×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा पुन:स्थापनापछि पनि समस्या बढ्दै जाने देखियो : दीपक बोहरा [अन्तर्वार्ता]

फागुन १६, २०७७

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा केही दिनयता गृहजिल्ला रूपन्देहीमा सक्रिय छन् ।

Muktinath Bank

पछिल्लो समय राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका कमजोर भए पनि बोहरा राष्ट्रिय राजनीतिका पुराना खेलाडी मध्येका एक हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि मुलुक कसरी अगाडि बढ्छ भन्ने निर्क्यौल भइसकेको छैन ।


Advertisment
Nabil box
Kumari

यसै सन्दर्भमा राप्रपा वरिष्ठ नेता बोहरासँग लोकान्तरका लागि प्रकाश आचार्यले कुराकानी गरेका छन् ।

Vianet communication

प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि देश कता जाँदैछ ?

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध गरेको फैसलालाई हामीले हार्दिकताका साथ स्वागत गरेका छौं । तर, फैसलापछि पनि देश अन्योलमै फस्ने देखिन्छ ।

संसद् पुनःस्थापनापछि पनि रिजल्ट निस्केला जस्तो लाग्दैन । नेकपा फूटले आधिकारिक मान्यता पाएको छैन । निर्वाचन आयोगले पनि त्यसमा निर्णय लिन सकेको छैन ।

कांग्रेस र राजपाले पनि कुन नेकपालाई मान्ने भनेर आधिकारिक निर्णय मागेका छन् । यसले गर्दा देशमा झनै अन्यौल सिर्जना हुँदै जाने मैले देखेको छु । 

तपाईंहरूले त प्रधानमन्त्रीले घोषणा गरेको मध्यावधि निर्वाचनलाई स्वागत गरेको होइन र ? फेरि संसद् पुनःस्थापनालाई पनि स्वागत गर्नुभयो ?

प्रधानमन्त्रीज्यूले प्रतिनिधि सभा विघटन गर्दा हामीले असंवैधानिक कदम भनेका हौं । देश अन्योलमा रहनुभन्दा निर्वाचन नै मुलुकको निकास भन्ने हाम्रो आसय हो ।

अन्यौलमै देश लामो समय रहनुभन्दा त ताजा जनादेशबाटै निकास निस्कन्छ भन्ने कुरा त जगजायर नै छ नि ! प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्नुभएको हो ।

असंवैधानिक बाटो हिँडनुभएकै हो । दुवै विकल्पलाई राखेर हामी ताजा जनादेशमा जान हुन्छ भनेका हौं । कुरा यही हो ।  

भनेपछि देशले अब निकास कसरी पाउँछ त ?

अदालतले संविधानलाई बलियो बनाउँदै फैसला गरे पनि देश अन्योलमै रहने म देख्छु, किनभने प्रधानमन्त्रीले राजीनामा दिनुभएको छैन । दिन्नँ भन्नुहुन्छ । संसद् फेस गर्छु भन्नुहुन्छ ।

फेरि संसद्मा नेकपा फूटले आधिकारिकता पाएको छैन । झमेला र अप्ठ्यायारा बढ्दै छन् । नेकपाको आधिकारिकता विना कुनै पक्षलाई पनि साथ नदिने भनेर कांग्रेसले हात टकटक्याइसकेको छ ।

नेकपाका आधिकारिकता नटुंगिदा झनै अन्यौल र अप्ठ्यारोेमा सर्वोच्चको फैसलापछि पनि रहिरहने देख्छु म त । नयाँ सरकार तत्काल बन्ने अवस्था चाहिँ मैले देख्दिनँ ।

ढिलोचाडो जेसुकै होस् निर्वाचनबाहेक अन्य विकल्पबाट अब देशले निकास पाउँदैन । 

नयाँ सरकार बन्यो भने सांसद किनबेच हुनसक्ने खतराका कुराहरू पनि बाहिर आइरहेका छन नि ?

सांसद किनबेचको अवस्थामा अहिल्यै नपुगौं, किनभने नयाँ सरकार बन्न त पहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्‍यो नि !

प्रधानमन्त्रीले राजीनामा दिन्न भनेपछि  कसरी तत्काल सरकार बन्छ त ? तत्काल संसद् भित्रबाट निकास निस्कने जस्तो अवस्था नै देखिँदैन । 

भनेपछि नेकपा एक ठाउँमा हुँदा निकास निस्कने भन्ने संकेत हो तपाईंको ?  

हो । नेकपा फेरि एक ठाउँमा भए मुलुकमा समस्या आउँदैन । सरकार बनाउने झमेला पनि हुँदैन । नेकपाको दुवै पक्ष मिलेर अगाडि बढेमा देशमा अन्यौल नै हुँदैन । प्रतिपक्ष शून्यप्रायः छ । 

नयाँ सरकार बन्ने अवस्था आए राप्रपाको साथ प्रचण्ड नेपाल, ओली वा कांग्रेस कसलाई रहन्छ ? 

संसद र सरकारलाई प्रभाव पार्ने हाम्रो धेरै मत छैन । संसद्मा हाम्रो एक जना मात्र सांसद हुनुहुन्छ । अहिले नै हामी कुन पक्षलाई सपोर्ट गर्ने भन्ने निर्णयमा पुगेका छैनौं । गर्नैपर्ने बेला आएछ भने विचार गरेर कुनै एकलाई सहयोग गर्छौं ।

राप्रपा अहिले कसरी अगाडि बढ्दैछ ?

हामी तीन पार्टी मिलेर एउटा पार्टी भएका छौं । अहिले पार्टीमा कुनै विवाद छैन ।  आउँदो वैशाखमा हाम्रो पार्टीको महाधिवेशन हुँदैछ । सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने हाम्रो चाहना छ । त्यसो भएन भने, स्वस्थ प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुन्छ ।

तपाईं पनि अध्यक्षको आकांक्षी हो भन्ने कुरा आइरहेको छ नि ?

अहिले यसै नभनौं । अहिले हामी पार्टी शुद्धीकरण, सदस्यता वितरण र पार्टी कमिटीहरू गठन गर्न सक्रिय छौं । देशभरबाट एउटा पिक्चर आएपछि त्यो भनौंला । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x