कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मैले विगत ३ हप्तादेखि भारतमा फैलिएको कोरोना महामारीको अध्ययन गरिरहेको छु ।
आज अर्थात मार्च २२ बिहान ९.४५ सम्मको तथ्यांक हेर्दा २४ घण्टामा भारतमा ४६ हजार ९५१ संक्रमितको पहिचान भएको छ भने २१२ जना व्यक्तिको मृत्यु भएको छ ।
महाराष्ट्रमा २४ घन्टामा ३० हजार ५ सय ३५ जना नयाँ थपिएका छन् । त्यस्तै केरलामा १८७५, कर्नाटकमा १७१५,तामिलनाडुमा १२८९ , छत्तिसगढमा १०००, मध्यप्रदेशमा १३२२ , गुजरातमा १५८० , पञ्जाबमा २६४४ तथा दिल्लीमा ८२३ , हरियानामा ८६७ , उत्तरप्रदेशमा ४८८, पश्चिम बङ्गालमा ४२२ लगायत प्रदेशमा दैनिक बढोत्तरी देखिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार परीक्षण नगरेको जनसंख्या अत्यन्त धेरै भएकोले संक्रमितको संख्या निकै धेरै छ । भारतका धेरै सहरमा लकडाउन तथा रात्रिकालीन कर्फ्यु लगाइएको छ भने परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारका लागि धेरै कदम चालिएको छ । भारतमा खोप केन्द्रको विस्तार तथा महामारी फैलिएका राज्यमा व्यापक भ्याक्सिनेसन गरिँदैछ ।
भारतका स्वास्थ्यविज्ञका अनुसार त्यहाँ फैलिएको कोरोनाको दोस्रो लहर बेलायतको नयाँ प्रजाति मुख्य रहेको तथा अफ्रिका, ब्राजिल आदि देशको घातक प्रजाति पनि रहेको हुनसक्ने बताएका छन् । यी घातक प्रजातिले पहिले संक्रमण भएर निको भएका वा खोप लगाएका व्यक्तिलाई पनि जोखिमयुक्त हुने चिन्ता व्यक्त गरेका छन् ।
भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिने क्रमसँगै नेपाल फर्किने नेपालीको संख्या बढिरहेको छ । यो संख्या दिनप्रतिदिन बढ्नेछ । सरकारले सीमा नाकामा सबै जनाको र्यापिड एन्टिजेन टेस्ट, पीसीआर टेस्ट लगायत परीक्षण गर्ने, सुविधासम्पन्न क्वारेन्टीनमा राख्ने, संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने लगायतका आधारभूत विषयको तयारी आजदेखि नै थाल्नुपर्दछ । विगतबाट हामीले पाठ सिक्नु पर्दछ ।
- नेपाल – भारत सिधा सञ्चालन हुने बससेवा तथा हवाइसेवामा विशेष निगरानी तथा परीक्षण गर्नुपर्दछ ।
- होलीको समयमा भारत जाने यहाँ अवस्थित भारतीय कामदारको आवतजावत सुरक्षित एवं व्यवस्थित गर्नुपर्दछ ।
- सरकारले सीमा इलाकामा परीक्षणको दायरा बढाउनुपर्दछ ।
- जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु / गराउनु पर्दछ ।
- सभा, सम्मेलन, प्रदर्शन लगायत भीडभाडलाई रोक्नुपर्दछ ।
- गत वर्ष डरका कारण आम नागरिक घरभित्र बसेका थिए । तर अहिले डर हटेको छ । महामारीको समयमा आफू, आफ्नो परिवार र समाजलाई बचाउनु हरेक नागरिकको कर्तव्य हो । यसमा हामीले लापरबाही गर्नु हुँदैन ।
- सरकारले भारतसँग विविध च्यानलमार्फत बाँकी १० लाख कोभिशिल्ड खोप तथा भारतमा बनेको कोभ्याक्सिन ल्याउन पहल गर्नुपर्दछ । त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत आउने खोप, चीनले दिने भनेको खोप तथा अन्य खोप उत्पादक देशबाट खोप ल्याउनु जरुरी छ ।
- जेष्ठ नागरिक, दीर्घबिरामी तथा अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई खोप समयमै दिएमा मृत्युदर घटाउन सकिन्छ ।
- प्रभावकारी जनचेतना प्रचार / प्रसार, सीमानाकामा कडाइ, जनस्वास्थ्यका मापदण्डको अनुगमन र निगरानी तथा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने संयन्त्र तयार गर्नुपर्दछ ।
वुहानबाट युरोप, अमेरिका, अरब, भारत हुँदै आएको महामारीले हामीलाई १ वर्ष बन्दी बनायो भने यो त हाम्रो खुला सिमाना भएको छिमेकमा आएको महामारी हो । सबै निकायले विषयको गम्भीरता बुझेर तदनुरूप आफ्ना कार्य सम्पादन गर्नु जरुरी छ । त्यति मात्र हैन युरोप, अफ्रिका आदि देशबाट आउने हरेक यात्रीको परीक्षण गरेर मात्र क्वारेन्टीन वा समुदायमा पठाउनु पर्दछ ।
हामी कोरोना महामारीबाट भुक्तभोगी भएका छौं । अनुभवी भएका छौं । त्यो अनुभवका कारण ठूलो क्षति नहुन सक्छ । हाम्रो अर्थतन्त्रले लकडाउन / कर्फ्यु थेग्न सक्दैन । तसर्थ हामीले आफ्नो बानी व्यवहारलाई जनस्वास्थ्यमैत्री बनाउनु जरुरी छ ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...