×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनपछिको राजनीति

अदालतको फैसलालाई प्रभावित पार्ने गरी डिजाइन चलेको छ– पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]

माघ २६, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभा विघटन विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

Muktinath Bank

प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपले विभाजित भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको एउटा पक्ष प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडकमा आएको छ ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन र निर्वाचन आयोगमा नेकपाको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन छन् ।

Vianet communication

सभा, सम्मेलन आयोजना गरेर नेकपाका दुवै पक्षले एक अर्कामाथि आरोपको वर्षा गरिरहेका छन् ।

ओली पक्षले प्रतिनिधि सभा कुनै हालतमा पुनःस्थापना हुन नसक्ने दाबी गरिरहेको छ । तर फागुनको पहिलो साताभित्र आउने अनुमान गरिएको अदालतको फैसलाले पुनःस्थापना गरिदियो भने के होला ? त्यसपछि ओली पक्षको रणनीति के हुन सक्छ ?

यस विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओली पक्षका नेता पृथ्वीसुब्बा गुरुङसँग लोकान्तरकर्मी ईश्वर अर्यालले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश -

प्रतिनिधि सभा विघटनको मुद्दामा सरकारी वकिलहरूले कमजोर तर्क गरिरहेका छन्राजाको अधिकार ओलीमा छसमेतभन्न भ्याए । तर,तपाईंहरू चुनाव भनिरहनुभएको छ । विघटन सदर हुने सम्भावना अझै देख्नुहुन्छ?

मैले अदालतमा भएको बहस र तर्क सुनेको छैन ।

तर्क कमजोर भयो भन्ने कुरा त सबै डिजाइनभित्रै छ नि ! पूर्व प्रधानन्यायाधीशहरूले अदालतलाई प्रभाव पार्ने ढंगले वक्तव्य दिइरहेका छन् । यो योजनाबद्ध हो ।

नेकपाको ६४ प्रतिशत बहुमत छ । संसदीय दलबाट केपी शर्मा ओलीलाई हटाइएको छैन । संसदीय दलको बैठक पनि बसेको थिएन । ६४ प्रतिशत बहुमत प्राप्त निर्विरोध प्रधानमन्त्रीले दलको आन्तरिक झगडाका कारण सरकार राम्रोसँग चलाउन सकिएन, अर्को सरकार बन्ने स्थिति छैन भन्न नपाउने ? ३६ प्रतिशतको सरकार बन्छ ?

कानूनी रूपमा पार्टी विभाजन भइसकेको त छैन । ६४ प्रतिशतको बहुमतले काम गर्न सकेन, म फ्रेस म्यान्डेट लिन्छु भन्यो भने के हुन्छ ?

२०४७ को संविधानले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने कुराको सुनिश्चितता गरिदिएको थियो भने अहिलेको संविधानले सरकार बन्ने स्थितिसम्म प्रयास गर भनिदिएको हो । सरकार बन्ने स्थिति नै छैन भने संसद्‍ विघटन हुन सक्छ ।

कथंकदाचित् संसद् पुनःस्थापना भइहाल्यो भने ओली पक्षको रणनीति के होला ?

मैले कमरेड प्रचण्डको अन्तर्वार्ता हेरेको थिएँ । उहाँले कथंकदाचित् संसद् पुनःस्थापना भयो भने कुनै हालतमा एकता हुँदैन भन्नुभएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ । मलाई के लाग्छ भने त्यो चाहिँ प्रतिगमन हो । चुनावमा जाने भनेको अग्रगमन हो ।

प्रतिनिधि सभा पुनःस्थापना भनेको प्रतिगमन किन हो भने कम्युनिस्टको करीब दुईतिहाइको एकल सरकारलाई विस्थापन गरेर गैर-कम्युनिस्ट पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने भनेको प्रतिगमन होइन ?

केपी ओलीको ठाउँमा शेरबहादुरलाई प्रधानमन्त्री बनाउने कुरा कसरी अग्रगमन हुन्छ ? कमरेड प्रचण्ड आफैं प्रतिगमनको मतियार बन्न खोज्नुभएको छ । प्रचण्ड-नेपाल समूहसँग कुनै सिद्धान्त छैन ।

निर्वाचन आयोगमा विचाराधीन नेकपाको आधिकारिकता सम्बन्धी विवादमा तपाईंको धारणा के हो?

निर्वाचन आयोगले जे भनेको छ, त्यो हाम्रो पक्षमा पनि होइन, अर्को पक्षमा पनि हुने कुरा भएन । अहिले दुई समूह देखिएको छ, दुवै समूह वैधानिक देखिएको छैन । जसले कार्की ब्यांक्वेटमा पुगेर बैठक बस्यो, फूटको घोषणा त त्यहीँ भइहाल्यो ।

तर प्रचण्ड नेपाल पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ बमोजिम आधिकारिकताका लागि पुनः निवेदन दिएको छ नि !

आफ्नो दाबी पेश गर्न त पाइयो नि ! तर हामीले पार्टी एकता हुँदा जुन विधान दर्ता गरेका छौं, आयोगले हेर्ने त त्यही हो । त्यसका आधारमा आयोगले उहाँहरूलाई आधिकारिकता दिन सक्दैन । विधानअनुसार बैठक भएको हो कि होइन, विधानअनुसार निर्णय भएको हो कि होइन, आयोगले त्यो हेर्छ । उहाँहरूले जसरी बैठक बसेर निर्णयहरू गरिरहनुभएको छ, त्यो वैधानिक छैन ।

उहाँहरूले बहुमत हाम्रोतिर छ भनेर भनिरहनुभएको छ । बहुमत होला पनि, तर मुख्य कुराचाहिँ विधानले के भन्छ भन्ने हो । महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिमा पार्टी चल्ने । अध्यक्षहरूको परामर्शमा महासचिवले बैठक बोलाउने जस्ता कुराहरू विधानमा लेखिएको छ ।

दुईवटा पार्टीहरू मिलेर ६०/४० को अनुपातमा कमिटीहरू निर्माण भएको हुनाले, पार्टी एकता प्रक्रिया पूरा नहुनेबेलासम्म सहमतिमै जानुपर्छ भन्ने हो ।

पार्टी विभाजन हुन नदिन तपाईंहरू अन्तिमसम्म लागिरहनुभएको थियो । कहिले खुमलटार,कहिले कोटेश्वर गर्नुभयो,तर तपाईंहरूको अभियान सफल हुन सकेन । अब पनि एकताको त्यान्द्रो कहीं कतै छ कि?

पुस ४ गते संसद् विघटन हुनुभन्दा अघिल्लो दिन म खुमलटार पुगेको थिएँ । प्रभाकर पनि त्यहीँ हुनुहुन्थ्यो ।

मैले सिधा के भनेको हो भने पहिला आरोपपत्र फिर्ता लिने । त्यसपछि दुई अध्यक्षबीच वार्ताको ढोका खुल्छ । त्यसपछि दुवैतिरबाट प्रतिबद्धता जनाउने ।

तपाईंले अविश्वासको प्रस्ताव दर्ता हुँदैन भनेर प्रतिबद्धता जनाउने र प्रधानमन्त्रीले संसद् विघटन हुँदैन भनेर प्रतिबद्धता जनाउने । दुवैले एक अर्काप्रतिको आशंका मेटाएको भए कुरा मिलिहाल्थ्यो ।

तर प्रचण्ड त्यसमा सहमत हुनुभएन । खुमलटार गठबन्धनका ५ जना सबैले आरोपपत्र हामीले बनाएको भनिरहेका थिए । उनीहरूले कुनै हालतमा फिर्ता नलिने कुरा गरे । प्रचण्डलाई कुनै स्वतन्त्र निर्णय लिन नसक्ने अवस्थामा पुर्‍याइयो ।

अब दोस्रो पुस्ताका तपाईं नेताहरूले प्रचण्ड,नेपाल,ओली लगायतको पहिलो पुस्तालाई सल्लाहकार राखेर पार्टी एकतालाई कायमै राख्न केही भूमिका खेल्न सक्नुहुन्न?आखिर आफ्नो राजनीतिक करियरको चिन्ता त तपाईंहरूलाई होला नि !

त्यो सम्भावना अहिले मैले देख्दिन । उता पनि प्रचण्ड-माधवहरू प्रमुख खेलाडी हुनुहुन्छ भने यता ओली । दुवैतिर नेताहरूलाई विस्थापित गर्ने स्थिति छैन अहिले ।

अहिले त्यो सम्भावना नहोला । नेतृत्व भनेको रातारात विकास हुने चिज होइन । तर यो घटनाबाट सिक्नुपर्ने कुरा के छ भने २/३ जना नेताका कारण पार्टी र आन्दोलन नै धरासायी हुने परिस्थिति अब आउन दिनुहुँदैन । त्यो भयो भने कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ ।

पार्टी विभाजनका कारण प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको तपाईंले गण्डकी प्रदेशमा आफ्नो कुर्सी कत्तिको सुरक्षित देख्नुभएको छ?

अहिलेसम्म केही हुँदैन भन्ने हो । म सुरक्षित छु ।

गण्डकी प्रदेशमा दुवै पक्षका सांसदहरू मिलाएर अघि बढ्न सक्नुहुन्छ त?मिलेनन् भने समस्या त आउला नि तपाईंलाई?

अन्त जेसुकै भयो, गण्डकीका जनतालाई चाहिँ हामीले स्थायित्व दिनुपर्छ भनेर मैले भनेको छु । प्रचण्ड-नेपाल पक्षका पनि कतिपय सांसदहरूले मैले भनेको सही हो भन्नुभएको छ । हुन त मुख्यमन्त्रीबाट हटाइहाल्नुपर्छ भन्ने पनि होलान्, होइन हटाउनु हुन्न भन्ने पनि छन् । तर संख्याकै हिसाबले हेर्ने हो भने म अहिलेसम्म सुरक्षित छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x