असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपाली कम्युनिस्ट आन्दोलनको ७ दशक लामो ऐतिहासिक विकासक्रममा यसले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको छ ।
राजनीतिक लक्ष्य एउटै भए तापनि कार्यशैली, कार्यदिशा, सैद्धान्तिक बुझाइ, राजनीतिक कार्यक्रमका अतिरिक्त नेताहरूको व्यक्तिगत अहं र अहंकारले कम्युनिस्ट पार्टी टुट र फूटको अनेक शृंखलामा अघि बढेको तथ्य हामी सबैलाई सर्वविदितै छ ।
नेपाली जनताको कम्युनिस्ट पार्टी र विचारलाई अत्याधिक समर्थन र सम्मान रहँदारहँदै पनि कम्युनिस्ट पार्टीका नाममा गठन भएका दर्जनौं पार्टीहरूमा त्यो जनसमर्थन र अभिमत विभक्त हुँदा अन्य राजनीतिक दलहरूले बहुमत प्राप्त गर्ने र सत्ताको बागडोर सम्माल्ने तर जनजीविकाका सवालमा यथोचित ध्यान नदिँदा नेपाल चरम गरीबी, अभाव र पछौटेपनमा दशकौंसम्म रुमल्लिन बाध्य छ । यो तीतो यथार्थ र पीडादायी क्षण परिवर्तनकामी जनताको कारणले सिर्जना भएको होइन, यो त यहाँका कम्युनिस्ट पार्टीका नेताहरूले वस्तुस्थितिको सामयिक र ऐतिहासिक मूल्यांकन गर्न नसक्दा उत्पन्न भएको अस्वाभाविक विषम परिस्थिति हो ।
नेपालको राजनीतिक, प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीहरूले महत्त्वपूर्ण भूमिका खेल्दै पछिल्लो गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरे, जसका कारण करीब २४० वर्षे राजतन्त्र अन्त्य भयो र जनताका छोराछोरी राष्ट्र प्रमुख हुने गणतान्त्रिक व्यवस्था निर्माण भयो । तर यो व्यवस्था कत्तिको जनताको तहमा पुग्यो प्रश्न उठ्न थालेको छ, जुन स्वाभाविक पनि हो ।
यस व्यवस्थालाई अझ उन्नत, समृद्ध र सशक्त बनाउनका लागि बलियो कम्युनिस्ट पार्टीको आवश्यकता थियो । तर देशमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ–आफ्नै राजनीतिक कार्यदिशा र कार्यशैलीले गर्दा छुट्टाछुट्टै बाटो हिँडिरहेका थिए । गन्तव्य र लक्ष्य एउटै भए तापनि नदीका २ किनारा जस्तै एउटै यात्रामा हिँडिरहेका थिए तर त्यही नदीको मूल जल प्रवाहमा डुंगा र जहाज अरू शक्तिले नै चलिरहेका थिए । यस्तो वस्तु परिस्थितिले दुवै पार्टी एक हुने सुषुप्त इच्छा थियो तर आपसी मतभिन्नता र नेताहरूका दम्भ र संकीर्णताले त्यो कार्यले मूर्तरूप लिन सकेको थिएन ।
एकले अर्काको अस्तित्वलाई स्वीकार्न सकिरहेका थिएनन् । घरेलु र बाह्य शक्तिहरू पनि यी २ कम्युनिस्ट पार्टीलाई एक हुन नदिनका निम्ति प्रत्यक्ष वा परोक्ष अनेक प्रपञ्च चलाइरहेका थिए । आ–आफ्ना राजनीतिक–आर्थिक क्रियाकलापहरू गरिरहेका थिए । तर क्रमशः यी २ पार्टीहरू एकीकृत हुनु अनिवार्य ऐतिहासिक आवश्यकता थियो । सतहमा देखिएका ती प्राकृतिक र कृत्रिम विरोधाभाष र अन्तरविरोधलाई पर्गेल्दै पार्टी एकीकरणको सूत्रधारको आवश्यकता थियो । त्यसका निम्ति तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम निकै लामो समयदेखि अहोरात्र खटिए ।
तत्कालीन माओवादी प्रतिबन्धित भएकै बेला ज्यानको बाजी राखेर माओवादी नेताहरू भेट्न गुप्त शिविरहरूमा पुगेर खुला प्रतिस्पर्धाको राजनीतिमा आउन र पार्टी एकतामा आउन समेत आग्रह गरे उनले । तर तत्कालीन परिस्थितिमा आइरहेको उतारचढाबले त्यो कार्य सहजै सम्भव थिएन । पार्टीभित्र र बाहिरबाट अनेक टीकाटिप्पणी र लाञ्छाना व्यहोरिरहे तर नीलकण्ठ बनेर अगाडि बढिरहे । पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेर विघटन भएपछि भने त्यसका परिस्थिति अनुकूल बन्दै गइरहेको थियो । तर मूर्तरूप लिन भने अझै कठिन थियो ।
दोस्रो संविधान सभाले लोकतान्त्रिक गणतन्त्र सहितको प्रगतिशील संविधान जारी गरेपछि त्यसको संस्थागत विकास र संरक्षणका निम्ति शक्तिशाली नेतृत्वदायी कम्युनिस्ट पार्टीको अनिवार्य आवश्यकता थियो । त्यो आवश्यकता तत्कालीन एमाले र माओवादी केन्द्रको एकताबाट मात्र सम्भव थियो । यसैक्रममा अनेकौं प्रयास र प्रक्रियाबाट यी २ पार्टी चुनावी कार्गगत एकताका निम्ति तयार भए र त्यसका निम्ति एउटै घोषणापत्र निर्माण गरेर आमनिर्वाचनमा जाने सहमति भयो । संविधानले नै सुनिश्चित गरेको समाजवादोन्मुख राज्य व्यवस्था निर्माणका निम्ति त्यस किसिमका कार्यक्रम सहितको घोषणापत्र निर्माण गर्ने कार्यको नेतृत्व पनि उनै गौतमले गरे । त्यो घोषणा पत्रमा समाजवादोन्मुख नीति तथा कार्यक्रमका अतिरिक्त निर्वाचनपश्चात् ती २ पार्टी एकीकरण गरेर एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रतिबद्धता पनि व्यक्त भयो ।
ती कार्यक्रम र पार्टी एकताको प्रस्तावलाई जनताले व्यापक रूपले समर्थन गरे । निर्वाचनमा करीब दुईतिहाइ मतसहित ती पार्टीलाई अनुमोदित गरे । पार्टी एकताको प्रस्ताव अपार जनसमर्थनसहित अनुमोदित भयो । यस अर्थमा यो पार्टी एकीकरण अमूक–अमूक नेताहरूले मात्र गरेको हो भन्ने बुझाइ नितान्त अवस्तुवादी र गलत मनसायले गरिने तर्क मात्र हो । तसर्थ यसको विकास, विस्तार र यसको अन्तरिक जीवनमा आउने घटना प्रत्यक्ष वा परोक्ष रूपमा आमजनता र कार्यकर्तासँग सम्बन्धित छन् र यो पार्टी पूर्ण रूपले जनताप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्छ । अन्यथा जनताप्रतिको अपमान र तिरस्कार ठहर्छ ।
तर पार्टी एकीकरणपछि नयाँ पार्टीमा नेता गौतमले हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् तर समन्वयकारी भूमिका भने खेलिरहे । दुवै अध्यक्षहरूले आ–आफ्नो अनुकूल उनको साथ खोजिरहे, जुन सामूहिक नेतृत्व प्रणाली र पार्टीको विधि विधानलाई बलियो बनाउनेभन्दा पनि आफू अनुकूलको जोड–घटाउ मात्र बन्यो । पार्टी एकताका कामलाई पूर्णता दिनुभन्दा अंक गणित बलियो बनाउनेमा नेतृत्व केन्द्रित रह्यो, जुन पार्टीको जीवनमा दुर्भाग्यपूर्ण सावित भयो ।
तर हठात् आज आएर पार्टी एकताको शैशवकालमै ४ वर्ष नपुग्दै जनसमर्थनको डोरी एकातिर र पार्टीको चंगा अर्कोतिर हुने दुःखद परिस्थिति सिर्जना भएको छ । पार्टी एकता गम्भीर संकटमा पुगेर विघटनको अन्तिम अवस्थामा पुगेको छ । केही कानूनी र संवैधानिक प्रावधान र अन्तिम अवस्थामा जनतासामु जाँदा के बनेर जाने भन्ने विषयले मात्र दुवै पक्ष पार्टी विघटनको घोषणा गर्न हिच्किचाइरहेका छन् ।
यो परिस्थिति कुनै सैद्धान्तिक र गम्भीर राजनीतिक मतभेद र विरोधाभाषले उत्पन्न भएको होइन । पार्टीका केही नेताहरूको आपसी असझदारी, अन्तरविरोध र अहंले मात्र यो अवस्था सिर्जना भएको हो । पार्टी र सरकारबीचको असमझदारीले यो अवस्था आएको छ ।
‘जोगी देख्दा भैंसी डराउने र भैंसी देख्दा जोगी डराउने’ अवस्था पार्टी र सरकारको बीचमा देखापर्यो र अहिले अझ झाँगिएर त्यो अवस्था झन्झन् जटिल बनेको छ ।
पार्टीका कामहरू एकातिर अलपत्र छन्, नेतृत्व अर्कोतिर छ । पार्टीको निर्वाचन घोषणापत्र एकातिर छ, सरकार अर्कोतिर छ । कसैकसैका बीचमा हार्दिकता छैन । तालमेल छैन, ऐतिहासिक जिम्मेवारी छैन । मानौं यो पार्टी एकता तासको घर थियो । हठात् भत्कियो । प्रधानमन्त्री विरुद्धको छापामार शैलीको अविश्वासको प्रस्ताव र एक सनकमा चुट्की बजाएको भरमा संसद् विघटनको निर्णयले आज नेकपाको पार्टी जीवन कोमामा पुगेको छ । यसबाट के पुष्टि हुन्छ भने यो पार्टीभित्र कस्तो अवस्था रहेछ र नेताहरूको हार्दिकता र जनता र राजनीतिक प्रणालीप्रति कस्तो जिम्वेवारी रहेछ आज छर्लंग हुन्छ ।
पार्टी विभाजनको पीडा सबैलाई छ । तर अनुभूति कसैलाई छैन । पार्टी विभाजन हुँदा पनि आफू एक्लै विजयी हुन्छु र अरु सबै समाप्त हुन्छन् भन्ने भ्रमपूर्ण होहल्ला र भीडभाड अनेक प्रकारले सिर्जना गरिएका हुन्छन्, यो भ्रममा दुवै पक्ष रमाइरहेका छन् । तर वस्तुस्थिति र परिणाम भने नितान्त फरक छ, त्यो यथार्थ निर्वाचनको परिणामपछि देखिने छ, यदि यो पार्टी एकता जोगाउन सकिएन भने ।
आज सबैले आ–आफ्ना दम्भ र संकीर्णता त्यागेर पार्टी एकताका निम्ति अन्तिम तर निर्णायक कदम चाल्नुपर्ने आवश्यकता छ । ऐतिहासिक कार्यभार र जनमतलाई सम्मान गर्नुपर्ने छ । फुटेर कहीँ पुगिँदैन, जुटेर यहीँ समाजवाद ल्याउन सकिन्छ र देशलाई तीव्र गतिमा विकास र निर्माणको महाअभियानमा अगाडि बढाउन सकिन्छ । किनकि पार्टी एकता राजनीतिक स्थिरताका निम्ति भएको हो । विकास, निर्माण र समृद्धिको यात्रालाई अविच्छिन्न रूपमा अगाडि बढाउनका निम्ति हो । गरीबी, अभाव र पछौटेपनको अन्त्य गर्नका निम्ति कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार निर्माण गर्ने र जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्नका निम्ति हो । बेरोजगारी अन्त्य गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्नका निम्ति हो ।
हाम्रो भूराजनीतिक अवस्थिति र २ छिमेकी राष्ट्रहरूको तीव्र आर्थिक र सामरिक विकासको जोडबाजीले अब हामी अस्थिरता, गरीबी र अभावमा बसिरहन सक्दैनौं । हामीलाई तीव्र आर्थिक विकासमा फड्को मार्नका निम्ति सहज वातावरण र राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब छ ।
अतः पार्टी एकता कायम गर्न सकिएन भने लाखौं मतदाता, कार्यकर्ता र शुभचिन्तकलाई के जवाफ दिने, के गर्छु भनेर मतदाताको आँगनमा मुख देखाउने ? किनकि पार्टी एकता देशको समृद्धि र विकाससँग जोडिएको छ । सधै अस्थिरता र अभावमा रुग्ण बनेको राज्य व्यवस्थासँग जोडिएको छ । लाखौं युवाको राष्ट्र निर्माणको सपनासँग जोडिएको छ । भविष्यका सन्ततिको सुखद कामनासँग जोडिएको छ । खाडीको तातो बालुवामा श्रम बेच्न विवश युवाको पसिनासँग जोडिएको छ । उनीहरूकै रेमिट्यान्समा देश चलाएर हामीले उनीहरूको आफ्नै देशमा श्रम र सीपमा बाँच्न पाउने संविधानप्रदत्त अधिकारको वातावरण निर्माण गर्न पनि पार्टी एकता कायम राख्नुपर्छ ।
विभिन्न राजनीतिक आन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता परिवार र शहीद परिवारको त्याग बलिदानको सम्मान र तिनीहरूको सपना साकार पार्न पनि पार्टी एकता अक्षुण्ण राख्नुपर्छ । समस्या र अन्तरविरोधरहित समाज र संगठन हुँदैन, त्यसमा पनि कम्युनिस्ट पार्टी त यही समस्या र अन्तरविरोधको सही र सामयिक व्यवस्थापनबाट खारिएर अगाडि बढ्ने जुझारु संगठन हो । यसरी अहिले हाम्रा अगाडि जति अवसर र सम्भावना छन् । त्यसका अगाडि चुनौती नगण्य छन् । समयमै विवेक र संयम अपनाउने हो भने यी समस्या सहज समाधान पनि हुन्छन् ।
एउटा आक्रोश, आवेग र हचुवा निर्णयले एउटा युग र अनेक पुस्ताले पश्चाताप गर्नुबाहेक अरू केही छैन । तर यस विषयमा शीर्ष नेतृत्व न हिजो गम्भीर बन्यो, न आज बन्दैछ । कार्यकर्ता पंतिm पनि यो वा त्यो समूहमा अन्धभक्त भएर सीमा र मर्यादा नाघेर कसैप्रति जाइलाग्नु अहिलेको आवश्यकता होइन । त्यसको औचित्य पनि पुष्टि हुने छैन ।
अतः आक्रोश, आवेग र कुण्ठामा रुमल्लिएर पक्ष र विपक्षमा उभिएर गालीगलौज, आरोप–प्रत्यारोपमा नलागौं । टुटफूटलाई प्रश्रय दिने ढंग वा अवाञ्छित गतिविधि नगरौं । विभाजनको मतियार नबनौं । एकता एकता र एकता पुनः एकताको पक्षमा लाग्ने जनदबाब सिर्जना गरौं । नेतृत्वलाई खबरदारी गरौं । नेता, कार्यकर्ता र शुभेच्छाको तीव्र दबाबका अगाडि सबै झुक्नैपर्छ । अतः आफ्नो विवेक नगुमाऔं । आवेग र उन्मादमा नरमाऔं । किनकि हामीसँग पछुताउनुबाहेक अर्को विकल्प बाँकी हुने छैन ।
समाजवादको लामो यात्रामा हिँडेको यो विशाल जहाज आज कुहिरोको कागजस्तै भएको छ । यसका २ वटा मुख्य पाइलटहरू जहाजलाई लक्ष्यमा पुर्याएर सहज अवतरण गराउनतिर नलागेर यात्रुहरूलाई आफू मात्र असल र दक्ष पाइलट प्रमाणित गर्न उद्दत छन् । यो जहाज र यात्रा पाइलटको मात्र होइन, सबै यात्रुको समान अस्तित्वको भविष्यसँग गाँसिएको, सिंगो कम्युनिस्ट आन्दोलनसँग गाँसिएको छ । यो लामो र कठिन यात्रालाई पर्गेलौं र एकता कायम गरौं ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...