×

NMB BANK
NIC ASIA

त्यस्ता केपी ओली यस्ता कसरी भए ? : बद्री पंगेनी [अन्तर्वार्ता]

पुस २, २०७७

NTC
Premier Steels

बद्री पंगेनी कलाकारितासँगै राजनीतिक विषयमा पनि धेरै जानकारी राख्छन् । भन्नेले त उनलाई नेकपा निकट र त्यसमा पनि पूर्व एमाले निकट कलाकार भन्ने गरेका छन् । तर, उनी यो कुरा स्वीकार्दैनन् ।

Muktinath Bank

भन्छन्, ‘हरेक नागरिकले कुनै न कुनै राजनीतिक दललाई सपोर्ट गर्नुहुन्छ, त्यो उहाँहरूको अधिकार हो, तर म जुन पार्टीमा आस्था राखे पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न छाडेको छैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि चुनावी सभाहरूमा उनको उपस्थिति र गीत संगीत सुन्ने हो भने उनलाई तत्कालीन एमाले हाल नेकपा समर्थक भन्दा फरक नपर्ला ।


Advertisment
Nabil box
Kumari

हालै लोकान्तरसँग पंगेनीले पूर्ण रूपमा राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर विभिन्न धारणा राखेका छन् ।

Vianet communication

पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?

जे नहुनुपर्ने हो, जे नदेख्नुपर्ने हो त्यो भइरहेको छ । सरकार पक्षको दलमा जुन असहमति देखिएको छ, त्यो असाध्यै दुःखद् कुरा हो । यसले देशलाई मात्रै होइन विकास निर्माण र गणतन्त्र नै अप्ठ्यारो पारेको छ ।

मलाई यो कुरा अहिलेसम्म थाहा थिएन कि नेपालका नेताहरूले सत्ता र पदका लागि यतिसम्म गर्दा रहेछन् । सबैभन्दा दुःख अहिले यहाँनेर लागेको छ । स्वार्थभन्दा माथि उठेर समग्र देशका लागि लागेको नेता खै ? अहो ! हाम्रो र हाम्रा सन्तानको भविष्य कतातिर जाला ? यसले समग्र नेपालीहरूलाई असाध्यै चिन्तित बनाएको छ । 

नेकपा आन्तरिक किचलोमा फसेको देखिरहेका छौं । यसले देशलाई कुन दिशातिर लैजाला ? के अनुमान गर्नुभएको छ ?

नेकपाको किचलोले देश र गणतन्त्रलाई धरापमा पार्ने देखिन्छ । यदि देशका लागि राम्रो होस् भन्ने सोच्ने हो भने उनीहरू मिल्नुको अर्को कुनै विकल्प छैन ।

नेकपाको किचलो र उनीहरूको स्वार्थ पूरा भयो भने फाइदा स्वयं नेताबाहेक कसैलाई हुनेवाला छैन । खासमा विगतमा केपी ओलीले जुन किसिमको अडान र सपना राख्नुभएको थियो त्यो देखेर यसअघिको चुनावमा जनताले उहाँसँगै उहाँको पार्टीलाई बहुमत दिएका थिए । तर, असाध्यै दुःख लाग्ने कुरा के भइदियो भने त्यस्ता केपी यस्ता कसरी भए ? यस्तो स्थिति कसरी आयो ? धेरैलाई रनभुल्लमा पारेको छ ।

तपाईं एउटा कलाकार मात्रै होइन देश र समाजका विभिन्न मुद्दामा सधैँ आवाज उठाउने व्यक्ति पनि हो, किन नेकपाको आन्तरिक विवाद र समग्र राजनीतिक निराशाको विषयमा केही नबोल्नुभएको ?

मैले कहाँ बोलिनँ ? तपाईँहरुले सोध्नुपर्‍यो नि ! भाइरल हुने कन्टेन्टहरूमा पछिल्लो समय मिडिया पछि लाग्ने गरेको छ, यस्ता कुरामा कहाँ लाग्छ ? मैले सधैँ आवाज उठाइरहेको छु ।

अहिले भर्खरै उखुको पैसा नपाएका किसानहरूको बारेमा सडकमै पुगेर आन्दोलनमा उत्रिएँ  । एमसीसीको विषयदेखि सरकारका नराम्रा कामहरूमा खुलेरै विरोध गरिरहेको किन नदेख्नुभएको ?

हेर्नोस्, मलाई केही पाउँला भन्ने र व्यक्तिगत स्वार्थका लागि केहि गर्नु छैन । देश बनिदिए मात्रै हुन्थ्यो, बाँकी के–के गर्नुपर्छ म सधैँ तयार छु ।

म निस्वार्थ कतिसम्म लागिरहेको छु, त्यो पनि नजिकबाट नियालिदिनुहुन अनुरोध गर्दछु ।

नेपालका अधिकांश कलाकारहरूलाई देशको स्थिति, राजनीतिक विषयवस्तु लगायतमा कुनै मतलब छैन, यो कत्तिको ठीक हो ?

ठीक होइन । कलाकारिता गर्नेहरूले समग्र देशको विषय, राजनीतिक घटनाक्रम र समाजलाई नजिकबाट नियाल्न सक्नुपर्छ ।

कला क्षेत्रले राजनीतिलाई चिन्न सकेन भने कला क्षेत्रको विकास पनि राम्रोसँग हुँदैन । कलाकारिता गर्नेले फोहोरी राजनीति मात्रै नगर्ने हो, राजनीतिदेखि जानकार नै नहुने भन्ने होइन ।

देश भ्रष्टाचारबाट झन्झन् निचोरिएको छ, राजनीतिक दलका नेताहरूको व्यवहार सधैँ चुनावमा मात्रै राम्रो देखिएजस्तो लाग्ने तर त्यसपछि सधैँ उस्तै । देशको यो हालत देखेरै युवा विदेश पलायन शुरु भएको र त्यो क्रम झन्झन् बढेको छ, यो कुराले तपाईंलाई कत्तिको भावुक बनाउँछ ?

राणा शासन चलाएको, पञ्चायत चलाएको जुन कर्मचारी संयन्त्र छ, त्यसले अहिले संघीय गणतन्त्र चलाउन सक्छ भन्ने कुरामा म ढुक्क छैन ।

सोही कारण देशमा सबैभन्दा धेरै भ्रष्टाचार बढेको हो । कर्मचारी संयन्त्र र केही मूल कानून परिवर्तन नहुँदासम्म यो भ्रष्टाचार सधैँ रहनेछ र रहिरहन्छ । देश झन्झन् भ्रष्टाचारमा गएको सुन्दा असाध्यै दुःख लागेको छ ।

तपाईँ त देश तथा विदेश पुग्ने कलाकार । विदेशका युवाहरूसँग पनि कार्यक्रमको शिलशिलामा साक्षात्कार गर्नुहुन्छ । उताबाट युवाहरूले पठाउने सन्देश के हो ? त्यो सन्देश किन नेपालमा आएर नेपाली नेताहरूलाई सुनाउनुहुन्न ?

मैले कतिपटक भनेँ त्यो कसैले सोधेकै छैन । म सबैभन्दा धेरै बोल्ने पनि यही विषयमा हो । मैले धेरै नेतालाई भेटेको छु, त्यो बेला यसो गर्न सकियो भने देशमा युवाहरू फर्किन्छन्, उसो गर्न सकियो भने देशमा युवा तान्न सकिन्छ । विदेश पलायन रोकिन्छ भनेर कतिपटक भनेँ । तपाईंलाई थाहा छ त सुझाव सल्लाह जति भएपनि काम नगर्ने र सिस्टम नबसेपछि कसको के लाग्दोरहेछ र ?

नेपालको राजनीति देखेर कहिलेकाहीँ जेसुकै होस्, म पनि बाहिरै गएर बस्छु भन्ने सोच आउँदैन ?

यत्ति मात्रै मैले जिन्दगीमा नगर्ने भनेको हो । कलाकारितामा लागेपछि नै मैले कहिल्यै विदेश पलायनको विषयमा योजना बनाइनँ । यदि बनाउँथे भने मैले किन सार्वजनिक रूपमा नेताहरूको, भ्रष्टाचारको विषयमा बोलिरहनुपर्थ्यो ? अरू कलाकारजस्तै सर्लक्कै पलायन हुन सक्थेँ नि !

तपाईँ राजनीतिलाई नजिकबाट नियाल्ने एउटा कलाकार पनि हो, नेपालका नेताहरूले किन कामै गर्न सकेनन् ? के लाग्छ ? स्पष्ट बोल्नुस् त ?

खासमा मैले जनताको पनि दोष देख्छु । हामी जनता असाध्यै छिटो स–साना कुरामा भावुक हुने र साना कुरामा विरोध गर्ने, तुरुन्तै नेताहरूका गल्तीलाई क्षमा दिने गर्छौ । खासमा इख भन्ने छैन । हेर्नोस्, यी नेताहरूले हामीले नै जिताएर पठाएर यति गरेका हुन्, उनीहरूलाई रोक्ने पावर नेपाली जनताहरूसँग छ ।

नेपालको न्यायालय, नेपालीहरूको संस्कार, नेपाली नेताहरूको आर्थिक लोभमा लिप्त हुने लगायतका कारण पनि यो बिजोग स्थितिको सामना गरिरहनुपरेको छ ।

तपाईंलाई ओली निकट कलाकार भन्छन् नि ? प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसँग भेट्दा केही सुझाव दिने गर्नुभएको छ ? कलाकारहरूको चिन्ता, जनताको चिन्ता र देश विदेशमा रहेका युवाहरूको चिन्तालाई कत्तिको सुनाइदिनुभएको छ ?

म अहिले छातीमा हात राखेर भन्छु, म  जसले राम्रो गर्छ त्यो निकट हो । कुनै पार्टी निकट होइन । म राम्रो गर्नेको निकट हुन चाहन्छु । प्रधानमन्त्रीहरू तथा राजनीतिक दलहरूसँग भेट्दा भ्रष्टाचार, विकास निर्माण लगायतका कुरामा धेरैपटक भनिरहेको छु । मेरो चाहना देशले छिट्टै काँचुली फेरोस् भन्ने हो, अरू केही पाउनु छैन । मैले मेरो र मेरो परिवारको पेट पाल्न आफैँ पसिना बगाउनु राम्रो ठानेको छु ।

तपाईंले कहिल्यै राजनीतिमा गएर अलिकति फरक किसिमले काम गर्छु भनेर सोच राख्नुभएको छ ?

मैले राजनीति गरेर मन्त्री हुन्छु, प्रधानमन्त्री हुन्छु भन्ने कहिल्यै योजना बनाएको छैन । तर, कलाकारितामा रहेर अझै धेरै आवाज बुलन्द पार्ने सोच राखेको छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x