कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् ।
आइतवार दिउँसो राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा आगामी वैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति तोकिएको उल्लेख छ ।
मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिश भएकाले उक्त सिफारिशबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रवार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमवार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफ्नो ५ वर्षे कार्यकालको अन्तिम २ वर्ष बाँकी छँदै प्रतिनिधि सभाको असामयिक विघटनले मुलुकमा राजनीतिक अन्योलको अवस्था सिर्जना भएको छ ।
यद्यपि प्रतिनिधि सभा घटनाविरुद्ध सर्वोच्च अदालतमा झण्डै १ दर्जन रिट परेकाले अन्तिम निर्णय अदालतकै हुनेछ । तर, चुनावको मिति घोषणासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्तहरूलाई बोलाएर चुनावको तयारीमा लाग्न निर्देशन दिइसकेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा निर्वाचन आयोगको टोलीले एकै चरणमा चुनाव गर्न सुझाव दिएको थियो । दुई चरणमा चुनाव गर्दा खर्चिलो हुने र मतपेटिकाको सुरक्षामा पनि चुनौती थपिने भएकाले यस्तो सुझाव दिइएको भेटका एक सहभागीले लोकान्तरलाई जानकारी दिए ।
मध्यावधि निर्वाचन घोषणा भइसकेको अवस्थामा कोरोना महामारी, खस्कँदो अर्थतन्त्र आदिका कारण अहिले चुनाव गर्न सम्भव होला कि नहोला भन्ने कोणबाट पनि प्रश्न उठेका छन् ।
के सम्भव छ त वैशाखमा निर्वाचन गर्न ?
विषय परिपक्व भैसकेको छैन :पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती मध्यावधि निर्वाचनको विषय अहिले पनि परिपक्व भइनसकेको बताउँछन् । सर्वोच्चमा यसविरुद्ध रिट परिसकेकाले मुद्दाको किनारा नलाग्दासम्म यस विषयमा धेरै चर्चा गर्नु आवश्यक नभएको उनको धारणा छ ।
यद्यपि सर्वोच्चले नै 'गो अहेड' भनेको अवस्थामा वैशाखमा चुनाव गर्न असम्भव भने नरहेको उनको धारणा छ ।
'अहिले त इमेच्योड अवस्थामा छौं । प्रधानमन्त्रीले राष्ट्रपतिलाई मध्यावधि निर्वाचन घोषणा गर्न लगाउनुभयो, जुन अहिले विवादित भइरहेको अवस्था हो, अब सम्मानित अदालतको हातमा छ यो मुद्दा,' उप्रेतीले भने ।
प्रतिनिधि सभा निर्वाचनका लागि १ सय २० दिनको समय आयोगलाई चाहिने भन्दै उनले दिनको हिसाबले भने यो सम्भव रहेको बताए ।
'निर्वाचन घोषणालाई सम्मानित अदालतले संवैधानिक मान्यो भने निर्वाचन गराउनु आयोगको पहिलो दायित्व हुन्छ । ६ महिनाभित्र गर्नुपर्छ भन्ने संविधानमा व्यवस्था भएकाले जेठ अघि नै निर्वाचन गर्नुपर्ने हुन्छ,' उप्रेतीले थपे, 'कमसेकम १२० दिन चाहिन्छ भनिएको हो, प्राविधिक हिसाबले हेर्दा दिन नपुग्ने अवस्थाचाहिँ हैन ।'
जेठ १० अघि निर्वाचन गर्न नसकिएको खण्डमा मंसिरयता गर्न सम्भव नहुने उनले बताए ।
'सामान्यतया हामीकहाँ जेठ १० मा मनसुन भित्रिसक्छ, त्यसपछि चुनाव गर्न सम्भव हुँदैन, मंसिर नै पुग्नुपर्छ,' उप्रेतीले भने ।
चुनाव गर्न सकिन्छ,पर्याप्त समय छ : आयोग
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ मध्यावधि निर्वाचनका लागि घोषित मितिमा चुनाव गर्न आयोग तयार रहेको बताउँछन् ।
'निर्वाचन सम्भव छ । आयोगको कामै निर्वाचन गर्ने हो,' श्रेष्ठले लोकान्तरसँग भने, 'हामीलाई १ सय २० को अवधि चाहिने हो, समय पर्याप्त छ ।'
चुनाव दुई चरणमा गर्नुभन्दा एकै चरणमा गर्नु उपयुक्त हुने राय भने आयोगको रहेको उनको भनाइ छ ।
'एउटा व्यवस्थापनका हिसाबले र अर्को आर्थिक मितव्ययिताको हिसाबले चुनाव एकै चरणमा गर्नु उपयुक्त हुन्छ भनेर हामीले प्रधानमन्त्रीसँगको भेटमा पनि सुझाव दिएका हौं,' श्रेष्ठले भने, 'एक चरणको चुनाव गरेर कुरिराख्नुपर्दा सुरक्षा चुनौती पनि थपिन्छ ।'
महामारीमा निर्वाचन !
कोरोना महामारीका कारण पछिल्लो करीब १ वर्षयता ढुक्कसँग हिँडडुल र गतिविधि गर्न पाइएको छैन ।
लामो समय त लकडाउन नै भयो । अहिले पनि सामाजिक दूरी र स्वास्थ्यका मापदण्ड पालना गर्न बारम्बार सरकारले आग्रह गर्ने गरेको छ ।
यस्तो अवस्था कहिले अन्त्य हुने हो टुंगो लागिसकेको अवस्था छैन । महामारीमा चुनाव कति सम्भव त ?
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ केही अप्ठ्यारा रहे पनि आयोग चुनाव गराउन तयार रहेको बताउँछन् ।
'केही बाधाहरू त छन्, तर आयोगको काम नै चुनाव गराउने हो, हामी चुनाव गराउन तयार छौं,' उनले लोकान्तरसँग भने ।
यता पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती पनि भारत तथा अमेरिका लगायतमा हालसालै चुनाव भएकाले महामारीकै कारण चुनाव गर्न असम्भव भने नरहेको धारणा राख्छन् ।
हालै बिहारमा भएको चुनावलाई पनि उनले उदाहरणका रूपमा पेश गरे ।
महामारीले अर्थतन्त्र जर्जर बनाएका बेला खर्चको प्रश्न
वि.सं. २०७४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एक साथ भएको थियो ।
त्यतिबेला निर्वाचन आयोगका तर्फबाट मात्र ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन् ।
सरकार, सुरक्षा निकाय, पर्यवेक्षक लगायतमा भएका खर्चहरू जोड्दा ३० अर्बभन्दा माथि पुग्छ ।
अर्थमन्त्रालयले त्यतिबेला चुनावका लागि ३० अर्ब बजेट निकासा गरेको थियो ।
राजनीतिक दलका तर्फबाट हुने सहित अन्य अप्रत्यक्ष खर्चको त कुनै लेखाजोखा नै हुँदैन ।
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती पछिल्लो समय चुनाव खर्चिलो बन्दै गएको बताउँछन् ।
'हाम्रो निर्वाचन धेरै खर्चिलो भएको छ । ०६४ सालको चुनावमा २ अर्ब २५ करोड खर्च लागेकोमा ०७० मा ४ अर्ब ५२ करोड लाग्यो । ०७४ मा १० अर्ब खर्च लागेको विवरण निर्वाचन आयोगले नै दिएको थियो, यो निर्वाचन आयोगले मात्र गरेको खर्च हो, सुरक्षा निकायसहित अन्य निकायले गरेको खर्च यसमा सामेल छैन, अहिले अझै बढी खर्च लाग्ने अवस्था छ,' उप्रेतीले भने, 'त्यति हुँदाहुँदै पनि यति बलियो सरकारले चुनावमा जानुपर्ने कुराचाहिँ ठीक होइन ।'
चुनावमा खर्च कसरी कम गर्ने भन्ने विषयमा भर्खर अध्ययन शुरू भएको उनले बताए ।
'खर्च घटाउने विषयमा भर्खरै अध्ययन शुरू गर्दैछौं, निर्वाचन प्रणाली ठीक भएन कि हामी ठीक भएनौँ भनेर अध्ययन गर्ने कुरा भएको छ,' उनले भने ।
मतदाता नामावली अध्यावधिक गर्न नसकिने अवस्था
यदि वैशाखमा चुनाव गर्ने हो भने मतदाता नामावलीलाई अध्यावधिक गर्न सम्भव नहुने निर्वाचन आयोगका एक आयुक्त बताउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ मा निर्वाचनको मिति तय भइसकेपछि मतदाता नामावली दर्ता गर्न नपाइने व्यवस्था रहेकाले सोही व्यवस्थाअनुसार मतदाता नामावली दर्ता गर्न नमिल्ने उनको तर्क छ ।
यता पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भने बरू समय केही पछि सारेर भएपनि १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने धारणा राख्छन् ।
'१८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपाली नागरिकले मताधिकार पाउनुपर्ने हो । उनीहरूलाई अधिकार दिइएन भने अन्याय हुन्छ,' उप्रेतीले भने, '१८ वर्ष पुगेका सबैलाई अधिकार दिइयोस् ।'
अझै विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकार दिनुपर्ने उनको धारणा छ । तर त्यसका लागि भने वैशाखको चुनावमा सम्भव नहुने धारणा उनले राखे ।
'करीब ७० लाख नेपाली विदेशमा छन्, उनीहरूलाई पनि मताधिकार दिनुपर्छ भन्ने कुरा पनि छ, अन्य देशका नागरिकले त्यस्तो अधिकार पाएका पनि छन्,' उप्रेतीले भने, 'वैशाखको चुनावमा यो चाहिँ सम्भव हुन्न, विदेशमा रहेकाहरूलाई मताधिकार दिने हो भने कम्तिमा अर्को हिउँदयता सम्भव हुने देखिन्न ।'
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...