×

NMB BANK
NIC ASIA

बाग्मती प्रदेशको राजनीतिक खिचातानी

अविश्वास प्रस्तावमा भोटिङ गरिहालौं भनेका छौं, कसरी षड्यन्त्र भयो ? – मुख्य सचेतक पाण्डे [अन्तर्वार्ता]

फागुन ६, २०७७

NTC
Premier Steels

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरे पनि उक्त प्रस्ताव निर्णयार्थ पेश हुन सकेको छैन ।

Muktinath Bank

प्रदेश सभा बैठक समेत बस्न सकिरहेको छैन । बुधवारका लागि तय भएको प्रदेश सभा बैठक एकाबिहानै सूचना टाँसेर स्थगित भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड-नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकै दबाबमा सभामुखले बैठक राख्न आलटाल गरिरहेको आरोप लगाएको छ ।


Advertisment
Nabil box
Kumari

के प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले प्रदेश सभा बैठक नै बस्न नदिने रणनीति अख्तियार गरेको हो त ? बाग्मती प्रदेशमा देखिएको विवादको खास कुरा के हो ? यसै विषयमा ओली पक्षमा खुलेका नेकपा बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक केशवराज पाण्डेसँग लोकान्तरका लागि ईश्वर अर्यालले कुराकानी गरेका छन् ।

Vianet communication

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सरकारको आयु लम्ब्याउन तपाईंहरूले प्रदेश सभाबैठक नै बस्न दिइरहनुभएको छैन भन्नेआरोप छ,के भन्नुहुन्छ ?

बैठक त स्थगित भयो । तर हामीले स्थगित गराएका हौँ भनेर नचाहिने आरोप लगाएर पनि हुन्छ ?

मंगलवार सभामुखसँगै तपाईंहरू पनि छलफलमा हुनुहुन्थ्यो । त्यहाँ खास सहमति के भएको थियो ?

मंगलवार मैले क्लियर भनेको हो, बुधवार भोटिङ गरौं र बुधवार नै अविश्वासको प्रस्ताव छिनोफानो गरौं भनेको हो ।

अविश्वासको प्रस्ताव भन्ने चिज एक्लाएक्लै बोल्ने चिज होइन । बुधवार मुख्यमन्त्रीले जवाफ दिने, अथवा उहाँले कसैलाई जवाफ दिन लगाउनु होला ।

उहाँको जवाफपछि भोटिङमा गएर टुंग्याऔं भनेको थिएँ मैले । त्यहाँ अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे सबै हुनुहुन्थ्यो ।

शाक्य, पाण्डेलगायत अर्को पक्षले के कुराराख्नुभयोछलफलमा ?

उहाँहरूले दुईदिन चलाउन भन्नुभयो । मैले प्रश्न के सोधें भने, दुई दिनसम्म के विषयमा छलफल गर्ने ? तपाईंहरूले हामी १०/२० जना बोल्छौँ भन्नुभयो भने पाउनुभयो । सरकारका तर्फबाट मुख्यमन्त्रीले जवाफ दिने हो । बुधवार उपयुक्त जवाफ दिनुहुन्छ र भोटिङ पनि भोलि नै टुंगिन्छ भनें मैले । उहाँहरू तयार देखिनुभएन ।

प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले हाम्रो केन्द्रीय समिति बैठक बस्दैछौं र बैठकपछि मात्र के गर्ने भनेर निर्णय गर्छौं भन्नुभयो ।

तर बुधवार बिहान बैठक स्थगित भयो भन्दै जसरी सूचना टाँस गरियो त्यसमा प्रचण्ड-नेपाल पक्षले त षड्यन्त्र भयो भनिरहेको छ नि !

त्यो बेकारको कुरा हो । मंगलवार बेलुका साढे ९ बजेसम्म सबै सँगै त थियौं । हामीहरूबीच कुरा भइरहेको छ भने यसलाई षड्यन्त्र कसरी देख्नुहुन्छ तपाईं ?

सभामुखले प्रस्ट भन्नुभएको थियो- कार्यविधि पनि बनेको छैन । कार्यविधि ल्याऔं भन्नुभयो । कार्यविधि चाहिएन जे जसो भएपनि बुधवार नै भोटिङ गरी टुंग्याऔं भन्ने मेरो प्रस्ट प्रस्ताव थियो । मुख्यमन्त्रीले जवाफ दिनुहुन्छ अनि सकिन्छ भनेर धेरैपटक भनें मैले ।

तर उहाँहरू सहमत हुनुभएन । २ दिन किन चलाउने सदन ? यसको जवाफ दिन सक्नुभएन ।

अविश्वासको प्रस्ताव टुंगो लगाउन त्यहाँ कुनै कानूनी जटिलता या झन्झट छ कि छैन ? कि बैठक बसेर सिधै भोटिङमा जाने हो ?

त्यस्तो कुनै कुरा छैन । कार्यविधि बनाउन एउटा समिति बनेको छ । बाँकी सबै कुरामा हामी क्लियर छौं । कुनै जटिलता छैन । हुन त सभामुख आफैंले बनाएको समिति हो । त्यसलाई कुर्नुपर्छ । उहाँले त्यही भन्नुभयो । मैले कार्यविधि तयार गर्न समिति बनाइसकें । त्यसको प्रतिवेदन कुर्नुपर्छ । मलाई बाध्यता छ भनेर सभामुखले भन्नुभएको हो ।

त्यसपछि मैले त मुख्य सचेतकको हिसाबले कार्यविधि नकुरौं र भोलि नै टुंगो लगाऔं भनेको हो । अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले मान्नुभएन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगतपाईंहरूको कुनै सल्लाह, सहमति भएको छ कि छैन ?

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँ पनि सँगै हुनुहुन्थ्यो । हामी तीनै पक्ष थियौं हिजो ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्ष, सरकारको पक्ष र प्रमुख प्रतिपक्षी । बानियाँज्यूले क्लियर भन्नुभयो- सदन चलाउने भए चलाऊँ तर हामीलाई समय चाहिन्छ ।

पार्टीको आधिकारिक निर्णय नआउनेबेलासम्म हामीलाई समय चाहिन्छ भन्नुभएको हो ।

तर अविश्वासको प्रस्ताव नेपाली कांग्रेसले राखेको होइन । उहाँहरू त भोटिङमा सहभागी हुने मात्र हो । कता उभिनुहुन्छ, त्यो उहाँहरूको कुरा होला ।

अविश्वासको प्रस्ताव राख्ने र फेस गर्ने दुई पक्षको कुरा हो । बुधवार नै टुंगो लगाऔं भनेर मैले बारम्बार भनेको हुँ ।

अर्को कुरा के हो भने उहाँहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव नै होइन । त्यसमा के लेखिएको छ भने 'अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि संसद बैठक बोलाइपाऊँ' भनेर निवेदन लेख्नुभएको छ ।

त्यो अविश्वासको प्रस्ताव होइन, बरू संसद बोलाउने माग हो ।

दोस्रो एउटा मन्त्रीले झण्डा हल्लाउँदै गएर निवेदन दिनु त्यो नैतिकता भयो कि भएन ? जस्तै संघीय मन्त्रिपरिषद्का योगेश भट्टराईलगायतका मन्त्रीहरूले राजीनामा दिएर अलिकति नैतिकता देखाएका हुन् ।

जे जसरी भए पनिबाग्मतीप्रदेशमा तपाईंहरू अब अल्पमतमा पर्नु त भयो नि होइन र ?

हामी अल्पमतमा छौं भनेर कसरी पुष्टि हुन्छ ? अल्पमतमा हुन त उता ५६ जनाले निवेदन दिएको हुनुपर्‍यो । मेरो सूचनामा उहाँहरू ४२ जना मात्र हुनुहुन्छ ।

११० जनामा कम्तीमा ५६ चाहियो । ४२ बहुमत होइन भने हामी कसरी अल्पमतमा छौं भन्न मिल्छ ? उहाँहरूसँग अविश्वासको प्रस्ताव राख्न सक्ने मत छ तर पास गर्न सक्ने मत छैन ।

अबबाग्मती प्रदेशकोराजनीतिक कसरी अघि बढ्ला ?

यहाँ प्रचण्ड-नेपाल पक्ष कसरी अघि बढ्छ, त्यही हिसाबले यहाँको राजनीति अगाडि बढ्छ ।

बैठक बोलाउने, नबोलाउने तालाचाबी तपाईंहरूसँग छ भने उनीहरूको हिसाबले कसरी अघि बढ्छ त ?

मैले बुधवार नै टुंगो लगाऊँ भनेको थिएँ तर उहाँहरू मान्नुभएन । बाहिर अनावश्यक हल्लाखल्ला गर्नुभयो । सहमतिमा नआएपछि त तालाचाबी उहाँहरूसँगै छ भन्नुपर्यो नि !

प्रदेश सभाको बैठक कहिले बस्ला त अब ?

मेरो भनाइ त बैठक छिटै बसोस् भन्ने हो । बैठक बसौं, भोटिङमा जाऔं । छलफल गर्न अरू धेरै विषयहरू पनि छन् । यसलाई पहिला टुंगो लगाऔं भन्ने नै हो ।

तपाईंहरूले बैठक सुचारू गर्न अदालतको फैसला र निर्वाचन आयोगको निर्णय कुरिरहनुभएको त होइन ?

हामीलाई अदालत र आयोगको निर्णय कुर्नुपर्ने कुनै जरुरी छैन । कुरेका छैनौं ।

अन्तिममा तपाईंहरूलाई लाग्ने गरेको एउटा आरोप छ, बालुवाटार रशीतल निवासको दबाबले प्रदेश सभामा डेडलक् सिर्जना गर्न खोज्नुभएको छ रे !

त्यो अनावश्यक कुरा हो । हामी सबै सँगै थियौं । मैले धेरैपटक भोटिङमा जाऔं भनेर भनें । तर उहाँहरूमै समस्या देखियो । उहाँहरू भोटिङमा जान तयार नहुने । बरू अलिकति समय लिन पाए एकाध सांसद तलमाथि गर्न पाइन्छ कि भन्ने नियत उहाँहरूमा देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x