×

NMB BANK
NIC ASIA

परिश्रमको फल

कृषिकर्मी ‘हेडसर’ : पढाएको पारिश्रमिक ४० हजार, खुर्सानी बेचेर कमाउँछन् मासिक १ लाख

भदौ १२, २०७८

NTC
Premier Steels

शहरमा सुखसुविधा खोज्दै गाउँ छाड्ने चलन बढ्दो छ । गाउँघर रित्तिँदैछन् । वर्षौंदेखि पाखोबारी बाँझा छन् । घरमा ताला ठोकिएको छ ।

Muktinath Bank

त्यहीँ गाउँघर छाड्नेहरूको पाखोबारी सदुपयोग गरेर मनग्यै आम्दानी गर्दैछन् जनक आचार्य ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाल्पाको रिब्दीकोट गाउँपालिका–७ बाँसटारी निवासी आचार्य स्थानीय प्रभात माविका प्रधानाध्यापक समेत हुन् । स्कूल समयमा विद्यार्थी पढाउन व्यस्त यी प्रअ बिहानसाँझ त्यहीँ पाखोबारीमा ‘कृषि’ पढ्छन् । 


Advertisment
Nabil box
Kumari

मेहनत र कर्ममा विश्वास गर्ने आचार्य कृषिमा नयाँ सोचविचार गरिकन वर्षौंदेखि बाँझो जमिनमा ‘सुन’ फलाएर गाउँ छाड्नेहरूलाई लोभ्याइरहेका छन् । हुन पनि हो, उनले घरमा ताला ठोकेका १५ घरपरिवारको जग्गाजमिन भाडामा लिएका छन् । ठूलो रकम माटोमा लगानी छ । उनलाई थाहा छ – माटोमा सुगन्ध छ, माटोमा जीवन छ ।

Vianet communication

‘गाउँघर छाडेर जानेहरूमध्ये १५ घरपरिवारको २०० रोपनी खेतबारी खुर्सानी खेतीको लागि भाडामा लिएको हुँ,’ उनले भने, ‘अहिले खुर्सानीका अलावा सुन्तला खेती र कुखुरापालनमा लगानी छ । राम्रो हुँदै गए वार्षिक १ करोडसम्म आम्दानीको लक्ष्य छ ।’ 

उनको फार्मको नाम हो – त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फार्म । कृष्ण भट्टराईसँग मिलेर उनले यो फार्म चलाएका हुन् । लामो समय विदेश बसेर फर्किएका कृष्णले फार्ममा फिल्ड व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।

वार्षिक प्रतिरोपनी ६०० रुपैयाँका दरले ५ वर्षसम्म जग्गा भाडामा लिइएको रहेछ । खुर्सानी खेतीमा यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको चक्लाबन्दी कार्यक्रमबाट ५ लाख ८० हजार रुपैयाँ आर्थिक अनुदान र प्राविधिक सहयोग मिलेको उनले जानकारी दिए ।

‘खेतीका लागि सहयोग प्राप्त भएकाले पहाडको भिरालो तथा बाँझो जमिन खोस्रिएको हो,’ ४ दशक हाराहारी उमेरका आचार्यले भने, ‘भविष्यमा अकबरे खुर्सानीको अचार बनाई स्थानीयलाई समेत थप रोजगारी सिर्जना गरी कृषि क्षेत्रमा अभिप्रेरित गर्दै जाने सोच छ ।’

उनका अनुसार खुर्सानी खेतीमा मात्र २० लाख रुपैयाँ लगानी परेको छ । सुन्तला खेतीमा करीब ७ लाख । सुन्तला खेती ५० रोपनी जग्गामा फैलिएको छ । उनले आजभन्दा ९ वर्षअघि कम उब्जनी हुने जग्गामा सुन्तला खेती थालेका हुन् । निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउँदै उनले आफ्नै बारीसहित बुट्यान तथा जंगल फाडेरै सुन्तला खेतीबाट कृषिमा हात हालेका हुन् । 

२०६९ सालमा सुन्तला बगैंचा निर्माणमा १ लाख ५० हजार रुपैयाँ खर्च लागेको आचार्यले स्मरण गर्छन् । ४१८ बोट सुन्तला रोपेकोमा वार्षिक राम्रो आम्दानी दिन थालेपछि उनले त्यसलाई विस्तार गर्दै लगे । उनले यस वर्ष मात्र १०० क्वीन्टल बढी सुन्तला बेचे ।

सुन्तलाको बगैंचा विस्तार गर्दै हाल १ हजार १६५ बिरुवा रोपेको उनले लोकान्तरसँग टेलिफोनमा बताए । भविष्यमा सुन्तला खेती थप विस्तार गर्ने र बाँकी रहेको जग्गामा अमला तथा जडिबुटीजन्य वनस्पति रोप्ने योजना उनको छ । 

आचार्यले ४ वर्षदेखि कुखुरापालन समेत गर्दै आएका छन् । घरपरिवारका सदस्यसँग गाउँघरमै बसेर पनि उनले राम्रो आम्दानी गरेका छन् । शिक्षण पेशाबाट आउने तलब अलावा खुर्सानी, सुन्तला, पशुपन्छीबाट मासिक करीब २ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । त्यसमध्ये खुर्सानीबाट मात्र औसत १ लाख कमाइ हुने गरेको छ । उनले प्रधानाध्यापक (हेडसर) भएर विद्यालयबाट मासिक ४० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । शिक्षकको तलबभन्दा कृषिकर्मबाट उनले दोब्बर बढी कमाइ गर्छन् ।

वर्षौंदेखि खनजोत नभएको बाँझो जमिन उनले पसिना बगाएर रोपेको खुर्सानीको खेती हराभरा देखिन्छ । उनका अनुसार हाल १ लाख ४० हजार खुर्सानीका बिरुवा छन् । १५ दिनको फरकमा नर्सरी बनाएर आफैं बिरुवा उत्पादन गर्छन् । गाउँपालिका र कृषि ज्ञान केन्द्र पाल्पाबाट बिउँ माग भएपछि छुट्टै फिल्डमा १ हजार बोटबाट बिउँ निकाल्ने तयारीमा रहेको सुनाए । ‘आफूजस्तै अरुलाई रैथाने जातको बिउँ खोज्दै अब पूर्वी इलामसम्म पुग्नु नपरोस्,’ उनले भने । यसको बिउँ हत्पति किन्न समेत नपाइने भएकाले आफैं बिउँ उत्पादनमा लागेका हुन् ।

छिटो उत्पादन दिने, बिक्रीमा समस्या नहुने र मनग्य आम्दानी हुने भएकाले यसप्रति आचार्यजस्तै कृषकको आकर्षण बढ्दो छ । उनले खुर्सानीबाट शुरूआतमै मासिक ५० हजार रुपैयाँ कमाउन थालेको बताए । यसको बिरुवाबाट पनि छुट्टै आम्दानी छ । 

उनले हालसम्म ५० हजार रुपैयाँ खुर्सानीका बिरुवा बेचेरै भित्र्याएका छन् । अरु बोट हुर्किंदै गरेका र बरोबर टिप्न मिल्ने भएकाले आम्दानी थप बढ्नेमा उनी आशावादी छन् । किनकि पहिलो वर्षको तुलनामा खुर्सानीको बोटमा दोस्रो वर्षमा झन् उत्पादन बढ्छ । परम्परागत खेती प्रणालीभन्दा कैंयौं बढी फाइदा मिल्ने भएकाले अरुलाई पनि उनी खेतीको लागि सुझाउँछन् । बिक्रीका लागि हाल चाउचाउ उद्योगसँग वर्षभरिका लागि २८१ रुपैयाँ प्रतिकिलो दररेटमा सम्झौता गरेका छन् । बेसिजनमा बाहिर धेरै मूल्य पनि पर्छ ।

उनले ५ जनालाई रोजगारी समेत दिएका छन् । त्यसमध्ये १ कृषि प्राविधिक, १ कृषि व्यवस्थापक र अन्य मासिक रूपका कामदार हुुन् । कामको प्रकृति र चाप हेरेर कहिलेकाहीँ दिनमा २० जनासम्म उनको फार्ममा काम गरिरहेका भेटिन्छन् । 

कृषिकर्ममा उनलाई परिवारका सदस्य पनि सघाउँछन् । परिवारमा बुवाआमा, पत्नी र २ छोरा छन् । २ छोरा आफूसँगै स्कूल जाउआउ गर्छन् । स्कूल पनि गाउँपालिकामै अब्बल हो । गुणस्तर विद्यालय गाउँपालिकामै प्रथम हुन सफल भएको उनले सगौरव सुनाए । 

‘प्रअको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पहिलो प्राथमिकता विद्यालय नै हो । विद्यालय र समाजसेवाबाट बचेको समय खेतीमा लगाउँछु,’ कृषिप्रेमी यी हेडसर भन्छन्, ‘विदेश जानुभन्दा सबै मिलेर आफ्नै माटोमा पसिना बगाऔं । गाउँ नछोडौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x