×

NMB BANK
NIC ASIA

जसपाको मत

उपेन्द्रजीले पनि अब ओलीसँग सहकार्य नगर्ने भन्नुहुन्न : लक्ष्मणलाल कर्ण [अन्तर्वार्ता]

चैत १७, २०७७

NTC
Premier Steels

सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)ले भावी सत्ता समीकरणका विषयमा निर्णय लिन सकिरहेको छैन  ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिने कि कांग्रेस र माओवादी केन्द्रसहितको सम्भावित गठबन्धनमा लाग्ने भन्नेमा जसपामा दुई धार देखिँदै आएको छ  । त्यसैको परिणाम स्वरूप शीर्ष नेताहरूकै फरक-फरक अभिव्यक्त सार्वजनिक हुँदै आएको थियो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, अब भने पार्टीमा एकमतको स्थिति बनेको दाबी जसपा नेतालक्ष्मणलाल कर्णले गरेका छन्  ।


Advertisment
Nabil box
Kumari

केपी ओलीको नेतृत्वसँग कुनै पनि हालतमा सहकार्य गर्न नसकिने भनेर जसपाका अध्यक्ष उपेन्द्र यादवले भनेको कुरा पुरानो भइसकेको दाबी लोकान्तरसँगको अन्तर्वार्तामा कर्णले गरे  ।

Vianet communication

जसपाका नेता कर्णसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन्  ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी कार्यदलसँग तपाईंहरूको वार्ता के-कस्ता विषयमा भइरहेका छन् ? वार्ताबाट केही नतिजा निस्किएको छ कि छैन ?

वार्ताको मूल एजेण्डा भनेको हामीमाथि आन्दोलनका समयदेखि केही दायित्व छन्  । धेरैजसो आन्दोलनकारीहरू अहिले पनि थुनामा छन् । केही जेलमा कैदीबन्दी अवस्थामा छन् । सयौं कार्यकर्तामाथि झुठा मुद्दा लगाइएका छन् । उनीहरूको रिहाइ, संविधान संशोधन र नागरिकता विधेयक पास गराउने हाम्रो मुख्य माग हो । त्यही कुरा हामीले अहिलेको सरकारलाई वार्ताका क्रममा राख्ने गरेका छौं । हामीले ती सबै माग राख्दा सरकारका तर्फबाट प्रतिबद्धता आउने गरेको छ । तर, काम अहिले पूरा भएको छैन । काम पूरा हुने प्रतीक्षामा हामी बसेका छौं ।

अहिलेसम्म कतिपटक औपचारिक वा अनौपचारिक वार्ता भइसक्यो ?

वार्ता मूल रूपमा ६ पटक भएको छ । प्रधानमन्त्रीजीसँग दुईपटक र सरकारी वार्ता टोलीसँग चारपटक भएको छ । त्यसमा हाम्रो अडान यही हो कि काम गरेर देखाउनुस् । काम नभइकन हामी केही पनि गर्दैनौं । हामीबीच अनौपचारिक वार्ता हुँदैन जे हुन्छ औपचारिक नै हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईंहरूलाई पनि केही न केही प्रस्ताव गर्नुभयो होला नि !

उहाँहरूको प्रस्ताव र प्रतिबद्धता पनि के छ भने हामी काम गर्छौं, तपाईंहरूले हामीलाई साथ दिनुस् । हाम्रो जवाफ के हुन्छ भने कामविना हामी साथ दिन्नौं । काम भएको देखाउनुस्, त्यसपछि साथ दिन्छौं । काम नभइकन हामी कसैको समर्थन गर्नेवाला छैनौं ।

सरकारले साथ दिनुस् भन्नुको अर्थ के हो ?

साथ भन्नाले सरकारलाई सहयोग गर्ने कुरा हो । सरकारलाई समर्थन गरेर होस् वा सत्तामा आएर सहकार्य गरेर होस् वा जे गरेर हुन्छ त्यसरी साथ दिनुस् भनेर प्रधानमन्त्रीजीले भन्नुभएको छ ।

बाहिर त सत्ता सहकार्य गर्न जसपा तयार भएको तथा मन्त्रालय बाँडफाँडमा कुरा नमिलेका कारण सहमतिले अन्तिम रूप पाउन नसकेको चर्चा छ नि !

बाहिर त मानिसले जे पनि हल्ला गर्छन् । सत्ताको विषयमा हालसम्म हामीबीच कुनै कुरा नै भएको छैन ।

मुद्दा कति जनालाई लागेको छ? लिस्ट त बुझाउनुभयो होला नि !

लिस्ट गृहमन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा छ । अधिकांश मुद्दा अदालतमा फैसला भइसकेको छ, किनभने मुद्दा लागेको ५ वर्ष भयो । त्यस अवधिमा धेरैजसो मुद्दाको फैसला भइसकेको छ । २० देखि २५ वटा मुद्दा अहिले पनि फैसला हुन बाँकी छ । ती मुद्दाहरू अहिले पनि जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामा छन् । भएका फैसलाहरू मध्ये कतिपयलाई कैद छन् त कतिपयलाई जरिवाना गरिएको छ ।

सरकारले मुद्दा फिर्ताका लागि नयाँ निर्देशिका नै बनाउन लागेको भन्ने कुरा आएको छ, तपाईंहरूको जानकारीमा छ?

के बनाउँदैछ त्यो सरकारलाई थाहा होला । हाम्रो भनाई गरेर देखाओस् भन्ने नै हो ।

नागरिकता विधेयकमा के कुरा मिलेको छैन?

नागरिकता विधेयकमा हाम्रो जे नोट अफ डिसेन्ट छ त्यही अनुरुप नागरिकता विधेयकलाई अगाडि बढाउनुस् भनेर हामीले भनेका छौं । संसद्मा पेश गराउनुस् । हाम्रो नोट अफ डिसेन्टलाई स्वीकार गरेर नागरिकता विधेयक संसद्मा पेश गरेर पारित गरोस् भन्ने हाम्रो माग हो ।

ती मागमा सरकारको कस्तो प्रतिक्रिया छ ?

सबै मागमा सरकार सकारात्मक छ ।

कहिलेसम्म ती सबै माग पूरा हुन्छ त ?

हामीले सरकारलाई कुनै टाइमलाइन दिएका छैनौं । हामीलाई त्यति हतार पनि छैन । यति दिनभित्रमा भएन भने हामी यसो गर्छौं वा उसो गर्छौं भनेर भनेका छैनौं । चाँडै गरेर देखाउनुस् । काम हुन्छ भने हाम्रो सहयोग हुन्छ । जसले हाम्रो काम गर्छ उसलाई हाम्रो सहयोग हुन्छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक कुनै पनि हालतमा ओलीसँग सहकार्य हुँदैन भन्नुभएको छ नि !

त्यो धेरै पुरानो कुरा हो । पछिल्लो दुई/चार दिनभित्रमा उहाँले त्यस्तो कुरा बोल्नुभएको कहीँ कतै सुन्नुभएन होला । त्यो पुरानो कुरा हो । अहिले अब त्यस्तो कुरा आएको छैन । हाम्रो पार्टीले जे निर्णय गर्छ, सर्वसम्मत नै निर्णय हुन्छ । अब कुनै मतभेद छैन ।

सत्ता साझेदारीको सवालमा हामीले त अहिलेसम्म सत्ताको 'स' पनि उच्चारण गरेका छैनौं । काम पूरा गरेपछि साथ दिने भनेका छौं । त्यो नभए साथ पनि दिन्नौं ।

यति औपचारिक, अनौपचारिक कुराकानी भइरहेको अवस्थामा कुनै न कुनै नतिजा त निस्कियो होला नि !

अहिलेसम्म केही नतिजा निस्किएको छैन । प्रतिबद्धता बाहेक कुनै नतिजा आएको छैन ।

सरकारले मुद्दा फिर्तासहित अन्य मागका लागि आन्तरिक रूपमा केही न केही प्रक्रिया अगाडि बढाएको होला नि ! सरकारले केही जानकारी गराएको छैन ?

प्रक्रिया बढाएर हुँदैन । कामले मात्र हुन्छ । हामीले काम नै गरेर देखाउनुस् भनेका छौं ।

संविधान संशोधनको माग त यो सरकारले मात्र पूरा गर्न सक्दैन, दुईतिहाइ चाहिन्छ । यो विषयमा सहमति कसरी हुन्छ ?

अहिले हामीले के भनेका छौं भने एमाले र जसपा दुई पार्टी मिलेर एउटा कार्यदल बनाऔं । संविधानमा कुन-कुन बुँदामा के कस्तो संशोधन, परिमार्जन गर्नुपर्छ त्यो कुराको प्रतिवेदन ल्याऊँ । त्यसपछि दुई तिहाइका लागि अन्य पार्टीसँग पनि कुरा गरौंला । पहिले त जसले प्रस्ताव राख्ने हो त्यो बीचमा सहमति हुनुपर्‍यो । अहिलेसम्म त्यही भएको छैन भने अन्य पार्टीसँग के प्रस्ताव राख्ने ?

सरकारका तर्फबाट ३ सदस्यीय कार्यदल छ भने तपाईंहरूको २ सदस्य मात्र रहेको अवस्था छ । कार्यदलले नै किन पूर्णता पाउन सकेन ?

कार्यदल पूरा नभए पनि काम त भइरहेको छ ।

कार्यदलले पूर्णता नपाउँदा जसपा विभाजित नै रहेको भन्ने सन्देश बाहिर गइरहेको छ नि ?

बाहिर त के-के सन्देश जान्छ त्यसको कुरा नगरौं, भित्र के भइरहेको छ त्यसमा ध्यान दिनुपर्छ । कम त भई नै रहेको छ नि ! काम त रोकिएको छैन नि !

अब अर्को वार्ता कहिले होला?

कहिले हुने हो त्यसको मिति तोकिएको छैन । आज पनि हुन सक्छ, भोलि पनि हुन सक्छ ।

पछिल्लो पटकको वार्तामा केही न केही लिखित सहमति नै हुन्छ भन्ने कुरा गरिएको थियो । तर किन सहमति हुन सकेन?

हामी लिखित सहमतिमा अब विश्वास गर्दैनौं । २०४८ सालदेखि नै लिखित डकुमेन्ट गराउँदा गराउँदै थाकिसक्यौँ । हाम्रो विश्वास अब काममा मात्र छ । मुद्दा फिर्ता, नागरिकता विधेयक संशोधनसहित पारित र संविधान संशोधनको मुद्दा पूरा भए मात्र कसैसँग सहकार्य हुन सक्छ । त्यो नै हाम्रो पार्टीको बटमलाइन हो ।

अर्कातर्फ पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि कुराकानी गरिरहनुभएको छ । उताबाट के प्रस्ताव आइरहेको छ?

उताबाट पनि कुराकानी भएको छ । सबैले हामीसँग सहकार्य गर्नुस्, माग पूरा गर्छौं भन्छन्, तर माग पूरा कसैले गरेको छैन ।

कहिलेसम्म यो वार्ता चल्ने हो ? नतिजा कहिले आउने हो त ?

मैले अघि नै भनिसकेँ हामीले दिन तोकेका छैनौं, यो सरकारमा भर पर्ने कुरा हो । सरकारलाई हाम्रो सहयोग चाहिएको छ । जति छिटो माग पूरा हुन्छ त्यति छिटो सरकारले जसपाको सहयोग पाउँछ ।

तपाईंहरूले गरेको निर्णय उपेन्द्र यादवले मान्नुहुन्छ त ?

जुन निर्णय हुन्छ त्यो सर्वसम्मतिले नै हुन्छ । उहाँले निर्णय नमान्ने कुरा नै हुँदैन ।

जसपा पार्टी फुट्ला भन्ने कुरा पनि आइरहेको छ, त्यसमा कति सत्यता छ?

त्यो कल्पना मानिसले गरिरहेका छन् कि पार्टी फुटोस् । त्यो कल्पना कहिल्यै साकार हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x