छ ।
तेस्रो दुवै जना नेताहरूलाई आ-आफ्नो काम गर्न दिने । प्रधानमन्त्रीले सरकार चलाउने हो भने उहाँलाई छोड्दिने र प्रचण्डले पार्टी चलाउने हो भने चलाउन दिने । दुवै पक्षले समीकरण बनाएर मैदानमा उत्रनु गलत थियो भनेर रियलाइज गर्ने ।
किनभने प्रचण्डले भैंसेपाटीमा ७ जनाको समीकरण बनाएर ओलीमाथि घेराबन्दी गर्नुभयो, त्यसपछि यता आएर ओलीले पनि ५ जनाको समीकरण बनाउनुभयो र प्रचण्डमाथि घेराबन्दी गर्नुभयो । समीकरण बनाउनु गलत भएको छ र त्यसले पार्टी टुटफुटतिर गयो भनेर स्वीकार गर्नुपर्यो ।
त्यसपछि विश्वासको वातावरण बन्छ । ओलीले अध्यक्ष छोड्दिने र प्रधानमन्त्री मात्र रहने ।
ओलीले अध्यक्ष छोड्ने सम्भावना पनि छ र ?
समीकरण बनाएर एकले अर्कामाथि घेराबन्दी गर्न थालेपछि दुईवटा अध्यक्षले चलेन भनेर त देखियो नि ! एउटा प्लेनका दुईवटा पाइलट झगडा गर्न थालेपछि प्लेन त चलेन । त्यसैले एउटाले सरकार चलाउने, अर्कोले पार्टी चलाउने गर्नुपर्यो ।
एउटा अध्यक्ष र अर्को प्रधानमन्त्री हुने वातावरण मिलाउनु पर्छ । अहिल्यै त्यो हुँदैन । घेराबन्दी भइरहेको बेलामा मान्छेले ठ्याक्कै छोड्दैन, छोड्यो भने झन् कमजोर हुन्छ ।
अहिले एकजनालाई घेराबन्दी गरेर जबरजस्ती पद छोड्न लगाइयो भने भोलि पद छाड्नेले घेराबन्दी गर्छ । पहिला दुवै पक्षले समीकरणलाई भंग गर्ने, त्यसपछि जनताले उठाएको कुरालाई स्वीकार्ने । अनि पार्टी र सरकार संचालनको निश्चित विधि ठोस गर्ने ।
अनि अनुकूल समयमा सहज वातावरण बनेपछि ओलीले अध्यक्ष छाड्ने ।
अध्यक्ष हुनेले महाधिवेशनसम्म पार्टीलाई लैजाने र प्रधानमन्त्रीले सरकार चलाउने कुरा नै सहमतिको बिन्दु हुन्छ भन्ने मलाई लाग्छ ।
तपाईंले दिनुभएको सूत्रले पार्टी एकताबद्ध रहला त ?
यसको अर्को विकल्प नै छैन नि । यी सूत्र प्रयोग गर्यो भने पार्टी एकताबद्ध रहला । जनता पनि खुसी हुन्छन्, आफूले उठाएका विषयहरू स्वीकार गरियो भनेर ।
नेताहरूले एकले अर्कालाई सिध्याउन बनाएको समीकरण तोड्न त्यति सजिलो छ र ?
समीकरणको जाँतो आफ्नो टाउकोमाथि झुण्डिएपछि निद्रा लाग्छ त ? प्रचण्ड-नेपालको समीकरण ओलीको टाउकोमाथि झुन्डिने, ओलीको समीकरण प्रचण्ड-नेपालको टाउकोमाथि झुण्डिएपछि त निद्रा लाग्दैन ।
दुवै पक्ष एकले अर्कालाई देखेर तर्सिने कुरा मात्र हुन्छ । यो भनेको जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने जस्तै हो । समस्या यहाँनेर छ भनेर दुवै पक्षले रियलाइज गर्नुपर्छ ।
भनेपछि नेकपा जेट दुईवटा पाइलटले चल्न सकेन ?
दुईवटा अध्यक्ष चल्दैन, मेरो कुरा क्लियर छ । दुई वर्षमा महाधिवेशन सकिएको भए त अहिलेसम्म समस्या समाधान भइसक्थ्यो ।
बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी त प्रचण्ड-नेपाल पक्षले गरिसकेको होइन र ?
पार्टी एकताताका राखिएको सहमतीय प्रणाली कसका लागि थियो ? त्यो पूर्व माओवादीका लागि भनेर राखिएको होइन र ? नत्र ६०/४० का आधारमा पार्टी एकता भएको छ । ६० प्रतिशत संख्या रहेको पूर्व एमाले पक्षले बहुमतका आधारमा निर्णय गर्दै गएको भए पार्टी एकता हुन्थ्यो कि विलय हुन्थ्यो ?
४० प्रतिशत त सधैं अल्पमतमा पर्ने भो, त्यो नहोस भनेर दुई अध्यक्षात्मक प्रणाली राखिएको हो । सहमतीय प्रणाली पनि त्यही कारणले राखिएको हो । त्यो एमालेको पक्षमा राखिएको होइन, माओवादीको पक्षमा राखिएको हो । त्यो प्रावधानको सम्मान गर्नुपर्छ ।
पार्टीमा एउटा कोही कमजोर होला, जनताले नरुचाएको होला । तर अर्को लिडरलाई जनताले रुचाउनु पर्यो । त्यसो भए समस्या हुँदैनथ्यो । यो नेताको विकल्प अर्को नेतालाई जनताले छानेका छन् है भनेर अघि बढ्न सकिन्थ्यो ।
तर अहिले दुवैको कमीकमजोरी देखिएको छ । एउटाको विकल्पमा अर्कोलाई छान्ने अवस्था तयार भएको छैन ।
मान्छेले बीसको उन्नाइस मात्र भनेको अवस्था छ ।
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले देश र जनताको हितका लागि नभएर अरू कस...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...