×

NMB BANK
NIC ASIA

अविरल वर्षाका कारण गएराति पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासिएको छ । भासिएको सडक स्थानीयको सहयोगमा प्रहरीले पुरेको छ । 

Muktinath Bank

पोखरा महानगरपालिका वडा नम्बर ९, महेन्द्रपुलस्थित गरिमा विकास बैंकको शाखा रहेको भवन अगाडिको पक्की पिच सडक भासिएको हो । करिव ५ मिटर लामो र ३ मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको होे । मुख्य बजार क्षेत्रकै सडक यसरी भासिएपछि स्थानीय त्रसित बनेका छन् । नजिकै पार्किङ गरिराखेको कारको केही भाग धसिएकोमा प्रहरी र स्थानीयले उचालेर सुरक्षित स्थानमा लगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा भ्वाङ परेको देखेपछि सञ्चारकर्मी सञ्जयकुमार मल्लले प्रहरी र पोखरा महानगरमा खबर गरेका थिए । सुरुमा सानो प्वाल देखिएकोमा पछि बिस्तारै ठूलो हुँदै गएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

प्रहरी टोलीले भ्वाङ परेको सडकसँगैका घरका बासिन्दालाई उठाउन सिटी फुकेर खतरा भएको संकेत दिएका थिए । वर्षासँगै बगेको भल सडकको भ्वाङभित्र पसेर थप घर नोक्सानी पार्ने खतरा बढेपछि ट्रकमा बालुवा ल्याएर तथा ग्रेग्रान, बोरा, टिन प्रयोग गरेर भल तर्काउने प्रयास गरिएको थियो । 

Vianet communication

सेती नदीभन्दा पश्चिम क्षेत्रको भूभाग चुनढुंगायुक्त जमिनले बनेकोले पानीले चुन पगालेर जमिन खोक्रो बनाउने हुँदा जमिन भास्सिने गरेको भूगर्भविद् बताउँछन् । उनीहरुले सेती किनारा आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै त्यस क्षेत्रमा ठूला भवन बनाउन नहुने सुझाव दिँदै आएका छन् । तर स्थानीयले सेती किनाराको जग्गा अतिक्रमण गर्दै मापदण्ड मिचेर अग्ला र भारयुक्त भवन ठड्याउँदै आएका छन् । 

भूगर्भविद् डा. कृष्ण केसीले लामो खडेरीपछि भएको ठूला वर्षाले जमिन भास्सिने र भत्किने बताए । सेती पश्चिमतर्फको जमिन चुनढुंगाले बनेकोले पानीले गलाएर लग्ने भएकोले जमिन खोक्रो बन्दै भ्वाङ पर्ने र भास्सिने गरेको उनले बताए । 

पोखरामा विशेषगरी नदीपुर, अर्मला, सिमलचौर, बाटुलेचौर, भलाम, हेमजा, मालेपाटन, बिरौटा, डेभिडफल्स लगायतका स्थान अविरल वर्षापछि बढीजसो भासिने गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x